काठमाडौं- रेमिट्यान्स औपचारिक च्यानलबाट ल्याउने र उत्पादकत्व बढाउने सम्बन्धमा अध्ययन गर्न बनेको कार्यदलले प्रतिवेदन बुझाएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट समक्ष कार्यकदललले प्रतिवेदन बुझाएको हो।
कार्यदलमा श्रम मन्त्रालयका सचिव महेशप्रसाद दाहाल संयोजक थिए। कार्यदलले सात महिना लगाएर प्रतिवेदन तयार पारेको हो।
कार्यदलमा नेपाल राष्ट्र बैंकका डुपुटी गभर्नरसहित अर्थ, परराष्ट्र, उर्जा, पर्यटन,उद्योग, भौतिक पूर्वाधार, म्यानपावर व्यवसायी संघका प्रतिनिधि समितिमा थिए।
नेपालमा आउने रेमिट्यान्स, उपयोग तथा कारोकार व्यवस्थापनका लागि गरिएका नीतिगत, कानूती र संस्थागत व्यवस्था, विप्रेषणका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यास समेत विश्लेषण गरी प्रतिवेदन तयार गरिएको बताइएको छ। औपचारिक माध्यमबाट विप्रेषण भित्र्याउने र उत्पादनमूल लगानीमा प्रोत्साहन समेत हुने सुझाव समावेश गरिएको उल्लेख छ।
यस्तो छ मन्त्रालयले जारी गरेको विज्ञप्तिः


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।