म्याड्रिड- स्पेनिस कोपा डेल रे फुटबल प्रतियोगिताको अन्तिम १६ को पहिलो लेगमा रियल म्याड्रिडले सहज जित हात पारेको छ। रियलले बुधबार राति भएको खेलमा लेगानेसलाई ३-० गोलले पराजित गरेको हो।
रियलका लागि सर्जियो रामोसले खेलको ४४ मिनेटमा पेनाल्टीमार्फत पहिलो गोल गरे। भाज्क्युले ६८ मिनेटमा दोस्रो गोल गर्दा पाइजाओ डे ओलिभेरा जुनियरले ७७ मिनेटमा तेस्रो गोल गरे।
डिफेन्डर रामोसले खेल जीवनमा सय गोल पूरा गरेका हुन्।
प्रतियोगिताका अन्य खेलमा एट्लेटिको म्याड्रिडलाई गिरोनाले १-१ र भिल्यारियलले इस्प्यान्योललाई २-२ बराबरीमा रोकेका छन्। यस्तै गेटाफेले रियल भोलडोलिडलाई १-० ले हराएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।