काठमाडौं– मोबाइल प्रयोगकर्ताको संख्या बढेसँगै आयात पनि बढ्दो छ। नेपाल चालु आर्थिक वर्ष २०७५/०७६ पहिलो पाँच महिनामै भारत तथा तेस्रो मुलुकबाट सवा ४ लाख भन्दा बढी मोबाइल सेट आयात गरिसकेको छ।
नेपालमा साउन मसान्तदेखि मंसिर मसान्तसम्ममात्रै ४ लाख २४ हजार ९ सय ५० थान मोबाइल सेट आयात गरेको भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ।
नेपालले भारत लगायत ११ वटा मुलुकबाट मोबाइल सेट आयात गरेको छ। सबैभन्दा बढी मोबाइल सेट भने चीनबाट आयात भएको छ।
पाँच महिनामा चीनबाट मात्रै नेपालले ३ लाख ७० हजार ८ सय ४५ सेट मोबाइल आयात गरेको छ। यो संख्या कुल आयातको ८७ प्रतिशत भन्दा बढी हो।
यसैगरी नेपालले दोस्रो बढी मोबाइल आयात भियतनाम गरेको छ। पाँच महिनाकै अवधिमा भियतनाबाट नेपालले ३७ हजार ९ सय २ थान मोबाइल आयात गरको छ। यसैगरी तेस्रो बढी मोबाइल आयात भारतबाट भएको छ।
भारतबाट मात्रै नेपालले १६ हजार १ सय २९ सेट मोबाइल आयात गरेको छ। यसबाहेक कोरियाबाट ५१, अमेरिकाबाट ९ थान मोबाइल आयात गरेको छ।
सवा चार लाख भन्दा बढी मोबाइल आयातमा मात्रै नेपाललको १ अर्ब ६५ करोड ७९ लाख ५३ हजार रुपैयाँ खर्च गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।