काठमाडौं- चालु आवको पहिलो ६ महिनामा विप्रेषण आप्रवाह ३०.२ प्रतिशतले वृद्धि भएको छ।
६ महिनाको अवधिमा नेपालले रेमिट्यान्स मार्फत ४ अर्ब ४३ अर्ब ३६ करोड आम्दानी गरेको नेपाल राष्ट्र बैंक बुधबार सार्वजनिक गरेको तथ्यांकमा विप्रेषण बढेको उल्लेख छ।
अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०.५ प्रतिशतले घटेको थियो। समीक्षा अवधिमा खुद ट्रान्सफर आय २८.७ प्रतिशतले वृद्धि भई ५ खर्ब ५ अर्ब ४३ करोड पुगेको छ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १.८ प्रतिशतले घटेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।