काठमाडौं– मेगा बैंक नेपालले दोस्रो त्रैमासिक अवधिसम्म ७३ करोड रुपैँया खुद नाफा आर्जन गरेको जनाएको छ ।
आर्थिक वर्ष २०७५/७६ को दोस्रो त्रैमासिक अवधिसम्म आइपुग्दा बैंकले ७३ करोड २० लाख रुपैँया मुनाफा आर्जन गरेको हो । पहिलो त्रैमासमा खुद नाफा ४० करोड ४५ लाख रुपैयाँ थियो।बैंकको वित्तीय विवरणअनुसार अघिल्लो वर्षको दोस्रो त्रैमासिक अवधिसम्म बैंकले ३९ करोड ३६ लाख मुनाफा गरेको थियो। गत वर्षको सोही अवधिको तुलनामा बैंकले ८६ प्रतिशत बढी मुनाफा भएको हो।
२०७५ पुसमसान्तमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा बैंकको कूल निक्षेप २५ अर्ब २८ करोडले बढेर ७० अर्ब ८५ करोड रुपैँया पुगेको छ भने कर्जा तथा सापटी २५ अर्ब ८ करोडले वृद्धि भई ६५ अर्ब ८५ करोड कायम भएको बैंकले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।