• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

वैदेशिक रोजगार पीडितका समस्या सुनुवाइका लागि सिंहदरबारमै \'कल सेन्टर\'

गुनासाे टिपाउन चाैबीसै घन्टा सेवा
64x64
नेपाल लाइभ शनिबार, पुस २१, २०७५  ०८:४५
1140x725

काठमाडौं– सरकारले वैदेशिक रोजगारीको खोजीमा रहेका वा रोजगारीमा गई विदेशमा अलपत्र परेका कामदारको समस्याको तत्काल सुनुवाइ गर्न ‘कल सेन्टर’को व्यवस्था गर्ने भएको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आन्तरिक तथा वैदेशिक रोजगारी सम्बन्धी सबै गुनासो सुनुवाइ गर्ने उद्देश्यका साथ कल सेन्टर सञ्चालनमा ल्याउन अन्तिम तयारी गरिरहेको हो।

मन्त्रालयले यसअघि वैदेशिक रोजगार विभाग र श्रम मन्त्रालयभित्रै स्थापना गरेका हेल्प डेस्क टेलिफान सेवा बन्द भएपछि नयाँ कल सेन्टर स्थापना गर्न लागिएको श्रम मन्त्रालयले जानकारी दिएको छ। अब अन्तरिक श्रम बजारमा कार्यरत श्रमिक र वैदेशिक रोजगारपीडितले सिधै सिंहदरबारभित्र स्थापना हुने कल सेन्टरमा सम्पर्क गरेर आफ्ना समस्या र गुनासो टिपाउन पाउनेछन्।

कल सेन्टरमा सञ्चार तथा सामाजिक सञ्जालबाट उपलब्ध सबै सुविधा राखेर सञ्चालन गर्न अन्तिम चरणमा काम भइरहेको श्रम मन्त्रालयले जनाएको छ। सहायता कक्षमा फोनबाट मात्रै नभएर भाइबर, फेसबुक, ट्विटर, इमो, ह्वाट्सएप लगायत सबै सामाजिक सञ्जालबाट पनि उजुरी दर्ता गर्न सकिने छ। सोका लागि हाल प्रविधिक संयन्त्र विकास गर्ने काम भइरहेको मन्त्रालयले जनाएको छ।

उजुरी लगत्तै सम्बन्धित निकायमा 'नोटिफिकेसन'
अनलाइनमार्फत उजुरी दर्ता भएलगत्तै सम्बन्धित अधिकारी तथा निकायलाई इमेल र मोबाइलमा सूचना (नोटिफिकेसन) जानेगरी सफ्टवेयर विकास हुने मन्त्रालयको दाबी छ।

वैदेशिक रोजगारीका क्रममा समस्यामा परेका कामदारको सहजताका लागि आधुनिक प्रविधिसहितको कल सेन्टर सञ्चालनमा ल्याई यस क्षेत्रका समस्या समाधान गर्ने लक्ष्य लिएको श्रम मन्त्रालयका सचिव महेश दाहालले जानकारी दिए।

‘समस्यामा परेका श्रमिक र उनका परिवारले सहायता केन्द्रमा फोन गर्दा पैसा लाग्ने छैन, यसका लागि टोल फ्री नम्बर राखिने छ।’, सचिव दाहालले भने, ‘त्यसमा नेपाली कामदारहरुले विदेशबाट समेत फोन गरेर आफ्नो गुनासो टिपाउन सक्नेगरी व्यवस्था मिलाइने छ।’

वैदेशिक रोजगारीमा मात्र नभई आन्तरिक श्रम बजारमा रोजगारी गरिरहेका श्रमिकका समस्या पनि सुनुवाइ गर्ने लक्ष्य श्रम मन्त्रालयले राखेको सचिव दाहालले स्पष्ट पारे।

Ncell 2
Ncell 2
nimb
nimb

पछिल्लो समयमा नेपालभित्रै बेरोजगार युवा र विदेशमा रोजगारीकै क्रममा अनेक कारण दुःख भोग्ने तथा अलपत्र पर्ने नेपालीको संख्या बढिरहेको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले कल सेन्टर सञ्चालन भएपछि कामदारका समस्या तत्काल समाधान गरिने तथा आवश्यकता हेरी कारबाही प्रक्रियामा लैजाने प्रतिबद्धता जनाए। उजुरी र कामदारको समस्यालाई कल सेन्टरले तुरुन्तै अनलाइनमा दर्ता गरेर सम्बन्धित दूतावास, नियोग, विभाग तथा सरकारी निकायमा जानकारी गराएर समाधानका लागि पहल गर्न सकिने मन्त्री विष्टको बुझाइ छ।

सहायता केन्द्र स्थापना भएपछि विदेशमा समस्या भोगेकाहरुले सरकारसमक्ष सिधै टेलिफोनमार्फत आफ्ना गुनासा र उजुरी दर्ता गराई पहल तथा उद्धारका लागि आग्रह गर्न पाउनेछन्।

अर्कातर्फ नेपाल प्रहरीले पनि हटलाइनमार्फत वैदेशिक रोजगारीका गुनासो र उजुरीको सुनुवाइ गरिरहेको छ। महानगरीय प्रहरी अपराध महाशाखाले ११७७ नम्बरको हटलाइन टेलिफोन सेवा सञ्चालन गरेर वैदेशिक रोजगारी पीडितको गुनासो सुन्ने गरेको छ।

Xtrem

Xtrem

हाल वैदेशिक रोजगार विभागदेखि प्रहरीसम्मले सहायता कक्ष स्थापना गरी सेवा दिँदै आएको भएपनि प्रभावकारी भने देखिँदैन। पीडित कामदारले गुनासो टिपाउने क्रम रहेपनि समाधानको पाटोमा भने त्यति प्रभावकारी कार्यसम्पादन हुन नसकेको पीडितको गुनासो छ। वैदेशिक रोजगारीमा जाँदा समस्यामा परेकाहरुको उद्धार र राहतका नाममा सरकारी देखि उल्लेख्य मात्रामा गैरसरकारी संंस्थाहरुले काम गर्दै आइरहेका छन्।

२४ घन्टा नै सेवा, दुई 'सिफ्ट'मा कर्मचारी
मन्त्रालयमा मात्र होइन काठमाडौं बुद्धनगरस्थित वैदेशिक रोजगार विभागमा पनि कामदारको समस्या सुन्ने कक्ष स्थापना गरिएको थियो। सुुरुमा बिहान ६ बजेदेखि बेलुका १० बजेसम्म गुनासो टिप्ने भनी स्थापना गरिएको सो कक्षमा हाल एक जना करारका कर्मचारी कार्यरत छन्। तर, उनी पनि नियमित रुपमा कार्यकक्षमा नबस्दा सुरक्षाकर्मीले समस्या टिप्ने गरेका छन्।

हाल मन्त्रालयले सञ्चालनमा ल्याउन लागेको कल सेन्टरलाई भने २४ घन्टा नै सेवा दिनेगरी सञ्चालनमा ल्याउन लागिएको छ। कल सेन्टरमा दुई 'सिफ्ट'मा काम गर्ने कर्मचारी राखिने मन्त्रालयको भनाइ छ।

सहायता कक्ष खोलिए, तर प्रभावकारी भएन
तत्कालीन श्रम तथा रोजगार मन्त्रीद्वय दिपक बोहोरा र फर्मुल्लाह मन्सुरको कार्यकालमा मन्त्रीको निजी सचिवालयसँगै सहायता कक्ष खोलिएका थिए।

वैदेशिक रोजगारीको प्रक्रियामा रहेका तथा विदेशमा समस्यामा परेका कामदारलाई सहायता दिन स्थापना भएका त्यस्ता सहायता कक्ष सुरुमा झकिझकाउ भएपनि समयक्रमसँगै मन्त्रीको निजी सचिवालयलाई नै बोझ भई अस्तित्वविहीन बनेका थिए।

तत्कालीन मन्त्री दिपक बोहोराको कार्यकालमा मन्त्रालयका सहसचिव आभा श्रेष्ठ कर्णको संयोजकत्वमा वैदेशिक रोजगार विभागका तत्कालीन निर्देशक रमा भट्टराईसहित ५ जना अधिकृत कर्मचारी रहेको र्‍यापिड रेस्पोन्स टिम (आरआरटी) स्थापना गरिएको थियो।

त्यसबेला बोहोराले उत्साहका साथ वैदेशिक रोजगारीमा दुःख पाई फर्केका महिलालाई सो टोलीले जुनसुकै बेला विमानस्थलबाट उद्धार गरी सुरक्षित आवास गृहमा पुर्‍याउने घोषणा गरेका थिए। तर, अर्थ मन्त्रालयले आवश्यक बजेट विनियोजन गर्न ढिलाइ गरेपछि र्‍यापिड रेस्पोन्स टिम अस्तित्वविहीन बन्न पुगेको थियो। यसरी खोलिएका सहायता कक्ष तथा कल सेन्टरहरु मन्त्रीको पद फुस्किएसँगै बन्द हुन पुगेका थिए।

म्यानपावर र दलालहरुले नक्कली भिसामा विदेश लगेर अलपत्र पार्नेदेखि आश्वासनभन्दा फरक र जोखिमयुक्त प्रकृतिको काममा लगाएको गुनासो धेरै आउने गरेको छ।

प्रकाशित मिति: शनिबार, पुस २१, २०७५  ०८:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
१७ अर्ब नाघ्यो प्रधानमन्त्री राहत कोषमा मौज्दात
बिर्तामोड नयाँ बसपार्कबाट १ हजार १ सय बोतल अमिलो बरामद गरी नष्ट
एग्रिमोका लागि आयो प्रस्तावित भारतीय राजदुतको नाम
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
१७ अर्ब नाघ्यो प्रधानमन्त्री राहत कोषमा मौज्दात बुधबार, असोज २१, २०८३
बिर्तामोड नयाँ बसपार्कबाट १ हजार १ सय बोतल अमिलो बरामद गरी नष्ट बुधबार, असोज २१, २०८३
एग्रिमोका लागि आयो प्रस्तावित भारतीय राजदुतको नाम बुधबार, असोज २१, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
कांग्रेसकाे नेता बन्न तम्सिए पत्रकार, काे कुन पदमा? बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्