काठमाडौं- पहिलो चरणको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा ७ सय १५ जना उम्मेदवारले प्रतिस्पर्धा गर्ने भएका छन्।
मंसिर १० गते हुने निर्वाचनमा ८०७ जनाले उम्मेदवारी दर्ता गराए पनि ९२ जनाले फिर्ता लिएपछि ७ सय १५ जना चुनावमा भिड्ने भएका हुन्।
प्रदेशसभा निर्वाचनमा ४ सय ८१ जनाले उम्मेदवारी दर्ता गराएकोमा ५१ जनाले फिर्ता लिएको निर्वाचन आयोगले जनाएको छ । यस्तै, प्रतिनिधिसभा निर्वाचनमा ३ सय ४२ जनाले उम्मेदवारी दिएकोमा २६ जनाले फिर्ता लिएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए।
प्रदेशसभा निर्वाचनमा अब ४ सय ३० जना भिड्नेछन् भने प्रतिनिधिसभा निर्वाचनमा ३ सय १६ जना लड्नेछन् । हिमाली र पहाडी गरी पहिलो चरणमा ३२ जिल्लामा निर्वाचनमा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।