• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक २९, २०८३ Sun, Nov 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

विश्व शान्तिको सन्देश फैलाउँदै चर्चित कुकुर ‘अलोका’ नेपालमा

64x64
नेपाल लाइभ बुधबार, असोज २८, २०८३  १०:००
1140x725

काठमाडौं। विश्वभर ‘पिस डग’ अर्थात् शान्तिको प्रतीकका रूपमा चर्चित कुकुर ‘अलोका’ नेपाल आइपुगेको छ। अलोका थाइल्यान्डबाट बौद्ध भिक्षुहरूसँगै हालै काठमाडौं आइपुगेको हो।

काठमाडौं आइपुगेपछि अलोकाको व्यस्तता बढेको छ भने उसलाई हेर्न आउनेहरूको भीड पनि उत्तिकै लागेको छ। एकपटक हेर्ने र सुम्सुम्याउने रहर बोकेका थुप्रै नेपाली अलोकाको वरिपरि झुम्मिएको मंगलबार बौद्धमा देखियो। बौद्धस्थित सेतो गुम्बामा भोटेकोशी बाढीमा परी दिवंगत भएकाहरूको स्मृतिमा आयोजित शोक तथा प्रार्थना सभामा अलोका पनि उपस्थित थियो।

भारतको सडकमा बेवारिसे अवस्थामा भेटिएको अलोका भिक्षुहरूसँगै विभिन्न देशको यात्रा गर्दै विश्व शान्तिको सन्देश फैलाउने प्रतीकका रूपमा चर्चित बनेको छ।

यही असोज २२ गते बौद्ध भिक्षुकहरुकोसाथ नेपाल आइपुगेको अलोकाको यहाँको बसाई असोज ३० गतेसम्म हुने कुरा बौद्ध भिक्षुहरुको यात्राको संयोजन गरिरहेका नरेन्द्र मानन्धरले बताए। मानन्धरका अनुसार अलोकासँगै रहेको बौद्ध भिक्षुहरुले बाढी पीडित परिवारका साथै प्रभावित क्षेत्रका जनावरको हितका लागि पनि काम गर्ने छ। 

अलोकाको कथा सन् २०२२ बाट सुरु हुन्छ। भारतमा बौद्ध भिक्षु भिक्खु पञ्ञाकरसहितका भिक्षुहरू पदयात्रामा रहेका बेला अलोका उनीहरूको सम्पर्कमा आएको थियो। भिक्षुहरूलाई पछ्याउँदै हिँड्न थालेको यो कुकुर बिस्तारै उनीहरूको यात्राको साथी बन्यो। सडकमा बेवारिसे अवस्थामा भेटिएको अलोका त्यसपछि भिक्षुहरूसँगै लामो यात्रामा निस्कियो।

अमेरिकामा बौद्ध भिक्षुहरूसँगै लामो दूरीको पैदल शान्ति यात्रामा सहभागी भएपछि अलोका अझ चर्चित बन्यो। भिक्षुहरूसँगै हिँडिरहेको अलोकाका तस्बिर र भिडियो सामाजिक सञ्जालमा फैलिँदै गए। त्यसपछि धेरै मानिसले उसलाई ‘पिस डग’ भनेर चिन्न थाले।

अलोकाको चर्चा उसको यात्राका कारण मात्रै भएको होइन। उसले दिने सन्देशले पनि मानिसहरूको मन छोएको छ। मानिसहरू धर्म, जात, भाषा र देशका आधारमा विभाजित भइरहेका बेला एउटा कुकुर भिक्षुहरूसँगै शान्तिको सन्देश फैलाउँदै यात्रा गरिरहेको छ। उसको यात्राले माया र करुणाको भाषा सबैले बुझ्छन् भन्ने कुरा सम्झाउँछ।

अलोका बोल्न सक्दैन। तर, भिक्षुहरूसँगै हिँडिरहेको उसको दृश्यले मानिसहरूलाई सोच्न बाध्य बनाउँछ। शान्तिको कुरा गर्न ठूलो भाषण दिनैपर्छ भन्ने छैन। अरूप्रति दया देखाउनु, सबै प्राणीलाई माया गर्नु र सँगै अघि बढ्नु पनि शान्तिको सुरुवात हुन सक्छ भन्ने सन्देश उसको कथाले दिन्छ।

Ncell 2
Ncell 2
nimb
nimb

नेपालमा पहिलोपटक आएको अलोका मंगलबार बौद्धमा देखियो। अलोकाको नेपाल आगमनले उसको यात्रामा अर्को अध्याय थपेको छ। बौद्ध धर्ममा करुणा, अहिंसा र सबै प्राणीप्रति मैत्रीभाव राख्नुलाई महत्त्व दिइन्छ। त्यसैले भिक्षुहरूसँगै शान्तिको सन्देश फैलाउँदै हिँडिरहेको अलोकाको नेपाल यात्रा अर्थपूर्ण बनेको छ।

भारतको सडकमा बेवारिसे अवस्थामा भेटिएको अलोका आज विश्वभरका मानिसको चासो र मायाको पात्र बनेको छ।

कुन–कुन देशमा यात्रा गर्‍यो अलोकाले?

भारत

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सन् २०२२ मा कोलकाताबाट बोधगयातर्फ पैदल यात्रामा रहेका बौद्ध भिक्षुहरूसँग अलोका जोडिएको थियो। उनीहरूसँगै करिब १०० दिन यात्रा गर्दै नेपाल सीमासम्म पुगेको थियो।

अमेरिका

सन् २०२५ अक्टोबर २६ मा टेक्ससको फोर्ट वर्थबाट सुरु भएको शान्ति पदयात्रामा अलोका सहभागी भयो। करिब १०८ दिनमा ३ हजार ७ सय किलोमिटर यात्रा गर्दै पदयात्रा वासिङ्टन डीसी पुगेको थियो।

श्रीलंका

सन् २०२६ अप्रिलमा डम्बुलाबाट सुरु भएको शान्ति यात्रामा अलोका सहभागी भयो। अनुराधापुर, माटाले, क्यान्डी र केलनियालगायतका क्षेत्र हुँदै कोलम्बोको इन्डिपेन्डेन्स स्क्वायरसम्म यात्रा गरेको थियो।

प्रकाशित मिति: बुधबार, असोज २८, २०८३  १०:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सेतो हेरोइन बोकेर विमानस्थलमा ओर्लिएका भारतीय नागरिक पक्राउ
कर्णालीले चितवनविरुद्ध पहिले ब्याटिङ गर्ने
होर्मुज जलमार्गबाट रासायनिक मल ढुवानी खुलाउन अमेरिका र इरानलाई राष्ट्रसंघको आग्रह
सम्बन्धित सामग्री
छठ पर्वको खरना पूजामा सहभागी भए रवि लामिछाने लामिछाने छठ मनाउन जनकपुर पुगेका छन् । आइतबार, कात्तिक २९, २०८३
खुलामञ्चको हरियाली फर्काउन चितवनबाट दुबो ल्याएर रोपियो आइतबार नेपाली कांग्रेसका केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य तथा स्थानीय नेता–कार्यकर्ता खुलामञ्च पुगेर दुबो रोप्ने काममा सहभागी भए... आइतबार, कात्तिक २९, २०८३
प्रधानमन्त्री बालेनले दिए मैथिली भाषामा छठको शुभकामना शुभकामना सन्देशको अन्त्यमा उनले मैथिली भाषामा समेत शुभकामना दिँदै ‘छैठके बहुत रास शुभकामना ! दीनानाथ आ छैठ परमेश्वरी सब के जीवन में... आइतबार, कात्तिक २९, २०८३
ताजा समाचारसबै
सेतो हेरोइन बोकेर विमानस्थलमा ओर्लिएका भारतीय नागरिक पक्राउ आइतबार, कात्तिक २९, २०८३
कर्णालीले चितवनविरुद्ध पहिले ब्याटिङ गर्ने आइतबार, कात्तिक २९, २०८३
होर्मुज जलमार्गबाट रासायनिक मल ढुवानी खुलाउन अमेरिका र इरानलाई राष्ट्रसंघको आग्रह आइतबार, कात्तिक २९, २०८३
छठ पर्वको खरना पूजामा सहभागी भए रवि लामिछाने आइतबार, कात्तिक २९, २०८३
खुलामञ्चको हरियाली फर्काउन चितवनबाट दुबो ल्याएर रोपियो आइतबार, कात्तिक २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
विरोध हुँदाहुँदै सूचना प्रकाशन शनिबार, कात्तिक २८, २०८३
इनम कनेक्सन : कांग्रेस नेता उमेश श्रेष्ठका भाई पक्राउ शनिबार, कात्तिक २८, २०८३
मिनिबस पल्टँदा दुई जनाको मृत्यु, १५ घाइते शनिबार, कात्तिक २८, २०८३
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
ट्याक्टरसँग ठोक्किएको मोटरसाइकल चालकको मृत्यु शनिबार, कात्तिक २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
लोकपर्व छठ र यसका विभिन्न महत्वहरु आनन्द अस्तित्व
विश्वव्यापी बन्दै छठ पर्व नेपाल लाइभ
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? नेपाल लाइभ
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
विरोध हुँदाहुँदै सूचना प्रकाशन शनिबार, कात्तिक २८, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
२०८५ को तिहारः लक्ष्मी पूजा गरेको एक महिनापछि भाइटीका ! आइतबार, कात्तिक २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्