कैलाली– आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको निर्वाचनमा प्रदेश ७ का ४ जिल्लामा ६३ जनाको उम्मेदवारी परेको छ।
पहिलो चरणमा प्रदेश नम्बर ७ का बझाङ, बाजुरा, दार्चुला र बैतडीमा निर्वाचन हु“दैछ। ती जिल्लामा प्रतिनिधिसभाका ४ तथा प्रदेशसभाका ८ स्थानका लागि निर्वाचन हुनेछ।
४ जिल्लामा प्रतिनिधिसभाको ४ स्थानका लागि विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवार गरी २३ जना चुनावी प्रतिस्पर्धामा छन्। त्यस्तै, प्रदेशसभाका ८ स्थानका लागि ४० जनाको उम्मेदवारी परेको छ।
बझाङमा प्रतिनिधिसभा सदस्यका लागि ८ जना राजनीतिक दलबाट र १ जना स्वतन्त्र उम्मेदवार छन्। त्यस्तै, प्रदेशसभाका लागि क्षेत्र नम्बर ‘क’मा १ स्वतन्त्रसहित ७ दल र क्षेत्र नम्बर ‘ख’बाट ५ दलका उम्मेदवारले मनोनयन दर्ता गराएका छन्। एमालेबाट २ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन्।
बझाङमा प्रतिनिधि सभा सदस्यका लागि नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंह तथा वाम गठबन्धनबाट नेकपा एमालेका भैरवबहादुर सिंह उम्मेदवार छन्। त्यस्तै, साझा विवेकशीलका मीनबहादुर सिंहले पनि उम्मेदवारी दिएका छन्।
त्यस्तै, बझाङका प्रदेशसभा सदस्यका लागि क्षेत्र नम्बर ‘क’मा कांग्रेसका चन्द्रादेवी जोशी र एमालेका अर्जुन थापा उम्मेदवार छन्। प्रदेश नम्बर ‘ख’मा कांग्रेसबाट नरेशबहादुर सिंह र माओवादी केन्द्रका देवकी मल्ल उम्मेदवार छन्।
बझाङमा टिकट वितरणमा असन्तुष्ट एमालेका गोपालबहादुर खड्काले प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका छन् भने शेरबहादुर बोहराले प्रदेशसभा सदस्यका लागि क्षेत्र नम्बर ‘क’बाट उम्मेदवारी दिएका छन्।
बाजुरामा प्रतिनिधिसभामा तीन दल र प्रदेशसभामा १० जनाले उम्मेदवारी दर्ता गराएका छन्। बाजुरामा प्रतिनिधिसभा सदस्यमा कांग्रेसबाट जिल्ला सभापति कविराज पण्डित र एमालेबाट केन्द्रीय सदस्य लालबहादुर थापा उम्मेदवार छन्। प्रदेशसभा सदस्यमा कांग्रेसका तर्फबाट क्षेत्र नम्बर ‘क’मा जनकराज गिरी र क्षेत्र नम्बर ‘ख’मा पदमबहादुर शाही उम्मेदवार बनेका छन्।
त्यस्तै, एमालेका तर्फबाट प्रदेशसभा सदस्यमा क्षेत्र नम्बर ‘क’बाट पार्टी सचिव बलदेव रेग्मी र क्षेत्र नम्बर ‘ख’बाट वैकल्पिक केन्द्रीय सदस्य प्रकाश शाह उम्मेदवार छन्।
बाजुरामा नयाँ शक्तिले प्रतिनिधिसभा सदस्यका लागि जिल्ला संयोजक दिलीप शाहीलाई उम्मेदवार बनाएको छ। नयाँ शक्तिका तर्फबाट प्रदेशसभा ‘क’मा नरेन्द्र विक र ‘ख’मा सुर्जे च“दाराले उम्मेदवारी दिएका छन्।
बाजुरामा राप्रपा प्रजातान्त्रिकले प्रदेशसभा सदस्यमा मात्र उम्मेदवारी दिएको छ। राप्रपा प्रजातान्त्रिकबाट प्रदेशसभा ‘क’मा कान्तबहादुर शाही र प्रदेशसभा ‘ख’मा वीरबहादुर हमाल उठेका छन्।
त्यस्तै, बाजुरामा एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) ले प्रदेशसभा सदस्यका लागि क्षेत्र नम्बर ‘ख’मा प्रकाश विकलाई उम्मेदवार बनाएको छ। त्यस्तै, टीकाराज गिरीले प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र रूपमा उम्मेदवारी दिएका छन्।
दार्चुलामा प्रतिनिधिसभामा ५ र प्रदेशसभामा १० जनाको उम्मेदवारी परेको छ। दार्चुलामा कांग्रेसका विक्रमसिंह धामी र वाम गठबन्धनबाट एमालेका गणेश ठगुन्ना उम्मेदवार बनेका छन्।
दार्चुलामा प्रदेशसभा सदस्यका लागि क्षेत्र नम्बर ‘क’ मा कांग्रेसका मदन गिरी र एमालेका गेल्बु बोहराले उम्मेदवारी दिएका छन्। त्यस्तै, क्षेत्र नम्बर ‘ख’मा कांग्रेसका जगदीशबहादुर पाल र वाम गठबन्धनबाट माओवादी केन्द्रका मानबहादुर धामीको उम्मेदवारी परेको छ।
त्यस्तै, नया“ शक्तिबाट बहादुरसिंह ठगुन्नाले उम्मेदवारी दिएका छन् भने रघुविरसिंह ठगुन्नाले स्वतन्त्र रूपमा उम्मेदवारी दिएका छन्। दार्चुलामा कांग्रेस, एमाले, माओवादी केन्द्र, नया“ शक्तिसहित पा“च दलले उम्मेदवारी दिएका छन्।
यसैगरी, बैतडीमा प्रतिनिधिसभा सदस्यका लागि कांग्रेसका नरबहादुर चन्द, एमालेका दामोदर भण्डारी, साझा विवेकशीलका नारायणदत्त अवस्थी, राष्ट्रिय जनमोर्चाका विरेन्द्रसिंह भण्डारी, जनसमाजवादी पार्टीका धनबहादुर बोहरा उम्मेदवार बनेका छन्।
बैतडीमा प्रदेशसभा सदस्यमा क्षेत्र ‘क’बाट माओवादी केन्द्रका केशव भट्ट, कांग्रेसका हरिमोहन भण्डारी, जनसमाजवादी पार्टीका भगिरथसिंह कुँवर, राष्ट्रिय मुक्ति पार्टीका दिलिपराज पाण्डे र जनमोर्चाका अर्जुननरसिंह मडै उम्मेदवार छन्।
त्यस्तै, क्षेत्र नम्बर ‘ख’बाट एमालेका लीलाधर भट्ट र राप्रपाका गणेश चन्दले उम्मेदवारी दिएका छन्।
प्रदेश–७ मा ३ जना मात्र महिला उम्मेदवार
मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको पहिलो चरणको निर्वाचनमा प्रदेश नम्बर ७ मा तीन जना मात्रै महिला उम्मेदवार छन्।
६३ जना उम्मेदवार रहेको यस प्रदेशको ४ जिल्लामध्ये बझाङमा मात्रै ३ जना महिलाको उम्मेदवारी परेको हो।
बझाङमा राष्ट्रिय जनमोर्चाकी कल्पना भण्डारीले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएकी छिन्। त्यस्तै, प्रदेशसभा सदस्यका लागि ‘क’ क्षेत्रबाट कांगे्रसकी चन्द्रादेवी जोशी र ‘ख’बाट माओवादी केन्द्रकी देवकी मल्ल उम्मेदवार बनेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।