• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

९ महिनामा अरुण तेस्रोको निर्माण कार्य १५ प्रतिशत सकियो

सिइओ भन्छन् – समयमै सम्पन्न हुन कठीन छ
64x64
नेपाल लाइभ आइतबार, माघ २०, २०७५  ०९:००
1140x725

इटहरी– राष्ट्रिय गौरवको आयोजना अरुण तेस्रो जलविद्युत अयोजनाको निर्माण कार्य तीब्र गतिमा अघि बढिरहेको छ। करीब ९ महिना अघिदेखि निर्माण कार्य सुरु गरिएको आयोजनाको हालसम्म १५ प्रतिशत काम सकिएको छ।

आयोजना संखुवासभाको मकालु गाउँपालिका–५ मा पर्छ। आयोजनाको स्टिल पाइपमार्फत ४ वटा टर्बाइन घुमाएर ९ सय मेगावाट विद्युत उत्पादन गर्ने लक्ष छ। १ खर्ब १६ अर्ब रुपैयाँ लागतमा बन्दै गरेको आयोजना भारतीय सरकारी स्वामित्वको कम्पनी सतलज जलविद्युत निगमले निर्माण गरिरहेको छ। आयोजना निर्माणअन्तर्गत हाल वैकल्पिक सुरुङ निर्माण, सडक विस्तार, विद्युत प्रसारण लाइन निर्माण लगायतका कामहरु भइरहेका छन्।

केही प्राविधिक समस्याका कारण आयोजना समयमै सम्पन्न हुन भने कठीन देखिएको अरुण तेस्रो जलविद्युत आयोजनाका कार्यकारी अधिकृत(सिइओ) सतिसकुमार शर्माले बताए।

संखुवासभाको सदरमुकाम खाँदबारीबाट बाँध निर्माण स्थलमा व्यवस्थित सडक नहुँदा निमार्ण कार्यमा समस्या आएको शर्माको भनाइ छ। वर्षाको समयमा खाँदबारी–किमाथांका सडक सुचारु नहुने भएकोले निर्माणको काम प्रभावित हुने आयोजनाका सिइओ शर्मा बताउँछन्। सडकको अवस्था नसुध्रिएसम्म आफूहरुले समयमा काम सम्पन्न गर्न नसक्ने उनको भनाइ छ। ‘बर्षाको समयमा सडकमा कुनै पनि मालबाहक सवारी साधन गुड्नसक्ने अवस्था छैन,’ उनले भने, ‘जसले गर्दा निर्माणअवधि लम्बिनसक्ने देखिएको छ। नेपाल सरकारले यस विषयमा चासो दिनुपर्छ।’

सम्झौताअनुसार अरुण तेस्रो आयोजनाको काम सन् २०२२ सम्म सम्पन्न गरिसक्नुपर्ने हुन्छ।

शर्माका अनुसार हाल २ हजार ४ सय मजदुरसहितको टोली निर्माण कार्यमा खटिइरहेको छ। पहाड फोरेर दैनिक ५ मिटरको दरले सुरुङ खन्ने काम भइरहेको आयोजनाले जनाएको छ। अयोजनाअन्तर्गत मकालुको दोभानमा बाँधस्थल बनाएर ११ दशमलब ७ किलोमिटर सुरुङ मार्गमार्फत चिचिला गाउँपालिका–३ स्थित दिदिङमा पानी खसालिने शर्माले जानकारी दिए।

मुख्य सुरुङसम्म पुग्न दोभानमा निर्माण भइरहेको प्रवेश सुरुङ मार्गको ५ सय ९ मिटर लम्बाईमध्ये ३ सय ४७ मिटरको काम सकिइसकेको छ। दोभानमा नदी डाइभर्सन गर्न निर्माण गर्नुपर्ने ३ सय ९३ मिटर लामो सुरुङमध्ये ६५ मिटरको काम सकिएको छ। बाँध निर्माणमा भारतीय ‘जयप्रकाश एसोसिएट्स’ र पावर हाउस निर्माणमा भारतकै ‘पटेल इन्जिनियरिङ कन्सल्टेन्ट’ले काम गरिरहेको छ। त्यससँगै विद्युत प्रशारण लाइनको निर्माणको काम पनि सुरु भएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

संखुवासभा, भोजपुर, खोटाङलगायत जिल्ला हुँदै प्रशारण लाइन महोत्तरीको ढल्केवरस्थित ४ सय केभीको राष्ट्रिय प्रशारण लाइनमा जोडिने छ। नेपालले पाउने २१ दशमलव ९ प्रतिशत अर्थात् १ सय ९७ मेगावाट विद्युत ढल्केवरस्थित ४ सय केभी प्रशारण लाइनमार्फत वितरण हुनेछ। उता भारततर्फ लगिने बिधुत मुजफ्फरपुर प्रशारण लाइनमा जोडिने छ।

२५ वर्षसम्म भारतले विद्युत उपभोग गरेपछि सो आयोजनामा नेपाल सरकारको पूर्ण स्वामित्वमा आउँछ। परियोजना पूरा हुँदासम्ममा नेपाल सरकारले विभिन्न शीर्षकबाट ३ सय ४८ अर्ब रुपैयाँ पाउने सम्झौतामा उल्लेख छ। आयोजनाका लागि सतलजले स्व–पूँजीको रूपमा २५ अर्ब रुपैयाँ लगानी गर्ने र बाँकी ९१ अर्ब रुपैयाँ भारतको पावर फाइनान्स कर्पोरेसन र अन्य बैंकबाट ऋण लिने भएको छ। विद्युत उत्पादन गर्न १ खर्ब ४ अर्ब र प्रसारण लाइन निर्माणमा १२ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ। 

बाँधबाट पावर हाउसमा पानी पुर्याउन ९ दशमलब ५ मिटर परिधिको ११ दशमलब ७८ किलोमिटर सुरुङ खन्नुपर्ने हुन्छ। ७ सय ४७ मिटरको दोस्रो सहायक सुरुङ बाँध निर्माण स्थलदेखि ४ दशलमब ९६ किलोमिटरमा आमराङमा, ७ दशमलब १५ किलोमिटरमा तेस्रो सहायक सुरुङ सुन्तलेमा र चौथो सहायक सुरुङ चिचिला गाउँपालिका–३ दिदिङ पुखुवामा निर्माणधीन अवस्थामा छ।

पटेल इन्जिनियरिङ लिमिटेडले दोस्रो, तेस्रो र चौथो सहायक सुरुङ, पावर हाउस, ट्रान्सफर्मर हाउस, टेलरेस टनेललगायत निर्माणको जिम्मा पाएको छ। उक्त कम्पनीले कोसी राजमार्गस्थित छ्याङकुटीदेखि दिदिङ पुखुवासम्म सडकको ट्रयाक खोल्ने काम सुरु गरिसकेको छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

दिदिङ पुखुवामा पहाड भित्र पावर हाउस कम्प्लेक्स र ट्रान्स्फर्मर हाउस निर्माणका लागि सुरुङ खन्ने कार्य भइसकेको प्रमुख शर्मा बताउँछन्।

केही दिनमै ६ हजार बढी मजदुरले चौबीसै घन्टा काम गर्ने वातावरण बनाउने निर्माण कम्पनीले जनाएको छ। परियोजनाका लागि करीब ७१ हेक्टर जग्गा लिइएको छ। साेअन्तर्गत २२ हेक्टर जंगल क्षेत्र बाहेक ४८.८७ हेक्टर निजी जग्गाकाे मुआब्जा वितरण गरेर अधिग्रहणको काम सम्पन्न भइसकेको छ।

परियोजनाले एक अर्ब २२ करोड ११ लाख १० हजार रुपैयाँ मुआब्जा वितरण गरिसकेको छ। मकालु गाउँपालिका–३, चिसोपानी नयाँबस्तीका ५ घर परिवारलाई थप मुआब्जा रकम र ११ घरलाई आवास निर्माणका लागि मुआब्जा दिएर बाँध निर्माणको काम थालिएको हो।

परियोजना प्रमुख शर्माले सडक निर्माणको काम तोकिएकै समयमा सम्पन्न गर्न आफूहरु तत्पर रहेको बताए। यद्यपि, नेपाल सरकारको जिम्मामा रहेका सडकहरू निर्माण नहुँदा आयोजना स्थलमा सामान ढुवानीमा समस्या पर्ने र निर्माणको गति कमजोर हुनसक्ने उनको आँकलन छ।

त्यसका साथै नेपाल सरकारले गर्नुपर्ने प्रशारण लाइन निर्माणका लागि संखुवासभा, भोजपुर, खोटाङ, उदयपुर, सिराहा, महोत्तरी जिल्लामा जग्गासम्बन्धी सबै समस्या समाधान गरेर नेपाल सरकारलाई बुझाइसकिएको भएपनि लाइसेन्स दिन ढिलाइ भइरहेको उनले गुनासो गरे। ‘यही कारण पनि प्रशारण लाइनको काम पछि धकेलिने सम्भावना रहन्छ’, उनले भने।

प्रकाशित मिति: आइतबार, माघ २०, २०७५  ०९:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ?
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि...
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
मुगुमा खुर्पा प्रहार गरी वृद्धको हत्या, आरोपी हतियारसहित पक्राउ मंगलबार, असोज २७, २०८३
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्