Honda Honda
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

वैदेशिक रोजगारी : ५ लाखभन्दा बढी ठगीको उजुरी दिँदा अब बैंकिङ प्रमाण अनिवार्य

64x64
नेपाल लाइभ बिहीबार, पुस २६, २०७५  ०८:३०
1140x725

काठमाडौ– वैदेशिक रोजगार क्षेत्रमा ५ लाखभन्दा बढी रकम ठगिएको उजुरी दर्ता गर्दा आर्थिक लेनदेनको बै‌किङ प्रमाण अनिवार्य रुपमा पेस गर्नुपर्ने भएको छ।

वैदेशिक रोजगार विभागमा म्यानपावर कम्पनी, एजेन्ट अथवा केही व्यक्तिका नाममा ५ लाखभन्दा बढी ठगीका उजुरी दर्ता गराउँदा रोजगारपीडितले रकम लेनदेनको बै‌किङ भौचर अथवा प्रमाणसहित मुद्दा दर्ता गराउनुपर्ने व्यवस्था लागू गर्ने तयारी वैदेशिक रोजगार विभागले गरिरहेको छ।

पछिल्लो समय विभागमा एउटै व्यक्ति तथा म्यानपावर कम्पनीबाट ५० देखि ८० लाखसम्मका प्रमाणबिना ठगीका उजुरी पर्न थालेपछि बैंकिङ प्रमाण खोज्न थालिएको विभागले जनाएको छ। विगत केही वर्षदेखि विभागमा एउटै व्यक्तिका नाममा २० लाखभन्दा बढी ठगीका उजुरी आउने क्रम बढ्दै गएको विभागका महानिर्देशक दीलिप कुमार चापागाईंले बताए।

‘विभागमा ठूलो रकम ठगिएको उजुरी पर्छ, तर पीडितसँग कुनै प्रमाण हुँदैन, कसरी त्यस्ता मुद्दा हेर्ने भन्ने विषयमा नै अलमल हुन्छ’, महानिर्देशक चापागाईंले भने, ‘त्यसकारण पनि ५ लाखभन्दा बढी ठगिएका उजुरी गर्दा पीडितसँग अब अनिवार्य बैंकिङ प्रमाण हुनुपर्ने व्यवस्था गर्न लागका हौं।’

विभागमा एउटै म्यानपावर र एउटा व्यक्तिले वैदेशिक रोजगारीमा पठाइदिने भन्दै लाखौं ठगेको उजुरी परेपनि कारबाही गर्न खोज्दा प्रमाण नहुँदा अपराधीले उन्मुक्ति पाइरहेको महानिर्देशक चापागाईंको भनाइ छ।

उनका अनुसार पछिल्लो समय व्यक्तिगत ठगीका उजुरी धेरै पर्ने गरेका छन्। व्यक्तिले व्यक्तिगत भिसामा क्यानडा, अमेरिका, सिंगापुर, नर्वे र बु्रनाइलगायत मुलुकमा पठाइदिने भन्दै धेरै रकम प्रमाणबिनै ठगी गर्ने गरेको विभागमा परेका उजुरीबाट थाहा हुन्छ।

गतवर्ष नै गृह मन्त्रालयले वैदेशिक रोजगारीको क्षेत्रमा ५ लाखभन्दा माथिको आर्थिक करोबार हुँदा सोको बैंकिङ प्रमाण लेखापरीक्षण प्रतिवेदनमा देखाउनुपर्ने अनिवार्य गरेको थियो।

कन्सल्टेन्सीबाट पनि ठगी हुन्छ, प्रमाण हुँदैन

Ncell 2
Ncell 2
nimb
nimb

विद्यार्थी भिसामा विदेश पठाउँदै शैक्षिक परामर्श दातृ संस्था (कन्सल्टेल्सी)ले पनि नक्कली कागजात बनाएर कराडौं ठगी गरिरहेको बताइन्छ। तर, व्यक्तिगत रुपमा नगद न आदानप्रदान हुँदा यस्ता ठगीको प्रायः प्रमाण नै हुँदैन।

कन्सल्टेन्सीले नेपालबाट नक्कली भिसा बनाएर भारत तथा अन्य देशमा पुर्‍याएर धेरै नेपाली युवालाई अलपत्र पारेको उजुरी आउने गरेको विभागले जनाएको छ। पीडककाविरुद्ध आवश्यक प्रमाण पुर्याउन नसक्दा ठूलो रकम ठगिएका अधिकांश पीडितले न्याय पाउन सकेका छैनन्।

नेपालमा ठगेपछि पक्राउ पर्ने डरले भारत अथवा अन्य देशमा गएर अपराधीले शरण लिँदा पनि उनीहरुलाई कानुनी दायरामा ल्याउन कठिन हुने गरेको विभागको भनाइ छ। पछिल्लो समय भारत र तेस्रो देशमा बसेर ठग्ने यस्ता गिरोहको संख्या बढिरहेको बताइन्छ।

५० लाखसम्म ठगिएका मासिक १० उजुरी दर्ता

Xtrem

Xtrem

विभागमा ५० लाखसम्म ठगिएका उजुरी मासिक १० वटासम्म पर्ने गरेका छन्। तर, ठगी गर्ने व्यक्ति रहेको स्थानका बारेमा स्वयम् पीडित अनविज्ञ हुँदा समस्या समाधानमा कठिन हुने गरेको विभागको भनाइ छ। चालू आर्थिक वर्षको विगत ७ महिनामा विभागमा संस्थागततर्फ करिब ९ सय वटा उजुरी दर्ता भएका छन्। जसमा २ सयभन्दा बढी उजुरी ३० लाखभन्दा बढीका रहेका छन्।

सोही समयावधिमा व्यक्तिगततर्फ पनि ५ सय ९२ वटा उजुरी दर्ता भएका थिए। व्यक्तिगत उजुरीमा पनि एउटै व्यक्तिले करिब ७५ लाखसम्म ठगी गरेको उजुरी परेको महानिर्देशक दीलिप कुमार चापागाईंले बताए।

वैदेशिक रोजगार ऐनमा वैदेशिक रोजगारीमा कामदार पठाउँदा धेरै रकम लिने म्यानपावर कम्पनीलाई क्षतिपूर्ति फिर्ता दिलाउने व्यवस्था छ। कुनै व्यक्तिलाई रोजगारीमा कुनै देश पठाएवापत् सेवाशुल्क १० हजार रुपैयाँभन्दा बढी लिन नपाउने सरकारी व्यवस्था छ। तर, विभागमा नै एउटै म्यानपावर कम्पनीले लाखौं ठगेको उजुरी आउने गरेका छन्।

विभागमा आएका उजुरीका आधारमा पनि कामदारसँग व्यवसायीले रोजगारीमा पठाएवापत चर्को रकम उठाइरहेको प्रष्ट हुन्छ। तर, वैदेशिक रोजगारीका नाममा ठगिने क्रम बढिरहँदा नियामक निकायले भने यस्तो विकृति हटाउन सकेको छैन।

वैदेशिक रोजगारीको क्षेत्रलाई नियमन गर्ने निकाय कडारूपमा प्रस्तुत नहुँदा अपराधीकरण मौलाउँदै गएको रोजगारविज्ञको अरोप छ।

प्रकाशित मिति: बिहीबार, पुस २६, २०७५  ०८:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस सुधार्न र बदल्न अडिग छु : सभापति थापा
कांग्रेसको मतदान समय दोस्रोपटक सर्‍यो, अब दिउँसो १ बजेदेखि
साउदीका दुई विमानस्थलमा आक्रमण, तीन जनाको मृत्यु
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
कांग्रेस सुधार्न र बदल्न अडिग छु : सभापति थापा बिहीबार, असोज २२, २०८३
कांग्रेसको मतदान समय दोस्रोपटक सर्‍यो, अब दिउँसो १ बजेदेखि बिहीबार, असोज २२, २०८३
साउदीका दुई विमानस्थलमा आक्रमण, तीन जनाको मृत्यु बिहीबार, असोज २२, २०८३
कालीमाटीमा रातो आलु ५५ रुपैयाँ, सिताके च्याउ ८०० बिहीबार, असोज २२, २०८३
आईपीयू महासभामा नेपालको आपत्कालीन प्रस्ताव दुई-तिहाइ बहुमतले निर्वाचित बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
नाना पाटेकरको हृदयघातबाट निधन बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्