• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

EXCLUSIVE : यस्तो छ स्विस बैंकको शंकास्पद धनको नेपाल ‘कनेक्सन’

64x64
नेपाल लाइभ बुधबार, माघ २, २०७५  १९:२०
1140x725

काठमाडौं- २७ माघ २०७१ मा नेपालमा सनसनी भएकोसमाचार हो– ‘स्विस बैंकमा नेपालीको साढे ५ अर्ब’ रुपैयाँ। खोज पत्रकारहरूको अन्तर्राष्ट्रिय संयन्त्र ‘दी इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नालिष्टस्’ (आईसीआईजे)ले त्यसबेला स्विस बैंकमा पैसा राख्ने त्यस्ता नेपालीको नाम उल्लेख नगरी रकम मात्रै सार्वजनिक गरेको थियो।

यो रहस्यमय सम्पत्ति कसको होला भन्ने बारेमा आ–आफ्ना अड्कलबाजीहरू थिए। धेरैलाई ‘राजनीतिक नेतृत्वले लुकाएको अवैध धन’ हुनुपर्छ भन्ने लागेको थियो। आईसीआईजेले ‘स्विस लिक्स’, ‘अफसोर लिक्स’, ‘पनामा पेपर्स’ र ‘प्याराडाइज पेपर्स’ मा अध्ययन गरेका करिब दुई करोड ८० लाख कागजातमध्ये नेपाल नाम जोडिएका तीन हजार कागजात हामीले अध्ययन गर्यौं।

यसमा आईसीआईजेबाट प्राप्त, त्यसका आधारमा गरिएका थप अनुसन्धान, विभिन्न मुलुकका कम्पनी रजिष्ट्रारको कार्यालयका विवरणहरू, विदेशस्थित खोज पत्रकारहरूले उपलब्ध गराएका तथ्यहरू र इमेल पत्राचारबाट संकलन गरिएको सूचनाहरू समावेश छन्।

इन्टरनेटमा आधारित थप अनुसन्धानले हामीलाई नयाँ दस्तावेजहरू प्राप्त गर्न र प्राप्त दस्तावेजहरू केलाउन सजिलो बनायो। तीमध्ये ‘स्विस लिक्स’ सँग सम्बन्धित कागजातले केही नेपाली नागरिक र केहीचाहिँ नेपाली कागजातर ठेगाना प्रयोग गरेर विदेशीले पनि स्विस बैंकमा रकम जम्मा गरेको भेटियो। यो स्टोरी त्यसैको सार हो।

७ अर्बबाट ५२ अर्ब
आईसीआईजेले २०७१ सालमासन् २००६/०७ को विवरणमात्रै सार्वजनिक गरेको थियो। तर, त्यसपछि पनि स्विस बैंकमा नेपालीको सम्पत्ति बढेको बढ्यैछ। सन् २०१७ मा स्विस बैंकले नै सार्वजनिक गरेको विवरण अनुसार, अहिलेसम्म त्यहाँ नेपालीले राख्ने र झिक्ने गरेको रकम आधा खर्ब रुपैयाँ नाघिसकेको छ।

सन् २०१७ मा स्विस बैंकले आफ्नो बैंकमा नेपालीहरूको बचत रहेको विवरण वेबसाइटमा सार्वजनिक गरेपछि खोज पत्रकारिता केन्द्रले स्विस बैंकलाई इमेल लेख्यो।‘तपाईंहरूले राखेको विवरणमा नेपालीको बचत कति हो भन्नेबारेमा हामी स्पष्ट हुन सकेनौँ। कुन शीर्षकको रकम नेपालीको बचत हो?’ भन्नेलगायतका विषयमा स्विस बैंकसँग पाँच पटक इमेलमा कुराकानी भयो।

स्विट्जरल्यान्ड,ज्यूरिकको स्विस नेशनल बैंकका तथ्यांक अर्थशास्त्री दिमित्रि लेन्जिनले आफ्नो अन्तिम इमेलमा प्रष्ट्याए, कि बैंकले नेपाल देशअन्तर्गत सार्वजनिक गरेका विवरणहरू मध्ये‘एमाउन्टस डियू इन रेस्पेक्ट अफ कस्टुमर डिपोजिट’(लिंक)शीर्षकमा रहेको रकम नेपालीको हो। २० जुलाई २०१८ को इमेलमा उनले थपे, ‘यो प्रत्येक वर्ष छुट्टाछुट्टै जम्मा भएको रकम हो।’ उसले सुुझाए अनुसारको रकमको योगफल निकाल्दा नेपालीले ४६ करोड ८ लाख २१ हजार स्विसफ्र्यांक (हालको विनिमय दर अनुसार– ५२ अर्ब ७ करोड २७ लाख ७३ हजार रुपैयाँ) बचत गरेको देखिन्छ।

यस बापत उनीहरूले६९ लाख ७४ हजार स्विस फ्र्यांक (७७ करोड ४१ लाख १४ हजार रुपैयाँ)ब्याज समेत पाइसके।‘यो कति जना नेपालीको बचत हो?’ अर्को इमेलमा हामीले प्रश्न गर्‍यौँ। जवाफमा उनले लेखे, ‘हामी बचतकर्ताको संख्या सार्वजनिक गर्न सक्दैनौँ।’

Ncell 2
Ncell 2
nimb
nimb

रोचक कुरा के छ भने नेपालमा द्वन्द्व सुरू भएकै वर्ष सन् १९९६ अर्थात् २०५२ सालदेखि नेपालीले स्विस बैंकमा रकम जम्मा गर्न थालेको देखिन्छ। स्विस नेशनल बैंकले २०१७मा सार्वजनिक गरेको विवरण अनुसार,पहिलो वर्ष१ करोड १० लाख ४२ हजार स्विसफ्र्यांक अर्थात्१ अर्ब २४ करोड ७७ लाख ४६ हजार रुपैयाँबचत गरेको देखिन्छ। द्वन्द्वकालको १० वर्षे अवधिमा २४ करोड २ लाख ७२ हजार स्विसफ्र्यांक (२७ अर्ब १५ करोड ७ लाख ३६ हजाररुपैयाँ) नेपालीले स्विस बैंकमा रकम जम्मा गरेका छन्।

द्वन्द्व सकिएपछिका दुुई वर्षमा सबैभन्दा बढी रकम बचत भएको छ।सन् २००६ अर्थात्२०६३ सालमा मात्रै ३ करोड ६७ लाख २७ हजार स्विसफ्र्यांक (४ अर्ब १५ करोड १ लाख ५१ हजार रुपैयाँ) बचत गरेका छन्। सन् २००७ मा ३ करोड ४५ लाख १० स्विसफ्र्यांक (३ अर्ब ८९ करोड ९६ लाख ३० हजार रुपैयाँ) बचत गरेका छन्।

कुल बचतबाट अहिलेसम्म १३ करोड ८९ लाख ३७ हजार स्विसफ्र्यांक अर्थात करिब १५ अर्ब ५८ करोड ६८ लाख ८१ हजार रुपैयाँ खाताबाट निकालेको देखिन्छ। अहिले पनि नेपालीको३५ अर्ब ८४ करोड रुपैयाँस्विस बैंकमा छ। कानुन छलेर देशभित्र र बाहिर राखेको सम्पत्तिको अध्ययन गर्न नेपाल सरकारले सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग गठन गरेको १२ वर्ष भइसकेको छ। तर स्विस बैंकमा पैसा पुर्‍याउने क्रम रोकिएको छैन।

विभाग गठन भएको २०६४ देखि २०७४ सालको अवधिमा मात्रै २२ करोड ५ लाख ४९ हजारस्विसफ्र्यांक(२४ अर्ब ९२ करोड २ लाख ३७ हजार रुपैयाँ) नेपाली बचतकर्ताले स्विस बैंकमा पुर्‍याएका छन्। अहिले सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहत लगेर राखिएको छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यति गम्भीर मामिलामा यो निकायले कुनै सक्रियता देखाएको सार्वजनिक जानकारीमा छैन।

विभागका प्रवक्ता विनोद लामिछाने अन्तरदेशीय सूचना संकलनमा कानूनी समस्या रहेको बताउँछन्। 'यहाँ बसेर ज्योतिषीले चिना हेरेझैं पत्ता लाग्दैन। अन्य देशहरूसँग सूचना लिन नेपाल सरकारले पारस्परिक सूचना आदान–प्रदान सम्बन्धी सम्झौता गर्नुपर्ने हुन्छ। अहिलेसम्म त्यस्तो सम्झौता भइनसकेकाले अध्ययनमा कठिनाइ छ।'

तर, विज्ञहरूका भनाइमा विभागले काम गर्न नसक्नुमा संरचनागत कारण पनि जिम्मेवार छ। “यो विभागलाई अर्थ मन्त्रालय वा प्रधानमन्त्री कार्यालय मातहतमा राख्नै हुँदैनथ्यो” राष्ट्र बैंकमा स्रोतमाथि निगरानी र सम्पत्ति शुद्धीकरण सम्बन्धी काम गर्ने वित्तीय जानकारी इकाइ प्रमुख भएर पाँच वर्ष काम गरेका धर्मराज सापकोटा भन्छन्, “विभाग गठन गर्दा छुट्टै स्वायत्त संस्था बनाउन धेरै प्रयास गरियो, भएन। यो त्यसैको परिणाम हो।”

मिनु शाह/मिनु छिब्बर
अहिले लन्डनमा बस्दै आएकी नेपाली नागरिक मिनु र उनका दुुई छोराहरूको नाममा सबैभन्दा बढी रकम स्विस बैंकमा जम्मा छ। हाम्रो अनुसन्धानले के देखाएको छ भने–बानेश्वरस्थित गंगादेवी टोलमा घर ठेगाना उल्लेख गरेर स्विस बैंकमा पैसा जम्मा गर्ने मिनु शाह विवाह पछि मिनु शाह छिब्बर भएकी हुन्। उनको अर्कोठेगाना चाहिं ललितपुरको कुपण्डोल हो ।कुपण्डोलस्थित छिब्बर निवासमा भेटिएका शाहका सहयोगीले भने, “महारानी मिनु बेलायत जानु भा’छ। चैतमा आउनुहुन्छ ।”

बेलायतमा बसोबास गर्नेनेपाल आउजाउ गरिरहने मिनुले भारतीय नागरिक सिर्वतेरा प्रकाश (एसपी) छिब्बरसँग विवाह गरेकी छिन्। कागजातहरूले एसपी छिब्बरको सन् २००३ मा मृत्यु भएको देखाउँछन्। भारतीय अदालतमा परेको एउटा मुद्दा केलाउँदै जाँदा भेटिएका केही कागजातबाट एसपीछिब्बरकी जेठी श्रीमती पनि छन् भन्ने देखिन्छ ।मिनुतर्फ दुुई छोरा पर्वेश छिब्बर र महेश छिब्बर छन्।

मिनु र उनकादुवै छोराको नेपाली राहदानी छ। सन् २००६÷०७ मा ७८ लाख ५० हजार ९९१ का दरले दुुई छोरा र मिनुले २ करोड ३५ लाख ५२ हजार ९७३ अमेरिकी डलर (२ अर्ब ६१ करोड ४३ लाख ८० हजार रुपैयाँ) स्विस बैंकमा जम्मा गरेका छन् ।जेठो छोरापर्वेशको भारतमा आडवानी होटल एन्ड रिसोर्ट र बेलायतमा आधादर्जन कम्पनीहरूमापनि लगानी छ। लन्डनको बर्लिङटन आर्केडमा बस्दै आएका कान्छो छोरा महेशको पनि लन्डनमै चारवटा कम्पनीमा लगानीरहेको देखिन्छ।

हामीले बेलायतमा व्यवसाय गरिरहेका मिनुका छोरा पर्वेश छिब्बरसँग स्विस बैंकको बचत बारे सोधेका थियौं। उनले भने, “मलाई यसबारेमा कुनै जानकारी छैन, मेरो आमासँग कुरा गर्नुस् ।” मिनुसँग सम्पर्क गर्ने हाम्रो प्रयास सफल हुन सकेन।

मिनु र उनका छोराहरूका कतिपय आर्थिक क्रियाकलापहरूशंकास्पद देखिन्छन्। छिब्बर परिवारको भारतको अदालतमा मुद्दा परेको छ भन्ने आईसीआईजेको कागजातबाट देखेपछि एकजना भारतीय पत्रकारको सहयोगमा हामीले दिल्ली उच्च अदालतका केही कागजात प्राप्त गर्यौं। प्राप्त विवरण अनुसार सन् २०१२ मा छिब्बर परिवारको सम्पत्ति सम्बन्धी एउटा मुद्दामादिल्ली उच्च अदालतले मिनु र उनका छोराहरूले नेपाली ठेगाना प्रयोग गरेकोमा प्रश्न उठाएको भेटियो।

स्विस बैंकका अनुसार, छोरा महेशले नेपाली राजदूतावास लन्डनको सिफारिशमा १० फेबु्रअरी १९९७ मा नेपाली पासपोर्ट बनाएका हुन्। पर्वेशले पनि २३ नोभेम्बर १९९९ मा नेपाली पासपोर्ट बनाएका छन् । ‘दि ब्रिटेन नेपाल सोसाइटी’ ले सन् १९९३ र १९९६ मा प्रकाशित गरेका दुईवटा स्मारिका अनुसार, मिनु उक्त सोसाइटीकी सदस्य हुन्।

मिनु शाह छिब्बरका बारेमा बुझ्न हामीले परराष्ट्र मन्त्रालयमा सम्पर्क ग¥यौं । मन्त्रालयको राहदानी विभागको प्रशासन शाखाका शाखा अधिकृत गणेशप्रसाद अधिकारीले दिएको जानकारी अनुसार, मिनु छिब्बरका नाममा बेलायतस्थित नेपाली दूतावासबाट १७ सेप्टेम्बर २०१३ मा ०६७०२५३६ नम्बरको मेसिन रिडेबल पासपोर्ट (एमआरपी) जारी भएको छ । पासपोर्टमा लेखिए अनुसार, उनको स्थायी ठेगाना ललितपुर बागडोल हो । पासपोर्टमा नजिकको नातेदारमा भतिजा अमोदप्रताप राणाको नाम उल्लेख छ।

सम्बन्धको जालो
छिब्बर परिवारको सम्बन्ध अन्यत्र पनि छ ।मिनुका दुुई छोराहरू महेश र पर्वेश ‘दुबईको पर्ल ग्लोबल फाइनान्स लिमिटेड’ कम्पनीका लगानीकर्ता हुन्। यो कम्पनीमा लन्डनमा बसोबास गर्ने अमेरिकी नागरिक जोन मोरिशन एटवाटर पनि छन् । कम्पनीले कानूनी रूपमा इच्छाएको व्यक्ति उल्लेख गर्नुपर्ने ठाउँमा मिनु, पर्वेश र एटवाटरको नाम उल्लेख छ। स्विस बैंकको अभिलेख अनुसार मिनुको‘ग्राहकसँग सम्बन्धित व्यक्तिगत तथा कानूनी संस्था’मा एटवाटरको पनि नाम हुनुलेमिनु, महेश, पर्वेश र एटवाटर चारै जना एउटै कारोबारमा सम्बन्धित व्यक्ति हुन् भन्न स्पष्ट हुन्छ।

यसबारेको थप विवरणको खोजी गर्दै जाँदा मिनुकोकारोबार स्विस बैंकमा मात्रै सीमित छैन भन्ने देखिन्छ ।अवैध धनराख्न, स्रोत लुकाउन र गैरकानूनी आर्जनको खोजीनितीबाट बच्नसुरक्षित मानिने ‘ट्याक्स हेवन’मुलुकको लगानीमा पनि मिनु जोडिएकीछिन्। आईसीआईजेको पानामा पेपर्सले फेला पारेको २०१६ को विवरण अनुसार ब्रिटिश भर्जिन आइल्यान्डस्को विवादास्पद कम्पनी मोसेक फोन्सेकाले मिनुको नाममा रुनी होल्डिङ्स कम्पनी दर्ता गराइदिएको छ।

इङ्गल्यान्ड र फ्रान्सबीचको टापु जर्सीको च्यानल आइल्यान्डस्मा दर्ता भएको यो कम्पनीको बैंक खातामा लगानीको लाभकर्तामा मिनुको नाम छ। ट्याक्स हेवन मानिने जर्सीमा दर्ता भएको यो कम्पनी सन् २००० मा दर्ता भई २०१६ सम्म सक्रिय रहेको देखिन्छ। रुनी होल्डिङ्स कम्पनीको शेयर सदस्य सम्बन्धी सन्२०१० को एक दस्तावेज अनुसार,उक्त कम्पनीमा मिनुले लगानी गर्नुपूर्वका शेयर सदस्यहरू ब्रिटिश नागरिकहरू थिए । उनीहरूमार्फत मिनु‘ट्याक्स हेवन’मुलुकमा प्रवेश गरेको देखिन्छ।

दुबईको पर्ल ग्लोबलसँग सम्बन्धित एटवाटर पनि स्विस बैंकका बचतकर्ता हुन्। उनले दुुई फरक–फरक खातामा रकम जम्मा गरेका छन्। एउटा खातामा ९ लाख७ हजार ७७ अमेरिकी डलर (९ करोड ६३ लाख रुपैयाँ) रकम जम्मा देखिन्छ । अर्को खातामा भने ५ करोड ६५ लाख १६ हजार ९७९ डलर अर्थात्करीब ९ अर्बरुपैयाँ रकम देखिन्छ। अहिले उनी बेलायतमा बस्दै आएका छन्।स्विस बैंकको विवरण अनुसार,बेलायतमाएटवाटरकोपाँच वटा कम्पनीमा लगानी देखिन्छ।

एटवाटर र छिब्बरपरिवारको कथाको साइनो नेपालसँग यहाँनेर जोडिन्छ ।नेपालका राणा प्रधानमन्त्री श्री ३ पद््मशमशेरकी छोरी रमा मल्लसँग पनि एटवाटरको सम्बन्ध देखिन्छ । बेलायतमा एटवाटर र मल्ल व्यावसायिक साझेदार हुन् । उनीहरूको संयुक्त लगानीमा ‘सिक्स्टीन अप्पर ब्रुक स्ट्रीट लिमिटेड’ कम्पनी सञ्चालनमा छ । ३४ वर्षदेखि अस्तित्वमा रहेको उक्त कम्पनीमा सन् २००४ देखि मल्लको लगानी देखिन्छ । रमा नेपालस्थित ठमेलको ‘मल्ल होटल’की अध्यक्ष हुन् । एक वर्षअघि रमाले नेपालमा ८ करोड १० लाख रुपैयाँ कर नतिरेको भनेर कर कार्यालयलेसार्वजनिक सूचनाजारी गरेको थियो ।हामीलेहोटल मल्लको टेलिफोन नम्बरमा पटक पटक सम्पर्क ग¥यौं तर रमासँग सम्पर्क हुन सकेन ।

नेपाली कागजातको प्रयोग
कतिपय विदेशी नागरिकले नेपाली कागजात प्रयोग गरेर स्विस बंैकमा सम्पत्ति राखेको पनि फेला परेको छ । आईसीआईजेले उपलब्ध गराएको विवरण अनुसार,५३ वर्षीय इजरायली नागरिक लिवर जोहार येहुदाले नेपाली पासपोर्ट प्रयोग गरेर स्विस बैंकमा पैसा जम्मा गरेका छन् । येहुदाले पाटन, काठमाडौंठेगाना उल्लेख गरीस्विस बैंकमा रकम जम्मा गरेका हुन् । केमिकल (रसायन)को आयात निर्यातका व्यापारी भनिने येहुदाकोनाममा ४ लाख ९७ हजार २४६ अमेरिकी डलर (५ करोड ३५ लाख ७३ हजार २८४ रुपैयाँ) जम्मा देखिन्छ ।

नेपाली ठाउँसँग मिल्ने ठेगाना उल्लेख गरी थप तीन जना विदेशीले पनि स्विस बैंकमा रकम जम्मा गरेका छन् ।आईसीआईजेको सन् २००६÷०७ को विवरण अनुसार,युएई ठेगाना भएका भारतीय नागरिक सुजलप्रकाश साहले ३ लाख ३२ हजार ७४० डलर (३ करोड ५८ लाख ४९ हजार ४०७ रुपैयाँ) जम्मा गरेका छन् ।

भारतका अरुणकुमार रामनिकलाल मेहताले ४ करोड ४ लाख अमेरिकी डलर (४ अर्ब ८४ करोड ४४ लाख १५ हजार ९७३ रुपैयाँ) जम्मा गरेका छन् ।स्विस बैंकमा रकम जम्मा गर्ने खातावालाको ‘व्यक्तिगत विवरण’ सम्बन्धी दस्तावेजमा मेहताको ठेगाना ‘पाटन’, व्यवसाय मुम्बईको हीरा कम्पनीको डाइरेक्टर उल्लेख छ । नेपालमा नाम नसुनिएका मेहता को हुन् भनेर पत्ता लगाउन थप अनुसन्धान ग¥यौं । यसमा खोपकेले प्राप्त गरेको दस्तावेजमा उनको व्यक्तिगत ‘प्रोफाइल’ सँग सम्बन्धित सूचीमा भेटिएका अन्य सात जनाको नाम र विवरणहरूका बारेमा डिजिटल अनुसन्धान ग¥यो । त्यसबाट अरुणकुमार भारतीय नागरिक भएको र ती सातै जना उनको परिवारको सदस्य रहेको पुष्टि भयो । दस्तावेजमा उल्लेख भएको उनको ठेगाना पाटन भन्ने ठाउँ भारतको गुजरात राज्यमा पर्दछ जहाँ मेहता जन्मेका थिए ।

रजिष्ट्रार अफ कम्पनिज, इण्डियाका अनुसार, मेहताको भारतमा सातवटा कम्पनीमा लगानी छ । मुम्बईको रोजी ब्लू प्राइभेट लिमिटेड नामक उनको कम्पनी हीराको व्यापार गर्ने भारतकै ठूलामध्येको एक भएको भारतको आर्थिक दैनिक ‘द इकोनोमिक टाइम्स’ ले २०१८ मार्चमा प्रकाशित एउटा समाचारमा उल्लेख छ । सोही पत्रिकाले २०१६ अप्रिलमा प्रकाशन गरेको अर्को एउटा खबरमा मेहता र उनको परिवारका अन्य ६ सदस्य स्विस बैंकसँग जोडिएको ह्वाइट सेडार इन्भेष्टमेन्ट लिमिटेड नामको ट्रष्टका लाभकारी ‘बेनिफिसियल ओनर’ भएको आरोप लागेपछि भारतको मुम्बई उच्च अदालतमा मुद्दा चलेको थियो ।

अदालतले ह्वाइट सेडार इन्भेष्टमेन्ट लिमिटेड नामको ट्रष्टसँग आवद्ध कुन व्यक्तिले ४४ मिलियन डलर स्विस बैंकमा जम्मा गरेका हुन् भन्ने पत्ता लगाउन नसकेपछि २०१६ अप्रिलमा सो मुद्दा खारेज गरेको थियो । बम्बई उच्च अदालतले भनेकोछ, “एचएसबीसी (स्विस बैंक) जेनेभाले उक्त ट्रष्टसँग सम्बन्धित खाताको विवरण उपलब्ध गराएको खण्डमा मात्र रकम जम्मा गर्ने स्रोतको बारेमा खुल्न सक्छ ।” खोपकेलाई आईसीआईजेबाटप्राप्त मेहताको व्यक्तिगत विवरणमा ग्राहकको प्रोफाइलसँग सम्बन्धित व्यक्तिको सूचीमा ह्वाइट सेडार इन्भेष्टमेन्ट लिमिटेड पनि छ । उसको नाममा ४ करोड ४८ लाख ६१ हजार १७१ अमेरिकी डलरस्विस बैंकमा जम्मा भएको भेटिएको छ ।

अरुणकुमार रामनिकलाल मेहताको नाता भारतका अर्बपति व्यापारी मुकेश अम्बानीसँग पनि जोडिन्छ ।द इकोनोमिक टाइम्स मा प्रकाशित रिपोर्ट अनुसार, मेहताकी नातिनी श्लोका मेहताको विवाह मुकेश अम्बानीका छोरा आकाश अम्बानीसँग हुने तय भइसकेको छ ।

त्यस्तै गोविन्दभाई लालझिभाई ककडिया नाम गरेको व्यक्तिले स्विस बैंकमा २ हजार १८६ अमेरिकी डलर (२ लाख ३५ हजार ५१९) रुपैयाँ जम्मा गरेका छन् । सुजल, अरुण र गोविन्दतीनै जनाको ठेगाना पाटन, काठमाडांै लेखिएको छ । यही ठेगानाका भरमा स्विस बैंक र आईसीआईजेले उनीहरूले राखेको पैसालाई ‘नेपालीले गरेको बचत’ को सूचीमा राखेको देखिन्छ ।

तर, गुजरात, पाटनमा जन्मेका गोविन्दभाई लालझिभाई ककडिया भारतका प्रतिष्ठित सुन तथा हीरा व्यापारी हुन् । रजिष्ट्रार अफ कम्पनिज, इण्डियाका अनुसार भारतमा सुन र हीराको कारोबार गर्ने पाँच कम्पनीमा उनको लगानी छ । भारतमा हीराको कटिङ, प्रशोधन तथा उत्पादनमा अग्रपंक्तिमा रहकोे उनको कम्पनी हो, शीतल म्यानुफ्याक्चरिङ प्रालि ।

भारतको दैनिक पत्रिकाइन्डियन एक्सप्रेसले २०१५ को फेब्रुअरी महीनामा प्रकाशन गरेको एउटा समाचारमा ककडिया सामेल भएको शीतल ग्रुपले सन् २००६÷०७ मा ९ हजार १०० अमेरिकी डलर स्विस बैंकमा राखेको खुलासा गरेको थियो । सो खातामा भएको रकमको लाभग्राही‘बेनिफिसियल ओनर’ मा ककडिया र उनका तीन भाइको नाम छ । तर आईसीआईजेले नेपालअन्तर्गत उपलब्ध गराएको दस्तावेज अनुसार, उनको नाममा २००६÷०७ मा २ हजार १८६ अमेरिकी डलर स्विस बैंकमा जम्मा भएको देखिन्छ ।

के हो स्विस बैंक?
स्विट्जरल्यान्डमा सन् १८५४ मा ‘स्विस बैंक कर्पोरेशन’ का रूपमा स्थापित स्विसबैंकका शाखा ५० देशमा छन् । स्विस बैंकले आफ्नो बारेमा ‘उच्चस्तरको गोपनीयता र कम स्तरको वित्तीय जोखिमको व्यवस्था गरेको’ दाबी गरेको छ ।आयस्रोत नखोजिने र लगानीकर्ताको विवरण सार्वजनिक नगर्ने भएकाले गैरकानूनी आर्जन यस बैंकमा जम्मा गर्न सहज मानिन्छ । स्विट्जरल्याण्डको अनलाइन पत्रिकास्विस इन्फो न्यूज डट सिएचकाअनुसार,‘खासगरी सम्बन्धविच्छेद (डिभोर्स), गम्भीर आपराधिक कार्य, बैंक टाट पल्टिंदा, अंशबन्डा गर्दाप्राप्त रकम यो बैंकमा मौज्दात गर्नु सुरक्षित मानिन्छ ।’

बैंकका अनुसार, विश्वका २०० भन्दा बढी देशका नागरिकको मौज्दात छ ।बैंकले जुनकुनै प्रयोजनका लागि कुनैपनि निकायलाई खातावालको विवरण दिंदैन । तर, सन् २०१५ मा स्विस सरकार र युरेपियन युनियन (इयु) बीच भएको सम्झौता अनुसार ‘असाधारण गोपनीयता अन्त्य गरी स्विट्जरल्यान्ड र अन्य युरोपियन मुलुकका खातावालहरूको विवरण माग भएमा आदान/प्रदान गर्नुपर्ने’ सम्झौता छ ।सन् २०१५ मा आईसीआईजेले गरेको ‘स्विस लिक्स’ ले कर छली तथा आपराधिक क्रियाकलापबाट आर्जन गरिएको रकम समेत स्विस बैंकमा जम्मा गरेको तथ्य सार्वजनिक भएपछि ईयूले बैंकसँग यस्तो सम्झौता गरेको हो । तर यो सम्झौताले पनि स्विट्जरल्याण्ड र युरोपियन मुलुकसँग असम्बन्धित कारोबार र तीभन्दा बाहिरका मुलुकहरूको गैरकानूनी आर्जन त्यहाँ लुकाउन सकिने नै देखिन्छ ।

स्विस बैंकले ‘तानाशाह, भ्रष्ट नेता, कर छली गर्ने व्यापारी, हतियार तथा लागूऔषध कारोबारीको रकम जम्मा गरी नाफा कमाउने काम गरेको’आईसीआईजेको दाबी छ ।‘स्विस लिक्स’ पछि स्विस बैंकले विश्वभर आलोचना खेप्नुप¥यो । केही मुलुकका नेताहरूको राजनीति नै धरापमा प¥यो । त्यसको प्रभावस्वरुप स्विस बैंकलाई पनि नियमनको दायरामा ल्याउने प्रयास ईयूले ग¥यो । तर, अझै पनि स्विस बैंक खातावालाको विवरण आदान÷प्रदान गर्न चाहँदैन । स्विस बैंकर्स एशोसिएशनले तयार पारेको २०१५ को प्रतिवेदन अनुसार, यस बैंकको ६.५ ट्रिलियन डलर (६५ खर्ब अमेरिकी डलर) सम्पत्ति छ । प्रतिवेदन अनुसार, यसमध्ये ५१ प्रतिशत सम्पत्ति स्विट्जरल्यान्ड भन्दा बाहिरका देशहरूबाट लगेको हो ।

‘स्विस लिक्स’ पछि स्विट्जरल्याण्डको अदालतलेस्विस बैंकका सूचनाप्रविधिमा काम गर्ने एक कर्मचारीलाई पाँच वर्षको जेल सजाय सुनाएको थियो । एर्वी फाल्चेनीले एक लाख ३० हजार खातावालको विवरण चुहाएको आरोपमा जेल सजाय पाएका हुन् । बेलायती समाचार संस्था ‘रोयटर्स’ ले जनाए अनुसार, फाल्चेनीलाई२०१८ अप्रिलमा स्पेनको बार्सिलोनाबाट पक्राउ गरिएको थियो ।त्यहाँ उनीदुुई महीना जेल बसे । तर, अदालतले स्पेनको कानून अनुसार फाल्चेनीलाई स्विट्जरल्याण्ड ‘सुपुर्दगी’ गर्न नहुने फैसला सुनायो । अहिले उनी जेलबाट छुटिसकेका छन् ।उनीमाथि सन् २००८ देखि युरेपियन युनियनका विभिन्न राष्ट्रलाई स्विस खातावालाको सूचना दिने गरेको आरोप छ ।

यो सिरिजका स्टोरीहरु :  

यस्तो छ स्विस बैंकको शंकास्पद धनको नेपाल ‘कनेक्सन’

उपेन्द्र महतो, अजेय सुमार्गी, चन्द्र ढकालदेखि शशिकान्त अग्रवालसम्मले लुकाए विदेशमा पैसा

‘ट्याक्स हेवन’ को नेपाल नाता

प्रत्यक्ष वैदेशिक लगानी : नेपाल पैसा भित्र्याउने चक्रको खुलासा

नेपालमा यसरी भित्रिन्छ वैदेशिक लगानीका नाममा गैरकानुनी रुपमा आर्जित सम्पत्ति 

(‘स्विस लिक्स’ इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नालिष्ट (आईसीआईजे) र ले मन्डद्वारा सन् २०१५ माएचएसबीसी प्राइभेट बैंक (स्विट्जरल्याण्ड) का दस्तावेजहरूमाथि गरिएको अनुसन्धानमा आधारित छ ।आईसीआईजेले स्विस लिक्स प्रोजेक्टअन्तर्गत करीब ६० हजार दस्तावेजको विस्तृत अध्ययन गरेपछि एचएसबीसी बैंककाझन्डै एक लाख खाता र खातावालाहरूको विवरण फेला पारेको थियो ।तीमध्ये धेरैजसो ग्राहक र खाताहरू सम्बन्धी डाटा सन् १९८९ देखि २००७ सम्मका थिए ।)

- खोज पत्रकारिता केन्द्रबाट 

प्रकाशित मिति: बुधबार, माघ २, २०७५  १९:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत
सम्बन्धित सामग्री
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
`सेटिङ´ दाबी गर्ने मल्ल पक्राउ, अडियोमा जोडिएका चौधरी किन पक्राउ परेनन्? मल्ल पक्राउ पर्नुअघि सार्वजनिक भएको एउटा अडियोले उनको नाम फेरि चर्चामा ल्याएको थियो। केही दिनअघि जनआस्थाले सार्वजनिक गरेको उक्त अडिय... सोमबार, असोज १२, २०८३
गरिमा चौधरी हत्याको अनुसन्धानमा कुनै कसर बाँकी राखेको छैन : नेपाल प्रहरी गरिमालाई न्याय दिलाउनुपर्ने माग गर्दै विभिन्न आन्दोलनहरु भइरहेको सन्दर्भमा प्रहरीले अनुसन्धानमा कुनै कसर बाँकी नराखेको जनाएको हो । शनिबार, भदौ ६, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्