काठमाडौैं– घुस खाएर चिम्पान्जी तस्करी गरेको आरोपमा एयरपोर्ट भन्सार कार्यालयका तीन कर्मचारी निलम्बनमा परेका छन् । एक अधिकृत र दुई नायब सुब्बालाई एयरपोर्ट भन्सार कार्यालयले मंगलबार निलम्बन गरेको हो।
अधिकृत आशुतोष राई तथा नायब सुब्बाद्धय चुडामणि शर्मा र लिला पनेरुलाई भन्सार कार्यालयले निलम्बन गरेको हो । जाँचपासमा संलग्न कर्मचारीलाई निलम्बन गरी छानबिन सुरु गरिएको एयरपोर्ट भन्सार प्रमुख सहसचिव नारायण सापकोटाले बताए । उपसचिव धुव्र विश्वकर्माको संयोजकत्वमा भन्सार कार्यालयले छानबिन समिति गठन गरेको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआईबी)ले विमानस्थलबाटै पास भएको दुई वटा चिम्पाञ्जि, ६ वटा बाँदर र चराहरुसहित ६ जनालाई गत असोज ३१ गते पक्राउ गरेको थियो । उनीहरुले भन्सार कर्मचारीलाई घुस खुवाएर चिम्पान्जी तस्करी गरेको बताएका थिए । सोही आधारमा त्यसबेला ड्युटीमा रहेका तीन कर्मचारी निलम्बनमा परेका हुन्।
सिआइबीले सञ्जिव भारती र राजकुमार तिवारी, भारतीय नागरिक मोहम्मद उस्मान, मोहम्मद फएन र शरिफ सहिन तथा पाकिस्तानी नागरिक आवेद अस्लामा खान पक्राउ परेका गरेको थियो । जिल्ला वन कार्यालय, काठमाडौंले उनीमाथि अनुसन्धान गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।