काठमाडौं– नेपाल राष्ट्र बैंकले सोमबार रु ५ अर्ब १६ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ।
बैंकले आइतबार एक सूचनामार्फत उक्त परिमाणको बिल खरिदका लागि बोलकबोल प्रक्रियामा सहभागी हुन आग्रह गरेको छ।
बैंकले सोमबार बिक्री गर्न लागेको ट्रेजरी बिलमध्ये रु ३ अर्ब २५ करोड २८ दिनका लागि तोकिएको छ।
यस्तै रु १ अर्ब ९१ करोड भने ९१ दिनका लागि बिक्री गर्न लागिएको छ।
बैंकले यही माघ १४ गते रु २ अर्ब बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो।
यस्तै बैंकले आज मात्रै रु ५ अर्ब बराबरको रिपो बिक्रीका लागि बोलकबोल गरेको छ।
पछिल्ला दिनमा केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई रिपो र ट्रेजरीजस्ता वित्तीय उपकरणमार्फत तरलता उपलब्ध गराउँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।