काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आज (बिहीबार) देशवासीको नाममा सम्बोधन गर्ने भएका छन्। सरकार गठन भएको १ वर्ष पुगेको अवसरमा प्रधानमन्त्री ओलीले देशवासीका लागि सम्बोधन गर्न लागेका हुन्।
प्रधानमन्त्री ओलीले आज दिउँसो ४ बजे सिंहदरबारबाट देशबासीको नाममा सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएकाे छ।
ओलीकाे नेतृत्वमा गत वर्ष आजकै दिन अर्थात् फागुन ३ गते नयाँ सरकार बनेकाे थियाे।
सम्बाेधनमा ओलीले सरकारकाे एक वर्षकाे कार्यकालकाे समिक्षा गर्नुका साथै भावी कार्ययाेजनाका बारेमा समेत प्रष्ट पार्ने बताइएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।