• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

प्रहरी संगठन दलाली गर्नका लागि होइन : प्रधानमन्त्री ओली

धमिलो पानीमा माछा मार्ने काम भइरहेको छ : गृहमन्त्री
64x64
नेपाल लाइभ मंगलबार, माघ २९, २०७५  १५:२२
1140x725

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय प्रहरी प्रशिक्षण केन्द्र (प्रहरी एकेडेमी) लाई काभ्रेको पनौती सारिने बताएका छन्। मंगलबार राष्ट्रिय प्रहरी प्रशिक्षण केन्द्र महाराजगन्जमा प्रहरी निरीक्षकको १७८औं ब्याचको आधारभूत तालिमको दीक्षान्त समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्।

नेपाल प्रहरीलाई आधुनिक, सक्षम र कुनै पनि देशको प्रहरीसँग प्रतिस्पर्धा गर्न सक्ने खालको बनाउने बताउँदै त्यसका लागि चाहिने भौतिक, प्राविधिक, सुविधासहितको तालिम केन्द्र उपलब्ध गराउन सरकारले काम सुरु गरिसकेको उनले बताए। त्यसैअनुरुप प्रहरी एकेडेमीलाई काभ्रेको पनौती सार्ने तयारी भएको पनि प्रधानमन्त्री ओलीको भनाइ थियो।

‘प्रहरी एकेडेमीलाई धेरै वर्ष अघिदेखि यो ठाउँ साघुँरो भयो भन्ने वास्तविक आवाज थियो। यो पर्याप्त भएन भनेर यहाँबाट पनौती सार्ने भनेर त्यहाँ जमिन पनि खरिद गरिएको थियो। त्यो १०औं वर्षअघिको कुरामा भारतले एकेडेमी बनाउने कुरा पनि थियो,’ प्रधानमन्त्री ओलीले भने, ‘पहिल्यै भएको सम्झौतालाई अहिलेको सरकारले त्यस फराकिलो ठाउँमा (जहाँ दौड, पिटीपरडेदेखि चाँदमारी सम्मका धेरै कुरा एकै पटक गर्न सक्न सकिन्छ) स्थानान्तरणको तयारी सुरु गरेको छ।' 

एकेडेमी सार्ने कुरालाई हल्ला गर्न रुचाउने र आफूलाई खुब सेलिब्रिटी देखाउनेहरुले अनुचित खालका टिप्पणीहरु गरेको ओलीको भनाइ थियो। 

‘केहीले राष्ट्रपतिज्यूले यहाँबाट लखेट्न खोजे भनेर पनि कुरा काटे। छिमेकी पिरेको भन्नेसम्मका शब्द पनि प्रयोग गरे,’ प्रधानमन्त्री ओलीले भने, ‘कतिपय पूर्वप्रहरीहरु त्यसबेला एकेडेमी सार्न सहमत हुने तर अहिले आएर यो ठिक भएन भन्ने वक्तव्यबाजी र टिप्पणी गर्ने कुरा पनि सुनिए। सरकार यस्तो कुरासँग होइन देश र जनताका लागि जे गर्नुपर्नै हो त्यो कुरामा दृढ छ।’

कार्यक्रममा १९ महिनाको लामो आधारभूत तालिमपश्चात् १७८ ब्याचका ९५ जना प्रहरी निरीक्षक दीक्षित भएका थिए। आधारभूत तालिम सकेर कार्यक्षेत्रमा खटिन लागेका प्रहरी निरीक्षकहरुलाई प्रधानमन्त्री ओलीले बधाई दिँदै भने, ‘नेपाल प्रहरीलाई अझ सफल र सबल बनाउन योगदान पुर्याउने कुरामा विश्वास लिएको छु।’

प्रहरीको बहुआयामिक भूमिकाबारे चर्चा गर्दै प्रधानमन्त्री ओलीले भने, ‘जनतालाई न्याय दिन पनि प्रहरी चाहिन्छ। न्यायको प्रारम्भ नै प्रहरीबाट हुन्छ। अख्तियारले पनि प्रहरीको मद्दतबिना काम गर्न सक्दैन। शान्ति सुव्यवस्था, सुशासन र हरेक कुरालाई व्यवस्थित गर्न प्रहरीको आवश्यकता हुन्छ। चाहे विद्यालयको परीक्षा होस्, चाहे सांस्कृतिक पर्व र मेला हुन्, चाहे अन्तराष्ट्रिय क्षेत्रमा गएर पुर्याउने सेवा होस्। प्रहरीको कर्तव्य असाधारण, असीमित र बहुआयामिक छ।'

उक्त जिम्मेवारी बहन गर्न सक्ने बनाउनकै लागि १९ महिना लामो तालिम दिइएको प्रधानमन्त्रीले ओलीले बताए। ‘तपाईंहरुले लिएको तालिम काम गर्नका लागि हो। खेलमा अभ्यास किन गरिन्छ? म्याचमा जानका लागि। वर्षभरि किन पढिन्छ? परीक्षा दिएर उत्तीर्ण हुनका लागि। तपाईहरुले तालिम किन लिनुभएको छ? कार्यक्षेत्रमा गएर काम गर्नका लागि। त्यो तालिम अब व्यवहारमा उतार्नुपर्छ।’

Ncell 2
Ncell 2
nimb
nimb

प्रहरी संगठन दलाली गर्नका लागि होइन
कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले प्रहरीलाई एउटा सुझाव दिन चाहेको बताए। कार्यक्रमको अन्त्यतिर उनले भने, 'तपाईंहरुलाई एउटा सुझाव छ। संगठनमा अनुशासन एउटा कुरा हो। अनुशासनमा मातहतका लाई पनि राख्नुस्, आफू पनि बस्नुस्। अनुशासनका नाममा मातहतकालाई नदबाउनुस्, माथिकाको दलाली नगर्नुस्। प्रहरी संगठन दलाली गर्नका लागि होइन। स्वाभिमानपूर्वक कर्तव्य पूरा गरेर सेवा गर्नका लागि हो।’

त्यस्तै प्रहरीमा हुने बढुवा चलखेलबारे ओलीले भने, ‘अब तपाईंहरुले प्रमोशन हुनका लागि कसैलाई  रिझाउनु पर्दैन। कसैकहाँ धाउनु पर्दैन। यस अवसरमा म प्रहरी संगठनका जिम्मेवार पदाधिकारीलाई भन्न चाहान्छु- कार्यसम्पादन मूल्यांकन अथवा प्रमोशनका लागि न्यायोचित प्रणली स्थापन गर्नुस्। कुनै प्रहरीले भेदभावको सिकार भए भन्ने कुरा अब उप्रान्त हुनु हुँदैन।’

अर्को प्रसंगमा बोल्दै प्रधानमन्त्री ओलीले अब अपराधको राजनीतिकरण मान्य नहुने बताए। 'बम पड्काउने मान्छे मार्ने, अपराध गर्ने, चन्दाका नाममा लुटपाट मच्चाउने, त्रासको वातावरण सिर्जना गर्ने, आतंककारी क्रियाकलापलाई राजनीतिको खोल ओडाएर उम्किने कुरा हुन सक्दैन,' उनले भने, 'राजनीतिकको अपराधीकरण र अपराधको राजनीतिकरण यी दुवै मान्य हुँदैन।’

धमिलो पानीमा माछा मार्ने क्रम अझै जारी
उक्त कार्यक्रममा बोल्दै गृहमन्त्री रामबहादुर थापा बादलले राजनीतिको नाममा धमिलो पानीमा माछा मार्ने काम अझै जारी भएको बताएका छन्। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सोही कार्यक्रममा उनले भने, ‘संविधान विरोधी गतिविधि अझै हुने गरेका छन्। लोकतन्त्रमा विरोधको मर्यादित शैली र तरिका हुन्छ। त्यसमा सरकारको आपत्ति रहन्न। परन्तु देशलाई विखण्डनतर्फ लैजाने वा संविधानको मर्म विपरित परिचालीत समूहका गतिविधि भने सह्य हुँदैन।’

सुरक्षा निकायहरुलाई यसतर्फ अत्यन्त चनाखो हुन पनि गृहमन्त्री थापाले निर्देशन दिएका थिए। ‘राजनीति विचारधाराको खेल हो। तपाईंलाई असमर्थ हुने अधिकार छ। तर अराजक हुन भने पाइँदैन,’ उनले भने।

प्रकाशित मिति: मंगलबार, माघ २९, २०७५  १५:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५८ जनाको शव फेला
‘म आरक्षणको विरोधी हो, योग्यताका आधारमा सिफारिस भएकी हुँ’: मञ्चलाकुमारी झा
सुनको मूल्यमा लगातार गिरावट, तोलाको कति ?
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५८ जनाको शव फेला बुधबार, असोज २८, २०८३
‘म आरक्षणको विरोधी हो, योग्यताका आधारमा सिफारिस भएकी हुँ’: मञ्चलाकुमारी झा बुधबार, असोज २८, २०८३
सुनको मूल्यमा लगातार गिरावट, तोलाको कति ? बुधबार, असोज २८, २०८३
हटियामा राष्ट्रिय प्रसारण पुग्यो, किमाथांकामा पनि यसै वर्ष पुग्ने बुधबार, असोज २८, २०८३
आदिवासी जनजाति सहमहामन्त्रीमा बहादुरसिंह लामा तामाङ विजयी, पाए ३२४५ मत बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्