जनकपुर- देशको दिगो विकासको १५औं पञ्चवर्षीय योजनाको आधारपत्र (प्रारम्भिक मस्यौदा) बारे राय संकलनका लागि प्रदेशस्तरीय परामर्श बैठक जनकपुरमा प्रारम्भ भएको छ।
प्रदेशको वर्तमान अवस्था र दिगो विकास कसरी गर्ने विषयमा समूहगत रुपमा छलफल भई राय संकलन गरिने सो बैठकमा कार्यक्रममा विकासको विद्यमान अवस्था, नेपालको दीर्घकालिन २५ वर्षे सोच, १५औं पञ्चवर्षीय योजनामा समेटिएको विभिन्न विषय, समिष्टगत तथा विषय क्षेत्रगत सोच, उद्देश्य तथा रणनीति र राष्ट्रिय गौरवको आयोजनाको कार्यान्वयन लगायतका कुरामा छलफल हुने बताइएको छ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुष्पराज कँडेलको अध्यक्षता र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको प्रमुख आतिथ्यमा जारी सो कार्यक्रममा प्रदेश सरकारका मन्त्री, सचिव, प्रदेश योजना आयोगदेखि प्रदेश तथा स्थानीय तहका पदाधिकारीहरुको सहभागिता रहेको छ।
कार्यक्रममा आयोगका सहसचिव किरण रुपाखेतीले नेपालको दीर्घकालिन सोचसहितको १५औं योजनाको मस्यौदा र प्रदेश २ नीति आयोगका उपाध्यक्ष डा हरिवंश झाले प्रदेशको वर्तमान अवस्था र प्रदेशको विकासका लागि तयार पारिएको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।