पोखरा- उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले वाइडबडी जहाज खरिद प्रकरणको सम्बन्धमा सरकारले उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गरेको बताएका छन्।
प्रेस सङ्गठन नेपाल कास्कीद्वारा आज आयोजित पत्रकार भेटघाटमा उनले सार्वजनिक लेखा समितिले गठन गरेको उपसमितिले छानबिनको प्रतिवेदन मूलसमितिमा नपठाई सार्वजनिक गर्नु बदनियत देखिएकाले सत्यतथ्य पता लगाउन सो आयोग गठन गरिएको स्पष्ट पारे।
उनले आयोगद्वारा तयार पारिएका प्रतिवेदनको आधारमा दोषी देखिएका व्यक्तिमाथि सरकारले कारबाहीको प्रक्रिया अगाडि बढाउने उल्लेख गरे।
रेशम चौधरीको शपथ ग्रहणको सम्बन्धमा उपप्रधानमन्त्री पोखरेलले फौजदारी अभियोग लागेपछि संसद् सदस्यता नरहने र कारबाही गर्ने तत्कालीन एमालेका सांसदले यसअघिको संसद्को छलफलमा अडान लिएको स्मरण गराए।
जनताको मतबाट निर्वाचित भएपछि निर्वाचन आयोगको प्रमाणपत्र पाउने देखिएको उल्लेख गर्दै उनले सबै विषयलाई ध्यानमा राखेर संसद्मा सपथ ग्रहण गराइएको जानकारी गराए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।