काठमाडौं– बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको ठेक्का लिएको इटालियन कम्पनी 'सिएमसी दि राभेना'सँग सरकारले सम्झौता रद्द गर्ने निर्णय गरेको छ।
मेलम्ची खानेपानी विकास समितिको बिहीबार बसेको बोर्ड बैठकले उक्त कम्पनीसँगको ठेक्का रद्द गरेको हो।
समितिले प्रेस विज्ञप्ति जारी गर्दै अब आयोजनाको बाँकी काम सम्पन्न गर्न सरकारसमक्ष विकल्प सहितको प्रस्ताव तयार गर्ने र सोही निर्णयअनुसार काम अगाडि बढाउने बताएको छ।
आयोजनाको काम तीव्र गतिमा अघि बढिरहेको बेला निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनी सिएमसीले १५ डिसेम्बर २०१८ मा काम छाडेर गएपछि चुनौती अन्योल सिर्जना भएको थियो।
काम सम्पन्न नहुँदै विकास समितिलाई कुनै जानकारी नदिई हिँडेको उक्त कम्पनीलाई ठेक्का किन गद्द नगर्ने भन्दै १४ दिनभित्र जवाफ पठाउन माघ ६ गते पत्राचार गरेको थियो।
तर, कम्पनीबाट कुनै आधिकारिक जवाफ नआएको र सम्झौता रद्द नगर्दा थप कानुनी जटिलता पैदा हुने भएकाले सम्झौता गद्द गर्नु परेको समितिका कार्यकारी निर्देशक सूर्यराज कँडेलले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।