काभ्रे- उद्योग मन्त्रालयले बिपी राजमार्ग कोरिडोरमा औद्योगिक ग्रामको सम्भाव्यताका लागि भकुण्डेबेँसी क्षेत्रमा स्थलगत अध्ययन थालेको छ।
काठमाडौँबाट करिब ५० किलोमिटरको दुरीमा रहेको उक्त स्थानमा सिन्धुली, रामेछाप तथा ललितपुर र भक्तपुरबाट नजिक पर्ने भएकाले ठूलो सम्भाव्यता देखिएको छ।
उद्योग राज्यमन्त्री रेशम लामाको नेतृत्वमा मन्त्रालयका सचिव, सहसचिव सहितको समूहले त्यस क्षेत्रमा मंगलबार औद्योगिक ग्रामका लागि स्थलगत अध्ययन तथा स्थानीयको सुझाव संकलन गरेको हो।
उद्योग राज्यमन्त्री लामाले मुलुकको आर्थिक समृद्धिका लागि औद्योगिक क्रान्तिको खाँचो औँल्याउँदै प्रत्येक स्थानीय तहमा औद्योगिक ग्राम स्थापना गर्ने लक्ष्य रहेको बताए। उद्योग सचिव शंकरप्रसाद कोइरालाले मुलुकका विभिन्न क्षेत्रमा औद्योगिक ग्राम स्थापनाका लागि आवश्यक पूर्वाधारको विकासमा मन्त्रालयले रु एक अर्ब खर्च गरिसकेको जानकारी दिए।
नमोबुद्ध नगरपालिकाका प्रमुख टिपी शर्माले मधेश र पहाडको बीच भागमा रहेको उक्त नगरपालिकाभित्र राम्रा फराकिला मैदान रहेको जानकारी दिँदै मन्त्रालयले सुरु गरेको अध्ययनलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।