• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

ओली–प्रचण्ड वैमनश्यता प्रस्ट्याउने कूटनीतिका तीन प्रसंग

64x64
नेपाल लाइभ शुक्रबार, माघ २५, २०७५  ०९:१०
1140x725

काठमाडौं– गत जेठ महिनामा नेपालका दुई कम्युनिस्ट पार्टी नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच एकीकरण भयो। यसपछि गठन भएको जम्बो दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई ‘को-पाइलट’बीचको वैमनश्यता सतहमै देखिन थालेको छ। पछिल्लो समय भेनेजुएलामा भएको राजनीतिक परिर्वतनका विषयमा नेकपाका एक पाइलट पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालसँग दौत्य सम्बन्ध स्थापना गरेको दोस्रो देश अमेरिकाको विपक्षमा रहेर पार्टीका नाममा एक वक्तव्य सार्वजनिक गरेपछि यो वैमनश्यता सहतमै देखिएको हो।

नेपालीमा एउटा भनाई नै छ, ‘एक दापमा दुई खुकुरी अट्दैन।’ तर, सैद्धान्तिक हिसाबमा नजिक देखिए पनि पार्टी सञ्चालनको प्रक्रियागत हिसाबमा भने दुई ध्रुवमा उभिएका तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का दुई नेता एकै दलको नेता हुन तयार बने। नेताद्वय तयार भएपनि पार्टी एकीकरणका विषयलाई संशयका रुपमा हेरिएको परिपेक्ष्यमा गत जेठ ३ गते दुई पार्टी एकीकरण भएका थिए। 

पार्टी एकताको आधार भने ०७४ असोज १७ देखि नै तय भइसकेको थियो। अन्य राजनीतिक रणनीतिमा उति बेलैदेखि नजिक हुन थालेका भएपनि उनीहरूको कूटनीतिक बुझाइ र गतिविधिमा भने दूरी रहेको देखिन्छ।

पार्टी एकीकरण समारोहमा प्रधानमन्त्री केपी ओलीले भनेका थिए, ‘नेपाल कम्युनिष्ट पार्टी जम्बो पार्टी भएकाले जेट विमानमा जस्तै यसमा पनि दुई को-पाइटल रहनेछन्।’ विकसित घटनाक्रमले यी दुई को-पाइलटबीच 'मिसअन्डरस्टान्डिङ' बढ्न थालेको देखिन्छ। 

घटना-१
पछिल्लो संसदीय निर्वाचनमा तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच चुनावी गठबन्धनले निर्वाचनमा अभूतपूर्व सफलता हासिल गर्‍यो। प्रतिनिधिसभाको कुल २ सय ७५ सिटमध्ये १ सय ७४ सिटमा नेकपा गठबन्धन विजयी भएको थियो। निर्वाचन पश्चात्सरकार गठनपूर्व तत्कालीन नेकपा (एमाले)का अध्यक्ष ओली दलबलसहित नेपाल-चीन सीमाना लाङटाङ र रसुवागढी पुगेका थिए। गोसाईंकुण्ड गाउँपालिका–२ ले आयोजना गरेको कार्यक्रममा सहभागी हुन ओली २०७४ पुस ४ गते त्यहाँ पुगेका थिए। 

नेपाल-चीन नाका रसुवागढीमा प्रधानमन्त्री तथा नेकपाका एक अध्यक्ष केपी शर्मा ओली। तस्बिरः अफिस अफ इमिग्रेशन, रसुवागढी।


आकस्मिक रुपमा भएको ओलीको रसुवा भ्रमणले नेपाल, भारत र चीनका सञ्चारमाध्यममा ठुलै स्थान पाएको थियो। नयाँ सरकार गठन हुने तयारीमा रहेकाले ओलीको सो भ्रमणले चीनलाई महत्व दिएको सन्देश प्रवाह भएको विश्लेषण गरिएको थियो। ओलीको रसुवागढी भ्रमणको चर्चा हुनुको कारण चीनले नेपालमा विस्तार गर्ने भनेको रेलसेवा चीनको केरुङ हुँदै नेपाल प्रवेश गर्ने चर्चाले पनि थियो।

Ncell 2
Ncell 2
nimb
nimb

ओली रसुवागढी पुगेको हप्ता दिन नपुग्दै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल-भारत सीमाना पर्साको ठोरी पुगेका थिए। ठोरी पुगेका प्रचण्डले ठोरी-केरुङ जोड्न आफूले विशेष पहल गर्ने बताए। 

सतहमा ओलीले रसुवागढी र प्रचण्डले ठोरी भ्रमण गरेको देखिएपनि त्यसको अन्तर्यका विषयमा अर्कै विश्लेषण हुन थाल्यो। ओली रसुवागढी पुग्नुलाई चीन नजिक भएको सन्देश प्रवाह गर्न खोजेको रुपमा व्याख्या भयो भने प्रचण्डको ठोरी भ्रमणलाई भूराजनीतिक सन्तुलनको प्रयासका रूपमा व्याख्या गरियो। यी दुई घटनालाई एकीकरण हुनुपूर्व नै दुई नेताबीचको टकरावका रूपमा पनि विश्लेषण गरिएको थियो।

पर्साको ठोरी पुगेका नेकपाका अध्यक्ष प्रचण्ड। तस्बिरः टिएचटी

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

भूराजनीतिक विषयका जानकार तथा एसिया टाइम्सका स्तम्भकार भीम भूर्तेल तत्कालीन समयको दुई घटनालाई सम्झँदै ती घटना दुई नेताबीच को कति बलियो भनेर प्रष्ट्याउन गरेको प्रयत्नका रूपमा व्याख्या गर्छन्। ‘रसुवागढी र ठोरी भ्रमण गरेका दुई नेताले भू–राजनीतिक सन्तुलनभन्दा पनि आ-आफ्नो स्वार्थ पूरा गर्ने माध्यम थियो,' भूर्तेल भन्छन्, ‘दुई पार्टी कसरी एक भयो भन्ने विषय नै संशयको विषय भएको अवस्थामा नेताबीचमा वैमनश्यता हुनु स्वभाविक हो।’

घटना-२
सरकार गठन र पार्टी एकतापछि नेकपाका सह–अध्यक्ष प्रचण्डले गत भदौ तेस्रो साता भारतको भ्रमण गरेका थिए। भारत भ्रमणका क्रममा सह–अध्यक्ष प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री सुष्मा स्वराजलगायत भारतका अन्य उच्च पदस्थ अधिकारीसँग पनि भेट गरेका थिए। सत्तारुढ दलको एक अध्यक्षका रूपमा उनले भारत भ्रमण गरेपनि सो भ्रमण राज्यशक्तिमा रहेका उच्च पदाधिकारीको भन्दा कम थिएन। भारतले पनि उनको भ्रमणलाई उतिकै महत्त्व दिएको थियो। भारतमा प्रचण्डले पाएको महत्वका कारण नेकपाका अर्का अध्यक्ष तथा प्रधानमन्त्री ओली र उनी निकटका केही व्यक्तिलाई भने सो कुरामा चित्त नबुझेको तत्कालीन समयमा प्रकाशित समाचारले देखाउँछ।

पार्टी एकीकरणपछि प्रचण्डले नेपालभित्र कुनै कुरा नउठाए पनि भारत पुगेर सरकार सञ्चालनमा कम्पन सिर्जना गरेका थिए।

भारत भ्रमणकै क्रममा अध्यक्ष प्रचण्डले दिएको एक अन्तर्वार्ताले नेकपा र सरकार सञ्चालक केही व्यक्तिको धरातलमा कम्पन ल्याएको थियो। कारण थियो, अन्तवार्ताका क्रममा प्रचण्डले साढे दुई वर्षको फरकमा सरकारको नेतृत्व हस्तान्तरण गर्ने न्यूनतम सहमतिकै आधारमा पार्टी एकीकरण भएको खुलासा। भारतको चर्चित पत्रिका ‘द प्रिन्ट’का लागि ज्योति मल्होत्रालाई दिएको अन्तर्वातामा प्रचण्डले उक्त कुरा बताएका थिए। 

पार्टी एकीकरणपूर्व गृहजिल्ला चितवनको एक कार्यक्रममा बोल्दै प्रचण्डले शक्ति बाँडफाँटका विषयमा सहमति भएर नै पार्टी एकीकरण हुने सम्झौता गरिएको बताएका थिए। शक्ति बाँडफाँटमा उनको आशय या त पार्टीको नेतृत्व एकल रूपमा आफूले गर्ने वा त्यसमा सहमति नभए सरकारको नेतृत्व बाँडफाँटका आधारमा गर्ने भन्ने थियो।  

पार्टी एकीकरण पश्चात् प्रचण्डले उक्त विषयमा नेपालभित्र कुनै कुरा नउठाए पनि भारत भ्रमणका क्रममा त्यस्तो प्रतिक्रिया दिएर सरकार सञ्चालनमा कम्पन सिर्जना गरेका थिए।

६ दिने भारत भ्रमण गरेका प्रचण्ड पार्टी सचिवालयको बैठकमा उपस्थित हुन भन्दै निर्धारित समयअघि नै स्वदेश फर्किएका थिए। स्वदेशफिर्ती पूर्व नै भारतीय सञ्चारमाध्यममा दिएको उनको अभिव्यक्ति नेपालमा विवादस्पद बन्यो। प्रधानमन्त्री ओलीले त्यस विषयमा औपचारिक रूपमा कुनै अभिव्यक्ति नदिएपनि प्रचण्डको अभिव्यक्तिबाट नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री ओली खुशी नभएको विश्लेषण गरिन्छ। 

भारत भ्रमणपछि केही समयको अन्तरालमा नै चीन पुगेका प्रचण्डले चिनियाँ राष्ट्रपति सि चिनफिङसँग भेट गर्ने कार्यक्रम भएपनि राष्ट्रपति सिसँग भेट भएन। चार दिने चीन भ्रमणका क्रममा प्रचण्डले चिनियाँ राष्ट्रपति सिलाई भेट्ने कार्यक्रम भने पनि अन्तिम समयमा आएर सो कार्यक्रम रद्द भएको थियो। 

सरकार नेतृत्वमा साझेदारी गर्ने सहमतिमै पार्टी एकीकरण भएको हो प्रचण्डले बताएका थिए। 

‘नेकपाका अध्यक्ष प्रचण्डले सिलाई भेट्ने कार्यक्रम बनेपनि अन्तिम समयमा त्यो हुन सकेन,' पूर्व माओवादीका एक नेताले भने, ‘ओलीको अनिच्छाका कारण नै प्रचण्ड र सिबीच भेट हुन नसकेको हो।’ चीन भ्रमणअघि भएको भारत सरकारले प्रचण्डलाई दिएको महत्वले झस्किएको ओली सरकार प्रचण्डको चीन भ्रमणमा सीसँग भेट नहुने वातावरण बनाउन लागेको उनको आरोप छ। ‘एक देशमा दुई नेता नहुने भन्दै सरकारको प्रतिनिधित्व नगर्ने प्रचण्डसँग चीनका राष्ट्रपतिले भेट गर्न नहुने भन्दै भेटघाटको वातावरण मिल्न दिइएन,' उनले भने।

चीन भम्रणबाट आएको केही समयपछि प्रचण्डले आफ्नै निवास खुमलटारमा पत्रकार सम्मेलन आयोजना गरेका थिए। सो पत्रकार सम्मेलनमा सेतोपाटी अनलाइनका प्रधान-सम्पादक अमित ढकालले प्रचण्डलाई ओलीसँग भएको सत्तासाझेदारीका विषयमा प्रश्न सोधे। जवाफ दिँदै प्रचण्डले भारतीय सञ्चारमाध्यममा जे बोलेका थिए, त्यही दोहोर्‍याएको सम्मेलनमा सहभागी एक पत्रकार बताउँछन्। ‘सरकार नेतृत्वमा साझेदारी गर्ने सहमतिमै पार्टी एकीकरण भएको हो,' प्रचण्डलाई उद्धृत गर्दै ती पत्रकारले भने। यो घटनाले पनि नेकपाका अध्यक्षद्वय ओली र प्रचण्डबीच वैमनश्यता रहेको प्रष्ट्याउँछ।

घटना-३
नेकपाले अध्यक्षद्वय ओली र प्रचण्डबीच भएको वैमनश्यतालाई अझ सतहमा ल्याउने काम भेनेजुएला प्रकरणले गर्‍यो। प्रधानमन्त्री ओलीले बुधबार नेपाल टेलिभिजनको एक कार्यक्रम ‘जनतासँग प्रधानमन्त्री’मा बोल्दै भेनेजुएला प्रकरणमा पार्टीका अर्का अध्यक्षको शब्द चिप्लिएको बताए। उता बिहिबार गृहनगर चितवन पुगेका सोही पार्टीका अर्का अध्यक्ष प्रचण्डले पार्टी सचिवालयबाट यस विषयमा वक्तव्य नै आइसकेकाले एक व्यक्तिको अभिव्यक्तिले यसमा फरक नपार्ने बताउँदै आफ्नो विज्ञप्ति गलत नभएको तर्क गरे। 

भेनेजुलएलामा देखिएको राजनीतिक संकटको विषयलाई लिएर नेकपाका एक अध्यक्ष प्रचण्डले निकालेको प्रेस विज्ञप्तिका विषयमा अमेरिकाले नेपाल सरकारको आधिकारिक धारणा माग गरेको थियो। प्रचण्डले गत माघ ११ गते भेनेजुएलाको आन्तरिक राजनीतिमा अमेरिकाले हस्तक्षेप गरेको भन्दै अमेरिकाको साम्राज्यवादी प्रवृत्तिको कडा आलोचना गरेका थिए। नेकपा सचिवालय सदस्य माधव नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायतसँगको छलफलपछि प्रचण्डले वक्तव्य सार्वजनिक गरेको बताइन्छ। 

भेनेजुएलाका निर्वाचित राष्ट्रपति निकोलस माडुरोलाई विस्थापन गरी राष्ट्रियसभा अध्यक्ष ३५ वर्षे हुवान गुआइदोले अमेरिकाको समर्थनमा आफैंलाई अन्तरिम राष्ट्रपति घोषणा गरेपछि सत्तारुढ दल नेकपाले विरोध गरेको थियो। भेनेजुएलाका निर्वाचित राष्ट्रपति माडुरोलाई समर्थन गर्दै नेकपाले अमेरिकी कदमको विरोधमा प्रेस विज्ञप्ति प्रकाशित गरेको हो।

यस विषयमा नेपाल सरकार, नेकपा पार्टी सचिवालय दुबैले फरक-फरक रुपमा शिष्ट शैली अपनाउँदै अध्यक्ष प्रचण्डकै वक्तव्यलाई सदर गरिसकेको छ। तर प्रधानमन्त्री ओलीले टेलिभिजन कार्यक्रमा आफू नेपालमा नभएका बेला पार्टीका तर्फबाट वक्तव्य आएको बताउँदै आफू नेपालमै रहेको भए यस्तो वक्तव्य नआउने बताए। 

कूटनीति जस्तो गम्भीर विषयमा पनि नेकपाका दुई अध्यक्षबाट फरक–फरक अभिव्यक्ति आउनुले पनि अध्यक्षद्वयको वैमनश्यतालाई अझ पुष्पित गरेको हो। 

प्रकाशित मिति: शुक्रबार, माघ २५, २०७५  ०९:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ?
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
मुगुमा खुर्पा प्रहार गरी वृद्धको हत्या, आरोपी हतियारसहित पक्राउ मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
लिग -२ मा नेपालको दोस्रो जित , ओमान ११३ रनले पराजित मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्