काठमाडौं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले युवा तथा खेलकुद मन्त्रालयमा भएका राजनीतिक नियुक्तिप्रति असन्तुष्टि व्यक्त गरेका छन्।
अध्यक्ष दाहालले खेलाडीहरुको अपेक्षाअनुसार ‘सही मानिस छनौट’ नगरिएको भन्दै युवा तथा खेलकुद मन्त्रालयमा भएको राजनीतिक नियुक्तिप्रति असन्तुष्टि जनाएका हुन्। बिहीबार पाँचौं सगरमाथा अन्तराष्ट्रिय कराँते प्रतियोगिताको काठमाडौंमा उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले सो प्रतिक्रिया दिएका हुन्।
कार्यक्रममा अध्यक्ष दाहाल विद्यालय तहदेखि नै कराँते खेलको विकासका लागि आवश्यक बजेटको व्यवस्था गर्न लागी पर्ने आश्वासन समेत दिए। 'नेपालको खेलकुद क्षेत्रको विकासका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता गर्दछु।'
स्वस्थ नागरिक र सृजनात्मक मुलुकका लागि पनि आफूले खेलकुद क्षेत्रको विकासमा जोड दिँदै आएको अध्यक्ष दाहालको भनाइ थियो।
पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष दाहालले आफूले सरकारको नेतृत्व लिएको बेला खेलकुद क्षेत्रको विकासमा लागी परेको दाबी गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।