• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

प्रत्यक्ष वैदेशिक लगानी : नेपाल पैसा भित्र्याउने चक्रको खुलासा

टेलियासोनेरादेखि एनसेलका सेयर हाेल्डरसम्म
64x64
नेपाल लाइभ बुधबार, माघ २, २०७५  १९:५१
1140x725

काठमाडौं– खोज पत्रकारहरूको अन्तर्राष्ट्रिय संयन्त्र ‘दी इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नालिष्टस्’ (आईसीआईजे) ले सन् २०१७ मा गरेको पनामा ‘लिक्स’ मा गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्ष उपेन्द्र महतोसहित सात जना नेपालीले ट्याक्स हेवन मुलुकहरूमा लगानी गरेको तथ्य सार्वजनिक गरेको थियो। त्यसपछि हामीले आईसीआईजेसँग नेपालसँग सम्बन्धित विवरण मागेर अनुसन्धान गर्न थालेपछि खोज पत्रकारिता केन्द्र नेपाल (सीआईजे) को आईसीआईजेसँग औपचारिक सहकार्य शुरू भयो। 

आईसीआईजे, ऊसँग सम्बन्धित विभिन्न देशका खोज पत्रकारहरूको अनुसन्धान, उनीहरूका कागजात र त्यससँग सम्बन्धित नेपालका सरकारी निकायका कागजातहरूको अध्ययन पछि केही रोचक विवरणहरू भेटिएका छन् । प्राप्त विवरण अनुसार, नेपालमा कर छल्ने वा कुनै गैरकानूनी ढंगले कमाइएको रकम सम्पत्तिको स्रोतमा निगरानी नराख्ने र कर छल्नका लागि सुरक्षित स्थान मानिने ‘ट्याक्स हेवन’ मुलुक पु¥याउने र प्रत्यक्ष वैदेशिक लगानी भन्दै पुनः नेपालमै भित्र्याउने गरेको भेटिएको छ। 

संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य र पूर्व सांसद् वीरेन्द्र महतो, उनका दाजु उपेन्द्र, गैरआवासीय नेपाली निरजगोविन्द श्रेष्ठ र व्यापारी अजेयराज सुमार्गी यस्तो काममा संलग्न रहेको भेटियो । यो चक्र पूरा गर्ने मुख्य माध्यम नेपालको ठूलो दूरसञ्चार कम्पनी एनसेललाई बनाइएको भेटियो।  

टेलियासोनेरा : एयरबेल र जोधारको जरो
१२औं पटक बिक्री हुुँदा एनसेलको कर छली प्रकरणमा नेपालको व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका विवादमा तानिए । यी तीन वटै निकायले एनसेल बिक्री शीर्षकमा लाग्ने ‘पूँजीगत लाभकर कर’ उन्मुक्ति मामिलामा चर्को विवाद भयो । सरकार, अदालत र संसद् जस्ता निकाय कोही खुलेर कोही लुकेर कर लगाउने भन्दा पनि एनसेललाई उन्मुक्ति दिने पक्षमा थिए । ७ असार २०५८ मा स्थापना भई पटक पटक खरीद बिक्री भएर हालको एनसेल भनिने कम्पनीको पूँजीगत लाभकर शीर्षकमा झन्डै ६१ अर्ब कर छली भएको भन्दै ठूला करदाता कार्यालयले कर निर्धारण गरेको थियो । त्यो रकम अहिले बढेर ७३ अर्ब रुपैयाँ पुगेको छ । 

एनसेलको ८० प्रतिशत लगानीकर्ता (तत्कालीन) टेलियासोनेरालाई यो कर नतिराइकन नेपालबाट भगाइसकिएको छ । तर, टेलियासोनेरा भागे पनि विदेशमा ऊसँग उठबस र कारोबार गर्ने व्यक्तिहरू भने नेपालमा अहिले पनि व्यवसाय गरेर बसेका छन् । त्यसमा गैरआवासीय नेपाली उपेन्द्र महतो, महतोको धेरैजसो कम्पनीका व्यावसायिक साझेदार निरजगोविन्द श्रेष्ठ, अजेयराज सुमार्गी र सुमार्गीको कम्पनीमा काम गर्ने मुक्तिश्री प्रालिका डाइरेक्टर समेत रहेका अर्जुन शर्मा पर्छन्। 

उनीहरूले विदेशमा आफ्नो नाममा कम्पनी खोलेका रहेछन्। ती कम्पनीहरूबाट उनीहरूले नेपालका आफ्ना कम्पनीहरूमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) भन्दै रकम ल्याउने, नाफा भन्दै नेपालमा कमाएको रकम उता लैजाने, फेरि अर्को कम्पनीमा एफडीआई ल्याउने काम गरेको भेटियो । यति मात्रै हैन, एनसेलको कर छली गरेर भागेको टेलियासोनेरासँग ती कम्पनीहरूको अन्तरसम्बन्ध रहेको समेत भेटियो ।

हामीले प्राप्त गरेका विवरणहरूले एनसेलको यो कर छली प्रकरणमा कतै यिनै व्यक्तिहरू समेत संलग्न त थिएनन् ? भन्ने शंका समेत जन्माएको छ । आईसीआईजे र त्यसका आधारमा नेपालमा संकलन गरिएको विवरणले त्यस्तै देखाउँछ । त्यसका लागि सम्बन्धित कम्पनी र त्यससँग अन्तरसम्बन्धित व्यक्तिबीचको सम्बन्ध पहिल्याउन एक–एक विवरण केलाएका छौं।

सबैभन्दा पहिला हामीले पनामा पेपर्समा काम गरेका साइप्रसका खोज पत्रकार स्तेलियोस ओरफानिदेशले हामीलाई पठाएको विवरण केलायौं । उनले साइप्रसमा कम्पनी दर्ता गर्ने निकाय ‘डिपार्टमेन्ट अफ रजिष्ट्रार अफ कम्पनिज एन्ड अफिसियल रिसिभर’ का प्रमाणित ८२ वटा पीडीएफ फाइलहरू सीआईजेलाई पठाइदिए । जसमा ग्रीक भाषामा लेखिएको शेयरहोल्डरका नाम, ठेगाना, शेयर खरीदबिक्रीका विवरणहरू छन् । ती विवरणलाई स्तेलियोसको सहयोगमा अनुवाद गरेपछि व्यापारी अजेयराज सुमार्गी र अर्जुन शर्मा साइप्रसको एयरबेल सर्भिसेज लिमिटेड कम्पनीका लगानीकर्ता हुन् भन्ने पुष्टि भयो । 

Ncell 2
Ncell 2
nimb
nimb

साइप्रसस्थित म्याग्नम हाउस ठेगाना उल्लेख गरी अहिलेसम्म पनि सक्रिय रहेको यो कम्पनी सन् २००८ मा खोलिएको हो । ‘म्याग्नमसर्भ सेक्रेटरी लिमिटेड’ नामक बिचौलिया ल फर्मले दर्ता गराइदिएको एयरबेलको शेयर ब्रिटिश भर्जिन आइल्यान्डस्मा दर्ता भएको जोधार इन्भेष्टमेन्ट प्रालिले खरीद गरेको थियो । यो कम्पनीका अन्य लगानीकर्ता भने नेपाली व्यवसायी सुमार्गी, उनको कम्पनीमा काम गर्ने शर्मा र अन्य ११ विदेशी नागरिक छन् ।

११ मध्ये एक लगानीकर्ता हुन्, मोहम्मद एमर्सी । जो नेपालका व्यापारी अजेयराज सुमार्गीका कम्पनीहरू र मेरो मोबाइल हुँदै २०६६ फागुनबाट एनसेल ब्रान्डले चिनिने कम्पनीसँग जोडिन आइपुग्छन् । बाँकी १० जनाको नेपाल नाता देखाउन सकिएन (जोधारको छुट्टै विवरण तल उल्लेख छ) । एमर्सी टेलियासोनेरा ग्रुपको वरिष्ठ सल्लाहकार र तत्कालीन मेरो मोबाइलको २०५८ असारदेखि २०६१ चैत १७ गतेसम्मको लगानीकर्ता स्पाइस नेपाल प्रालिको सञ्चालक समिति सदस्य हुन् । साइप्रसका खोज पत्रकार ओरफानिदेशले उपलब्ध गराएको विवरण अनुसार, दुबईमा बसोबास गर्ने ब्रिटिश नागरिक एमर्सी भारतको रुरल सोर्स र इन्क्लुसिभ भेन्चर्स लिमिटेड कम्पनीका पनि मालिक हुन् । जुन कम्पनीसँग सन् २०१४ मा सुमार्गीको मुक्तिश्री गु्रपले साझेदारी गर्ने घोषणा गरेको थियो ।

सुमार्गीको संलग्नता अन्यत्र पनि देखिन्छ । खोज पत्रकार स्तेलियोस ओरफानिदेशले साइप्रसको कम्पनी रजिष्ट्रारको कार्यालयबाट प्राप्त गरी हामीलाई उपलब्ध गराएको दस्तावेज अनुसार, २०१३ सेप्टेम्बर १२ मा सुमार्गीको विदेशस्थित कम्पनी एयरबेलको २० कित्ता शेयर १ करोड ५२ लाख युरो (करीब २ अर्ब रुपैया“) मा टेलियासोनेरा नर्वे नेपाल होल्डिङ्सले खरीद गरेको शेयर बाँडफाँड सम्बन्धी कागजमा उल्लेख छ । यसको ६ दिनपछि ४० कित्ता शेयर २ करोड ९ लाख युरो (३ अर्ब ९८ करोड रुपैया“) मा टेलियासोनेरा नर्वे नेपाल होल्डिङले नै पुनः खरीद ग¥यो । त्यसबेला एनसेलमा विभिन्न होल्डिङ कम्पनीहरूमार्फत टेलियासोनेरा नर्वे नेपाल होल्डिङले लगानी गरेको थियो ।

एयरबेलमा जस्तै एनसेल, सुमार्गी र जोधार इन्भेष्टमेन्ट कम्पनी पनि अन्तरसम्बन्धित छन् । आईसीआईजेको विवरण अनुसार, १२ मे २०१० मा ब्रिटिश भर्जिन आइल्यान्डस्को बिचौलिया ल फर्म ‘ट्राइडेन्ट ट्रष्ट’ ले जोधार इन्भेष्टमेन्ट कम्पनी दर्ता गरिदिएको थियो । जसका एक लगानीकर्ता हुन् सुमार्गीको कम्पनीमा काम गर्ने मुक्तिश्री प्रालिका डाइरेक्टर समेत रहेका अर्जुन शर्मा । २३ मे २०११ मा जोधार र सुमार्गीको नेपाल स्याटेलाइट टेलिकम प्रालिबीच भएको सम्झौताको एक विवरण अनुसार शर्मा जोधारका निर्देशक हुन् । शर्मा सुमार्गीकै मुक्तिश्री कम्पनीका डाइरेक्टर पनि हुन् । त्यही जोधार इन्भेष्टमेन्टबाट २६ पटकमा ४ करोड ८३ लाख ७२ हजार २२२ अमेरिकी डलर (४ अर्ब ८३ करोड ७२ लाख २२ हजार २१० रुपैया“) रकम सुमार्गीले विदेशी लगानीको अनुमति नलिई नेपाल भित्र्याएका छन् । यही जोधारले सन् २०११ र २०१२ मा दुई पटक क्रमशः ५१० र एक हजार कित्ता शेयर एनसेलमा कर छली गरेर भागेको टेलियासोनेरा एशिया होल्डिङ बिभीलाई बिक्री गरेको थियो । 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

जोधारले सन् २०१३ नोभेम्बर २२ मा एक हजार ६० कित्ता शेयर ब्रिटिश भर्जिन आइल्यान्डस्मा दर्ता भएको वल्र्ड वाइड इन्क्रेडिबललाई हस्तान्तरण गरेको छ । वल्र्ड वाइड सोही दिन सुमार्गीको नाममा दर्ता रहेको एयरबेल सर्भिसेजको पनि अंशियार भएको थियो । अर्थात् त्यसमा पनि सुमार्गी सम्बन्धित छन् । यी तीन कम्पनीसँग क्रस होल्डिङमार्फत जोडिएको टेलियासोनेराले नेपालको एनसेलमा लगानी गरी ८ वर्षपछि बाहिरिएको हो ।
कर छल्न र त्यसलाई शुद्धीकरण गर्न यस्ता विवादास्पदहरूले शक्तिकेन्द्रलाई कतिसम्म रिझाउँछन् भन्ने उदाहरण नेपालका लागि यही टेलियासोनेरा हो

यसले नेपालको कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकालाई सोझो घुमाउरो पारामा आफ्नो हितमा परिचालन गरेको छ । तत्कालीन (वर्तमान पनि) प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद पत्र नै पठाएको भेटिएको छ । सन् २०१५ मा प्रधानमन्त्री ओलीलाई लेखेको पत्रमा भनिएको छ, ‘‘लाभांश फिर्ता लैजाने विषयलाई सफल निष्कर्षमा पु¥याउन नेपालका आधिकारिक निकायहरूसँगको वार्तालाई हामी निरन्तरता दिने छौं । साथ र सहयोगको लागि धेरै आभारी छौं ।”

टेलियासोनेराले पूर्व प्रधानमन्त्रीहरू पुुष्पकमल दाहाल र शेरबहादुर देउवाबाट समेत साथ र सहयोग पाएको थियो । तत्कालीन प्रधानमन्त्री दाहालले २०७३ फागुनमा नेपालबाट बाहिरिसकेको टेलियासोनेरालाई करको दायित्व सुम्पेर एनसेललाई उन्मुक्ति दिने मनसाय मन्त्रिपरिषद् बैठकमा सुनाएका थिए । तर, कर छलीलाई सघाउ पुुग्ने भनेर तत्कालीन कार्यवाहक मुख्य सचिव रामप्रसाद आचार्य, अर्थ सचिव शान्तराज सुुवेदी र राजस्व सचिव राजन खनालले त्यसलाई माइन्यूट उठाउन नमानेपछि यो प्रयास सफल हुनसकेको थिएन । पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले कर छुट दिने पक्षमा देखिने कुनै काम गरेनन् तर, कर असुली गर्नमा पनि कुनै चासो देखाएका थिएनन् ।

महतो र श्रेष्ठको टेलियासोनेरा अन्तरसम्बन्ध
टेलियासोनेरासँग सुमार्गीको सम्बन्ध पुरानो हो भने गैरआवासीय नेपाली उपेन्द्र महतोको सम्बन्ध भने नयाँ हो । यसबारे थाहा पाउन ट्याक्स हेवन मुलुक साइप्रसमा लगानी भएको टिपोलोजिया कम्पनीबारे बुझ्न जरूरी छ । २५ मे २००७ मा दर्ता भएको टिपोलोजियाका लगानीकर्ता हुन महतो र ११ विदेशी नागरिक । ११ विदेशीमध्येका एक लगानीकर्ता हुन् रोमियो अब्दो । लेवनानी मूलका बेलारुसी नागरिक अब्दो १९९७ देखि बेलारुसमा व्यवसाय गर्छन् । अब्दो टेलियासोनेराले नेपालमा लगानी गरिरहेका बेला एनसेलको अध्यक्ष थिए ।

महतोको टेलियासोनेरासँगको सम्बन्ध स्थापित गर्न अब्दोको विषयमा खोजी गरियो । यिनै अब्दो र महतोबीचको साझेदारीमा बेलारुसमा स्पार्टली भेन्चर्स, ‘वेलारुसियन–नेप्लिज–काजकास्थान’ (बीएनके) ग्रुप लिमिटेड कम्पनी दर्ता भएको भेटियो । यिनै अब्दो टेलियासोनेराको तर्फबाट एनसेलका अध्यक्ष भएको बेला २३ जेठ २०६३ देखि १६ चैत २०६८ सम्म ऐनसेलको २० प्रतिशत लगानीकर्ता व्यक्ति हुन् महतो । उनले शुरूमा सिनर्जी नेपाल प्रालिमार्फत एनसेलमा लगानी गरे । पछि सिनर्जी नेपाल प्रालिबाट फेरि आफैंलाई एनसेलको २० प्रतिशत शेयर बिक्री गरे । १६ चैत २०६८ मा विदेशस्थित कम्पनीका आफ्नै साझेदार निरजगोविन्दलाई २० प्रतिशत शेयर बिक्री गरेर एनसेलबाट बाहिरिए । ठूला करदाता कार्यालयले सर्वोच्च अदालतमा पेश गरेको विवरण अनुसार, “सिनर्जीले उपेन्द्रलाई र उपेन्द्रले निरजगोविन्दलाई बिक्री गर्दा करीब ३ अर्ब राजस्व छली भएको छ ।” 

एनसेल बिक्री प्रकरणमा कर छलीमा जोडिएका अर्का नेपाली व्यक्ति हुन् निरजगोविन्द श्रेष्ठ । महतो र अब्दो लगानीकर्ता रहेको ‘वेलारुसियन–नेप्लिज–काजकास्थान’ (बीएनके) ग्रुपका एक लगानीकर्ता हुन् श्रेष्ठ । टेलियासोनेराले एनसेल बिक्री गर्दा २० प्रतिशत शेयरका हिस्सेदार थिए उनी । एनसेलको ८० प्रतिशत शेयर टेलियासोनेराले मलेशियाको आजियटालाई बिक्री गर्दा श्रेष्ठले पनि आफ्नो २० प्रतिशत शेयर नेपाली नागरिक भावना सिंह श्रेष्ठलाई बिक्री गरेका थिए । यो बिक्री प्रकरणमा श्रेष्ठले समेत करीब ११ अर्ब रुपैयाँ कर छली गरेको भन्दै ठूला करदाता कार्यालयले कर निर्धारण गरिसकेको छ । त्यस विरुद्ध उनी २०७४ असोजमा सर्वोच्च अदालत गए, अदालतले ‘तत्काल कर असुल नगर्नु÷नगराउनु’ भन्ने अन्तरिम आदेश दिएकाले कर असुली प्रक्रिया अहिले अवरुद्ध छ ।
निरजगोविन्द श्रेष्ठको विदेशमा दर्जन भन्दा बढी कम्पनीमा लगानी छ ।

गैरआवासीय नेपाली भएका नाताले उनले विदेशमा लगानी गर्न पाउँछन् तर पनि ट्याक्स हेवन मुलुकमा लगानी गरेको देखिएकोले उनको लगानीको स्रोतमाथि प्रश्न गर्ने ठाउँ चाहिं छ । उनका बारेमा २०१८, जूनमा बेलारुसका एक जना खोज पत्रकारले गरेको अनुसन्धान अनुसार, श्रेष्ठ ट्याक्स हेवनको लगानीमा मुछिएका व्यक्ति हुन् । बीएनकेसँग साझेदार रहेका अब्दोका भाइ मिशेल अब्दोसँगको साझेदारीमा श्रेष्ठले ट्याक्स हेवन मुलुक ब्रिटिश भर्जिन आइल्यान्डस्मा नोस्टल बिजनेश कर्व कम्पनी दर्ता गरेका छन् ।

टेलियासोनेराको तर्फबाट एनसेलमा कुनै बेला अध्यक्ष भएका अब्दोबारे जानकारी लिन हामीले आईसीआईजेमार्फत बेलारुसका खोज पत्रकार स्टास इभाश केविचसँग साझेदारी ग¥यौं । केविचका अनुसार, अब्दो परिवार बेलारुसमा प्रभावशाली व्यावसायिक घराना मानिन्छ । उनका अनुसार, अब्दोकी श्रीमती मारिया आर्ट ग्यालरीकी मालिक हुन् । जसको नामबाट सुमार्गीको कम्पनीमा प्रत्यक्ष वैदेशिक लगानी भनेर रकम जम्मा गरेकी थिइन् । (विस्तृत विवरण तल)

निरज : ट्याक्स हेवनहुँदै भारत र नेपालसम्म
गैरआवासीय नेपाली निरजगोविन्द श्रेष्ठसहितको लगानी रहेको नोस्टल बिजनेश कर्वले बेलारुसस्थित सेत्को इन्टरनेशनल कम्पनीमा विदेशी लगानी भित्र्याएको थियो । बेलारुसका खोज पत्रकारका अनुसार, बेलारुसमा मापदण्ड विपरीत हाउजिङ निर्माण गरेर लिलामीमा परेको स्थानमा अर्को भवन निर्माणको जिम्मेवारी सेत्को इन्टरनेशनल कम्पनीले पाइसकेको छ ।

तिनै निरजगोविन्द श्रेष्ठ, उपेन्द्र महतो, उनका भाइ पूर्व सांसद् वीरेन्द्र महतो र रोमियो अब्दो बेलारुसको एम्कोडोर होल्डिङ कम्पनीका सञ्चालक हुन्। ती निरजगोविन्दसहित भारतीय नागरिक अमित झा, हिरण्यप्रकाश धर र बेलारुसी नागरिक इगोर सुुब्बो तीन जनाको नाममा भारतमा एम्कोडोर इन्डिया जेभी प्रालि कम्पनी पनि छ । यही नाममा नेपाली नागरिकको लगानीमा भारतमा अर्को कम्पनी पनि दर्ता छ । एम्कोडोर अर्थ मुभिङ इक्वीपमेन्ट इन्डिया प्रालिमा काठमाडौं, महाराजगञ्ज ठेगाना लेखिएका योगेशलाल श्रेष्ठ र मेनुका श्रेष्ठको लगानी छ । निरज र यी दुुईबीचको नाता भने खुल्न सकेन । उल्लिखित दुुई एम्कोडोरमध्ये एक कम्पनीले बेलारुसको एम्कोडोरलाई ‘इक्वीपमेन्ट’ सप्लाइको काम गर्छ । निरजगोविन्द श्रेष्ठको नाममा लन्डनमा पनि ‘युमि नेपाल अर्थक्वेक अपिल’ नामको कम्पनी दर्ता छ । निरजगोविन्द श्रेष्ठलाई सम्पर्क गर्ने हाम्रो प्रयास सफल हुन सकेन ।

महतोका आधा दर्जन कम्पनी 
गैरआवासीय नेपाली (एनआरएन) उपेन्द्र महतोको लगानी ट्याक्स हेवन मुलुकहरूमा रहेको आईसीआईजेले सार्वजनिक गरेको थियो । यसबारेमा आईसीआईजेले खोज पत्रकारिता केन्द्रलाई थप विवरण उपलब्ध गराएको छ । उपलब्ध विवरण अनुसार, महतो बिचौलिया ल फर्म मोसेक फोन्सेकाले ब्रिटिश भर्जिन आइल्यान्डस्मा दर्ता गराइदिएका पंकुर फाइनान्स लिमिटेड, स्पार्टली भेन्चरस लिमिटेड र न्यू फाउन्ड स्ट्राटेजिज् कम्पनीका लगानीकर्ता हुन् । 

पंकुर र स्पार्टली भेन्चर दुवै कम्पनी सन् २००८ जुलाई १६ मा दर्ता भएका हुन् । यी दुवै कम्पनीका अन्य दुुई लगानीकर्तामा फर्मिया र प्रिमि लिमिटेड कम्पनी हुन्, जो ९६ हजार जनसंख्या रहेको अफ्रिकन ट्याक्स हेवन मुलुक सेसल्समा दर्ता छ । सेसल्समा दर्ता भएका यी दुवै कम्पनीका बारेमा अरू जानकारी पाउन सकिएन । पंकुर कम्पनीमा अमितकुमार शाह नाम गरेका व्यक्ति पनि छन् । तर उनी नेपाली वा भारतीय के हुन् खुल्न सकेन । ट्याक्स हेवन मुलुक बेलारुससँग महतोको सम्बन्ध नेपाल देशसँग पनि जोडिन आउँछ । महतो पहिले र हाल सुमार्गी बेलारुसका वाणिज्य दूत हुन् ।

सुमार्गीकोमा लगानी
आफू र निकटस्थ उपेन्द्र महतो र अर्जुन शर्मा, निरजगोविन्दको नाममा विदेशमा खोलिएका कम्पनीहरूबाटै व्यापारी अजेयराज सुमार्गीको नेपालस्थित कम्पनीहरूमा विदेशी लगानी ल्याइएको देखिन्छ । यसबारे थप पुष्टि गर्न पनामा पेपर्स लिक्समा काम गर्ने फ्रान्सका खोज पत्रकार म्याक्सिम भाउडानोसँग खोज पत्रकारिता केन्द्रको सहकार्य शुरू भयो । उनीसँग हामीले सुमार्गीको कम्पनीमा काम गर्ने शर्माले लगानी गरेको जोधार इन्भेष्टमेन्ट कम्पनीको विस्तृत विवरण खोजी गरिदिन अनुरोध ग¥यौं । उनले एउटा फारम पठाउँदै ब्रिटिश भर्जिन आइल्यान्डस्को वित्तीय सेवा सम्बन्धी नियमन गर्ने निकाय ‘फाइनान्सियल सर्भिसेज कमिसन’ सँग विवरण माग गर्न सुझाए । 

उनको सुझाव अनुसार हामीलाई चाहिएको विवरण भरेर उक्त संस्थालाई फारम पठायांै । उसले जोधार इन्भेष्टमेन्टका बारेमा पठाएको विवरण अनुसार बिचौलिया ल फर्म ‘ट्राइडेन्ट ट्रष्ट कम्पनी’ ले जोधार इन्भेष्टमेन्ट कम्पनी दर्ता गरिदिएको रहेछ । जसको एक जना निर्देशक शर्मा भए पनि कम्पनीका अरू शेयर सदस्यहरू को को हुन् भन्ने पुष्टि हुन सकेन । जुन जोधार इन्भेष्टमेन्ट कम्पनीबाट सुमार्गीका नेपालस्थित कम्पनीहरूमा ४ करोड ८३ लाख ७२ हजार २२२ अमेरिकी डलर (४ अर्ब ८३ करोड ७२ लाख २२ हजार २१० रुपैया“) भित्रिएको छ । 

सुमार्गीले साइप्रसको टिपोलोजियाबाट पनि वैदेशिक लगानी ल्याएका छन् । जसको लगानीकर्ता हुन् उपेन्द्र महतो, रोमियो अब्दो र अन्य १० विदेशी । साइप्रसको टिपोलोजिया ब्रिटिश भर्जिन आइल्यान्डस्का धेरै वटा कम्पनीहरूसँग सम्बन्धित देखिन्छ । सुमार्गीले उल्लिखित यी तीन एयरबेल, जोधार र टिपोलोजियो कम्पनीबाट नेपालमा विदेशी लगानी भन्दै रकम ल्याएका हुन् । एयरबेलबाट सन् २००८ देखि २०१३ सम्ममा उनले ९ पटक गरेर ६ करोड ३१ लाख ८५ हजार ५३३ अमेरिकी डलर (६ अर्ब ३१ करोड ८५ लाख ५३ हजार ३५५ रुपैया“) रकम आफ्ना विभिन्न कम्पनीमा भित्र्याएका छन् । टिपोलोजिया कम्पनीले पनि १६ लाख ७१ हजार ९१ अमेरिकी डलर (१८ करोड ८० लाख रुपैयाँ) लगानी ल्याइसकेको छ ।

सुमार्गीले ब्रिटिश भर्जिन आइल्यान्डस्मा निरजगोविन्द र रोमियो अब्दोका भाइ मिशेल अब्दोको कम्पनीबाट समेत विदेशी लगानी भनेर नेपाल पैसा ल्याएका छन् । रोमियोको भाइ मिशेल र निरजको नाममा ट्याक्स हेवन मुलुक ब्रिटिश भर्जिन आइल्यान्डस्मा नोस्टल बिजनेश कर्व कम्पनी दर्ता छ । नोस्टल बिजनेश कर्व कम्पनीले विदेशी लगानीको अनुमति नै नलिई सुमार्गीको मुक्तिश्री सिमेन्ट इन्डष्ट्रिजको नेपाल इन्भेष्टमेन्ट बैंकको ००१०१०१०२९९५९६ खातामा १८ लाख ९९ हजार ८८८ अमेरिकी डलर (हालको विनिमय दर अनुसार २१ करोड ८ लाख ८७ हजार ५६८ नेपाली रुपैयाँ) नेपाल भित्र्याएको छ ।

महतो र श्रेष्ठसँग अन्तरसम्बन्धित व्यक्तिबाट सुमार्गीले अनुमति समेत नलिई विदेशी लगानी भित्र्याएको अर्को तथ्य पनि छ । नेपालीद्वय श्रेष्ठ र महतोसँगका साझेदार रोमियो अब्दोकी श्रीमती मारिया अब्दो हुन् । सन् २०११ मा नबिल बैंकको ०२०१०१७५०११५० खातामा मुक्तिश्री प्रालिका लागि मारिया अब्दोले २ लाख ४९ हजार ९६८ अमेरिकी डलर (२ करोड ७७ लाख ४६ हजार ४४८ नेपाली रुपैयाँ) जम्मा गरेकी थिइन् ।

सुमार्गी र उनको कम्पनीमा काम गर्ने शर्माले भने विदेशमा लगानी गरेर एउटा कानूनको मात्रै उल्लंघन गरेनन्, नेपालका सरकारी निकायसँग अनुमति नलिई विदेशी लगानीको नाममा एयरबेलबाट रकम समेत भित्र्याए । गैरकानूनी रूपमा विदेशमा कम्पनी खोल्ने, त्यसैबाट अनुमति नै नलिई नेपाल भित्र्याउने काम अवैध सम्पत्ति बैध बनाउने अर्थात् कानूनी भाषामा सम्पत्ति शुद्धीकरणको अपराध मानिन्छ । यसबाट नेपालको गैर कानूनी आर्जन, विदेशमा पु¥याउने, विदेशमा कम्पनी खोल्ने त्यसमा राख्ने, पछि त्यसैलाई विदेशी लगानी भनेर नेपाल भित्र्याउने चक्र कसरी चलिरहेको छ भन्ने यसबाट पुष्टि हुन्छ ।   

यसबारेमा महतोले प्रतिक्रिया दिन चाहेनन् । जोधार, एयरबेल, टेलियासोनेरा जस्ता कम्पनीमा महतो आवद्ध भएको र तिनै कम्पनीबाट सुमार्गीले नेपालमा रकम ल्याएको बारेमा प्रश्न गर्ने वित्तिकै महतोले भने, “मलाई केही जानकारी छैन । मेरो कुनै प्रतिक्रिया छैन ।”

तर, तीन कम्पनीसहित सबै गरेर सुमार्गीले अहिलेसम्म करीब १२ करोड अमेरिकी डलर नेपाल भित्र्याइसकेका छन् । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गरेको प्रारम्भिक अध्ययन प्रतिवेदनले यसलाई ‘अवैध’ भनेर विस्तृत अनुसन्धान गरिरहेको छ । स्रोत नखुलेको भनेर राष्ट्र बैंकले रोक्का राखिदिएको सुमार्गीको रकम २०७४ माघमा न्यायाधीश तेजबहादुर केसी र १० पुस २०७५ मा न्यायाधीश दीपकराज जोशीको इजलासले अन्तरिम आदेश जारी गर्दै फुकुवा गरिदिएको छ । महालेखा परीक्षकको ५४औं प्रतिवेदन अनुसार, दुई पटक गरेर सुमार्गीले ९५ करोड ५० लाख र ४५ करोड ३८ लाख रुपैयाँ कर छली गरेका छन् । महालेखाको सो प्रतिवेदन अनुसार, उनले नेपाल र विदेशमा रहेका कम्पनीहरूबीच शेयर बिक्री गर्ने नाममा कुल १ अर्ब ४० करोड ८८ लाख रुपैयाँ कर छली गरेका छन् ।  

“हामीले प्रारम्भिक प्रतिवेदनमा एक कम्पनी भनेर विवरण लेखेका छौं । त्यो कम्पनी व्यापारी अजेयराज सुमार्गीको हो” प्रतिवेदन तयार गर्ने तत्कालीन पूर्व कार्यवाहक महालेखा परीक्षक सुकदेव खत्रीले भने, “उनले यहाँको र विदेशी कम्पनीको शेयर बिक्री गर्दा न्यून मूल्यांकन गरी कर छली गरेका हुन् ।” 

कतिपयलाई लाग्छ जस्तो भए पनि नेपालमा लगानी भित्रिनु सकारात्मक कुरा हो । तर, यस्तो लगानीलाई सकारात्मक मान्नु नहुने धेरै आधार पेश गर्छन् राष्ट्र बैंकमा स्रोतमाथि निगरानी र सम्पत्ति शुद्धीकरण सम्बन्धी काम गर्ने वित्तीय जानकारी इकाइको प्रमुख भएर पाँच वर्ष काम गरेका धर्मराज सापकोटा ।

“यो कुरालाई म दूधमा हुने मिसावटसँग तुलना गर्छु । दूधमा पानीसम्म मिसायो भने ठीकै होला, तर डिजेल मिसायो भने खानयोग्य हुँदैन” राष्ट्र बैंकका पूर्व निर्देशक तथा सम्पत्ति शुद्धीकरण मामिला विज्ञ सापकोटाले भने, “गैरकानूनी तवरबाट कमाइएको रकम देशको अर्थतन्त्रमा परिचालन भयो भने, गैरकानूनी क्रियाकलापबाट कमाउनेहरू बलियो हुँदै जान्छन् । राज्य निरीह हुँदै जान्छ ।” 

के हो मोसेक फोन्सेका ?
नेपालका व्यापारीहरूको कम्पनी दर्ता गरिदिने मोसेक फोन्सेका एक बिचौलिया कम्पनी हो । आईसीआईजेका अनुसार, अवैध धन आर्जन गर्नेहरूको रकमलाई शुद्धीकरणको उपाय र त्यसका लागि कानूनी छिद्र पहिल्याएर मध्यस्थता गर्ने काम यसले गर्छ । ब्रिटिश भर्जिन आइल्यान्डस् मुख्य कार्यालय रहेको यो कम्पनीका प्रमुख शाखा कार्यालय पाँच देशमा छन् । कर नै नलाग्ने वा लागे पनि न्यून कर लाग्ने देशहरू बाहामास, ब्रिटिश एंगुुइला, पनामा, अमेरिकाको सामोआ, सेसल्समा यसका शाखा कार्यालयहरू छन् । युरोप, ल्याटिन अमेरिका र एशिया महादेशका दुुई दर्जन भन्दा बढी मुलुकमा उसका प्रतिनिधि र सम्पर्क कार्यालयहरू रहेको खुलेको छ । अन्तर्राष्ट्रिय ‘मनी पार्किङ’ का लागि ब्रिटिश भर्जिन आइल्यान्डस्मा कम्पनी दर्ता गरिदिने १३१ फर्महरूमध्ये मोसेक फोन्सेका एक हो । 

सन् २०१५ मा यसै कम्पनीका विवरणहरूलाई आईसीआईजेले ‘पनामा लिक्स’ भनेर सार्वजनिक गरेको थियो । त्यसपछि यो बिचौलिया कम्पनी विश्वभर विवादित बन्यो । “यसले आफ्ना सबै कार्यालय र क्रियाकलाप बन्द गर्ने घोषणा गरेको छ” बेलायती पत्रिका गार्डियन ले एक समाचार टिप्पणीमा भनेको छ । फोन्सेकाका निर्देशकहरूले आफ्नो कम्पनीको प्रतिष्ठामा आँच आएको भन्दै कम्पनी बन्दको घोषणा गरेको गार्डियन ले छापेको छ ।

मोसेकासँग नेपाली कम्पनीको साँठगाँठ
मोसेका फोन्सेकासँग नेपाली कम्पनीहरूले समेत कारोबार गरेका छन् । एउटा कम्पनी त अदालतसम्म पुगेको छ । २३ जुलाई २००८ मा नेपालको सर्वोच्च अदालतले कानूनी र न्यायिक सुधार सम्बन्धी आयोजनाका लागि अन्तर्राष्ट्रिय परामर्शदाताको टेण्डर आह्वान गरेको थियो । नेपालको ‘मिलाप ग्रुप’ नामक संस्थाले मोसेका फोन्सेकालार्ई अदालतको उक्त काम संयुक्त रूपमा गर्न प्रस्ताव गर्दै एक इमेल लेखेको थियो । ‘पारस्परिक स्वीकार्य व्यवस्थाअन्तर्गत हामी तपाईंको संगठनसँग फर्मको रूपमा काम गर्न इच्छुक छौं’ मिलापले फोन्सेकालाई लेखेको इमेलमा उल्लेख छ । 

आईसीआईजेका अनुसार, यी दुुई संस्थाबीचको इमेल आदानप्रदानमा मोसेक फोन्सेकाका प्रतिनिधि म्यानवेला फोगेटीले उक्त प्रस्तावमा खासै चासो नभएको लेखेका छन् । उनले ‘भविष्यमा आवश्यक परे सहकार्य गर्न सकिने’ जवाफ इमेलमा पठाएका थिए । व्यापार रणनीति परामर्शदाता दाबी गर्ने मिलाप ग्रुपले आफ्नो वेबसाइटमा सार्वजनिक गरेको दस्तावेजहरूलाई केलाउँदा नेपालका ठूला र संवेदनशील प्रकृतिका क्षेत्रमा काम गरेको देखियो । खासगरी उसले विदेशी कम्पनीहरूसँग नेपालको सरकारी टेन्डर प्रक्रियामा बिचौलियाको रूपमा काम गरेको देखिन्छ । विगतमा उसले आन्तरिक राजस्व विभागका लागि अन्तःशुल्क स्टिकर, राष्ट्र बैंकका लागि नोट र परराष्ट्र मन्त्रालयका लागि पासपोर्ट छपाइ तथा आपूर्ति गर्न तीन विदेशी कम्पनीहरूसँग मध्यस्थता गरेको भेटियो ।

बिचौलिया कम्पनी फोन्सेकासँग जोडिन आउने अर्को एक कम्पनी हो ब्रिटिश भर्जिन आइल्यान्डस्मा दर्ता भएको नेपाल भेन्चर्स । मोसेक फोन्सेकाले यो कम्पनी दर्ता गराइदिएको हो । ब्रिटिश भर्जिन आइल्यान्डस्मा यो कम्पनी कसको नाममा दर्ता छ भन्ने विवरण खुल्न सकेन । तर, नेपालमा पनि यही नामको कम्पनी भने दर्ता रहेको कम्पनी रजिष्ट्रारको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार नेपालमा दर्ता रहेको यो कम्पनीको प्रमुख लगानीकर्ता हुन् धनुुषा स्थायी ठेगाना भएकी नेकपाकी समानुपातिक सांसद् जुलीकुमारी महतो । अन्य लगानीकर्ताहरू पनि धनुषाका रामप्रताप पंजियार, इन्दु कार्की र काठमाडौंका विशाल अग्रवाल, अजुुज अग्रवाल, राजेशकुमार अग्रवाल, गोविन्दलाल संघाई र सुरेशकुमार अग्रवाल हुन् । जुन कम्पनीले यहाँको दूरसञ्चार कम्पनी युुनाइटेड टेलिकम लिमिटेड (युटीएल) मा २० प्रतिशत लगानी गरेको छ ।

नेपाल भेन्चरको प्रमुख लगानीकर्ता जुली महतो हाल भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठकी श्रीमती हुन् । जुली उपेन्द्र महतो र पूर्व सांसद् वीरेन्द्र महतोकी बहिनी पनि हुन् । ब्रिटिश भर्जिन आइल्यान्डस्मा दर्ता रहेको कम्पनीको पुष्टि गर्न नसके पनि एकै प्रकृतिको नामको कम्पनी यहाँ पनि दर्ता हुनुु, उनका नातेदारको नाममा मोसेका फोन्सेकाले कम्पनी दर्ता गराइदिनुले ब्रिटिश भर्जिन आइल्यान्डस्को सो कम्पनीमा जुलीको  शंकास्पद लगानी रहेको आशंका गर्न सकिन्छ । तर ब्रिटिश भर्जिन आइल्यान्डस्मा आफ्नै नामको कम्पनी हुनु संयोग मात्र रहेको जुलीकुमारी महतोको भनाइ छ । “मेरो नाममा नेपाल भेन्चर नामको कम्पनी ब्रिटिश भर्जिन आइल्यान्डस्मा दर्ता भएको होइन । तर नेपालमा यही नामको कम्पनीमा मेरो लगानी छ” जुलीले भनिन्, “विदेशमा मेरो कुनै पनि कम्पनीमा लगानी छैन।”

- खोज पत्रकारिता केन्द्रबाट 

यो सिरिजका स्टोरीहरु :  

यस्तो छ स्विस बैंकको शंकास्पद धनको नेपाल ‘कनेक्सन’

उपेन्द्र महतो, अजेय सुमार्गी, चन्द्र ढकालदेखि शशिकान्त अग्रवालसम्मले लुकाए विदेशमा पैसा

‘ट्याक्स हेवन’ को नेपाल नाता

प्रत्यक्ष वैदेशिक लगानी : नेपाल पैसा भित्र्याउने चक्रको खुलासा

नेपालमा यसरी भित्रिन्छ वैदेशिक लगानीका नाममा गैरकानुनी रुपमा आर्जित सम्पत्ति 

प्रकाशित मिति: बुधबार, माघ २, २०७५  १९:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत
सम्बन्धित सामग्री
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
`सेटिङ´ दाबी गर्ने मल्ल पक्राउ, अडियोमा जोडिएका चौधरी किन पक्राउ परेनन्? मल्ल पक्राउ पर्नुअघि सार्वजनिक भएको एउटा अडियोले उनको नाम फेरि चर्चामा ल्याएको थियो। केही दिनअघि जनआस्थाले सार्वजनिक गरेको उक्त अडिय... सोमबार, असोज १२, २०८३
गरिमा चौधरी हत्याको अनुसन्धानमा कुनै कसर बाँकी राखेको छैन : नेपाल प्रहरी गरिमालाई न्याय दिलाउनुपर्ने माग गर्दै विभिन्न आन्दोलनहरु भइरहेको सन्दर्भमा प्रहरीले अनुसन्धानमा कुनै कसर बाँकी नराखेको जनाएको हो । शनिबार, भदौ ६, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्