मलेसियाका ५२ कम्पनीसहित ४ देशका ७७ कम्पनीमा कामदार पठाउन रोक[ सूचिसहित]

नेपाल लाइभ

Nepal Live

काठमाडाै‌ - वैदेशिक रोजगार विभागले मलेसियाको ५२ वटा  कम्पनीसहित ७७ कम्पनीलाई कालो सूचिमा राखेको छ।

विभागले  कालोसूचिमा राखेको कम्पनीका कामदार पठाउनसमेत रोक लगाएको छ। विभागले कामदारलाई सम्झौताअनुसार सेवा सुविधा नदिएको भन्दै परेको उजुरी र म्यानपावर व्यवसायीको आग्रहमा मलेसियाका ५२, यूएईका ६, साउदी अरबका ५ र कतारका ४ गरी ६७ वटा कम्पनीलाई कालोसूचिमा राखेको हो।विभागले पछिल्लो समय जनवरी ११ सम्मको अवस्थमा यी कम्पनीलाई कालो सूचिमा राखेको थियो।

मलेसियाको ५२ वटा कम्पनीलाई कालो सूचिमा राखेर कामदार पठाउन प्रतिबन्ध लगाएपनि ९ महिना देखि  भने कुनै पनि कम्पनीमा नेपाली कामदार जान  पाएका छैन। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसियाका कामदार पठाउन प्रतिबन्ध लगाइरहेको छ।

प्राप्त प्रतिकृयाहरू

पढ्नै पर्ने