काठमाडौं- अर्थमन्त्री डा युवराज खतिवडाले कृषि उत्पादनमा हुने जोखिम न्यूनीकरणका लागि लघु बिमा कम्पनी स्थापना गर्ने घोषणा गरेका छन्।
अर्थमन्त्री खतिवडाले कृषि उत्पादनमा जोखिम हुन नदिन लघु बिमा कम्पनी खोलेर लघु बिमा कार्यक्रम सञ्चालन गर्न सहकारी संस्थाहरुलाई पनि आग्रह गरे। उनले सहकारी संस्थाहरुलाई लघु बिमा कार्यक्रम सञ्चालन गर्नका लागि सरकारले आवश्यक नीति, कानुन निर्माण गरिदिने प्रतिबद्धता पनि व्यक्त गरे।
नेपाल कृषि सहकारी केन्द्रिय संघ लिमिटेडको ११ औं वार्षिक साधारणसभालाई बिहीबार काठमाडौंमा उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले पुँजी, प्रविधि र प्राकृतिक विपत्तिका कारण कृषि उत्पादनमा जोखिम हुने गरेको उल्लेख गर्दै त्यसलाई रोक्न सरकारले पशु र कृषिमा लघु विमा कार्यक्रम सञ्चालन गरेको पनि स्मरण गराए।
अर्थमन्त्री खतिवडाले अन्तराष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने गरी वस्तुहरुको उत्पादन गर्न पनि सम्बन्धित निकायलाई सचेत गराए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।