काठमाडौं– चालु आवको ६ महिनामा वैदेशिक रोजगारीका लागि विदेश जाने कामदारको संख्यामा ३९ दशमल १ प्रतिशतले गिरावट आएको छ।
अघिल्लो वर्षको सोही अवधिमा वैदेशिक रोजागरीमा जाने कामदारको संख्यामा १.८ प्रतिशतले घटेको थियो।
साथै, पुनःश्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा ४.५ प्रतिशतले बढेको छ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३.८ प्रतिशतले घटेको थियो। समीक्षा अवधिमा मलेसिया जाने नेपालीहरूको संख्या उल्लेख्य मात्रामा घटेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।