काठमाडौं– मेलम्ची खानेपानी आयोजनाको ठेकेदार कम्पनी पुनः काम गर्न आउला भन्ने आशा भइरहेका बेला खानेपानी सचिव गजेन्द्र ठाकुरले एकाएक उसको धरौटी जफत गरेका छन्।
नेपाल इन्भेस्टमेन्ट बैंक र स्ट्यान्डर्ड चाटर्ड बैंकमा रहेको ठेकेदारको खाताबाट बिहीबार ठाकुरले ९५ करोड रुपैयाँ झिकी सरकारी खातामा जम्मा गराएका हुन्।
सचिव ठाकुरको यो कार्यले मेलम्ची झन अन्योलतातर्फ धकेलिएको छ।
खानेपानी सचिव र आयोजना प्रमुखले समयमै भुक्तानी गरेको भए मेलम्ची खानेपानी आयोजनाको ठेकेदार सीएमसीले आगामी माघ २७ गते मेलम्ची खोलामा अस्थायी बाँध बाँधेर काठमाडौंमा पानी ल्याउने तयारी थालेको थियो।
तर, खानेपानी सचिव र आयोजना प्रमुखका कारण ठेकेदारले पाउनुपर्ने कानुनी रकम ३६ करोड रुपैयाँ नदिइएपछि आयोजनाको काम अन्याेलता तर्फ धकेलिएको हो।
इटालीको ठेकेदार कम्पनी ‘सिएमसी’ले मेलम्ची खानेपानी आयोजनालाई केही दिनअघि नै सम्झौता रद्द गर्ने सूचना दिएको थियो।
कम्पनीका कर्मचारीहरुले भाग्ने तयारी गरेपछि सरकारले ८ जनाको राहदानी खोसेको थियो। आयोजना निर्माणको ९० प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेका बेला ठेकेदार कम्पनीका नेपालस्थित प्रतिनिधिहरू काम छोडेर भाग्न लागेपछि सरकारले उनीहरुलाई नियन्त्रणमा लिएको थियो।
याे पनि पढ्नुहोस्:
मेलम्ची आयोजना : सिएमसी धरौटी विवादमा उच्च अदालतद्वारा अन्तरिम आदेश जारी गर्न अस्वीकार
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।