काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छठ पर्वको अवसरमा 'संविधानको कार्यान्वयनमार्फत समाजवादको आधार तयार पार्ने राष्ट्रिय अभियानमा हातेमालो गर्न' अपील गरेका छन्।
छठको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले हाम्रा चाडपर्व र संस्कृति कुनै जाति, भाषा र धर्म विशेषको पहिचान र परम्परामा मात्र सीमित नरहेको उल्लेख गरेका छ। 'बरु, राष्ट्रिय एकता, पारस्पारिक सद्भाव, राष्ट्रिय मौलिक संस्कृतिको निर्माणका लागि पनि उत्तिकै महत्वपूर्ण रहँदै आएका छन्। नेपालको यस ऐतिहासिक विरासतप्रति गर्व गर्दै सम्पूर्ण मधेसी समुदायमा हार्दिक शुभकामना,' उनले सन्देशमा भनेका छन्।
तीनै तहको निर्वाचन सम्पन्न गरी संविधान कार्यान्वयन गर्नु, हिमाल, पहाड, तराई, सबै जाति, भाषा, धर्म र समुदायको सुदृढ राष्ट्रिय एकताका बलमा आर्थिक समृद्धि हासिल गर्नु र संविधानद्वारा निर्देशित समाजवादउन्मुख राज्यको दिशामा अगाडि बढ्नु राष्ट्रिय प्राथमिकता रहेको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।