• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

फैसलाको तयारीमा रहेको मुद्दा फिर्ता लिन सुमार्गीले किन दिए सर्वोच्चमा निवेदन?

64x64
नेपाल लाइभ शुक्रबार, पुस २०, २०७५  १२:५९
1140x725

काठमाडौं– विवादास्पद व्यापारी अजय सुमार्गीले आफ्नो पक्षमा अन्तरिम आदेश जारी नभएको एक मुद्दा फैसलाको क्रममा पुगेपछि फिर्ता लिन लागेका छन्। 

२०७३ बैसाख २ गते दर्ता भएको विशालनगरको एक जग्गा सम्बन्धी विवादको निवेदन दुई वर्षपछि फिर्ताका लागि सुमार्गीले पुस १८ गते (बुधबार) निवेदन दिएको खुलेको हो। 

नयाँ प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा आएलगत्तै सुमार्गीले उक्त विवाद सम्बन्धी मुद्दा फिर्ताका लागि निवेदन दिएका हुन्। उक्त मुद्दाको पेशी न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र टंकबहादुर मोक्तानको इजलासमा शुक्रबार तोकिएको छ।

केही दिनपहिले मुक्ति श्री सिमेन्टका लागि भन्दै ट्याक्स अवैध रुपमा भित्र्याएको रकम खुल्ला गर्न सर्वोच्चले आदेश गरेको थियो। संसदीय सुनुवाइ समितिबाट अस्विकार भई विवादमा परेका न्यायाधीश दीपकराज जोशीको एकल इजलासले सुमार्गीको उक्त मुद्दामा अन्तरिम आदेश गरेका थिए। रोकिएको पैसा हतारहतार झिकेर सुमार्गीले सर्वोच्चमा रहेको जग्गा मुद्दाको निवेदन फिर्ता लिन निवेदन पेस गरेको बुझिएको छ।

सर्वोच्चले उक्त मुद्दामा फैसला गर्न सबै प्रक्रिया पूरा गरिसकेको थियो। सर्वोच्चले अन्तिम फाइलहरु समेत झिकाएर अन्तिम फैसलाका लागि पेशी तोक्ने तयारी रहेको समयमा सुमार्गीले यस्तो निवेदन दिएका हुन्। 

जग्गा विवाद लिएर सुमार्गी पहिलो पटक २०७३ बैसाख २ गते सर्वोच्च पुगेका थिए। उनको मुद्दामा पहिलो पेशी २०७३ बैशाख ५ गते तत्कालीन न्यायाधीश सुशीला कार्कीको इजलासमा रहेको थियो। त्यसबेला कार्कीले छलफलमा बोलाउँदै कारण देखाउ आदेश जारी गरेकी थिइन्। त्यसलगत्तै उक्त मुद्दाको पेशी न्यायाधीशद्धय दीपकराज जोशी र गोविन्दकुमार उपाध्यायको इजलासमा २०७३ बैसाख २८ गते पेशी रहेको थियो। तर उक्त इजलासले अन्तरिम आदेश जारी गर्न अस्विकार गर्यो।

प्राप्त प्रमाणका आधारमा सरकारको कार्य गैरकानुनी नदेखिएको सर्वोच्चको तत्कालीन ठहर थियो।  

यस्तो थियो विवाद 
फ्रान्सेली दूतावासले विशालनगरस्थित १९ रोपनी १२ आना २ पैसा जग्गा व्यापारी सुमार्गीलाई बिक्री गरेको थियो। सरकारी निर्णयभन्दा फरक ढंगले बिक्री गरेको भन्दै सरकारले त्यसमध्ये ९ आना जग्गा सरकारको नाममा फिर्ता ल्याउने निर्णय गर्‍यो।

Ncell 2
Ncell 2
nimb
nimb

तर, सुमार्गी सरकारको उक्त निर्णयविरुद्ध २०७३ बैसाख २ गते सर्वोच्च पुगे।

आफ्नो नाममा मालपोत कार्यालयबाट रजिस्ट्रेसन पास भएको जग्गा भोगचलन गर्ने हक सरकारसँग नभएको उनको दाबी थियो। सर्वोच्चले उनको तर्क पुष्टि गर्ने आधार नदेखिएको भन्दै अन्तरिम आदेश जारी नहुने निर्णय सुनायो। 

दूतावासले बेचेको मध्ये २ सय ८८ वर्गमिटर (करिब ९ आना) जग्गा मालपोत कार्यालय, डिल्लीबजारले २०७१ असार १७ गते नेपाल सरकारको नाममा कायम गरेको थियो। यो मुद्दामा पहिलो सुनुवाइ गर्दै सर्वोच्चले सरकारको निर्णय झिकाउन आदेश गरेको थियो।

Xtrem

Xtrem

सुमार्गीले दूतावाससँग काठमाडौं महानगरपालिका–५, विशालनगरस्थित कित्ता नम्बर १२९ को ३ हजार ६ सय ८६ वर्गमिटर, कित्ता नम्बर २८१ को ६ हजार २ सय ८१ वर्गमिटर गरी ९ हजार ९ सय ६७ वर्गमिटर जग्गा किनेका थिए। त्यसमध्ये ९ आना जग्गा सरकारले आफ्नो नाममा ल्याएको हो। 

बाटो विस्तार क्रममा सरकारलाई दिन नमानेको उक्त जग्गा दूतावासले पछि गैरकानुनी रूपमा हालसाबिक गर्दै सुमार्गीलाई बिक्री गरेको थियो।

दूतावासले आफ्नो नाममा रहेको जग्गा र त्यसमा रहेको भवन बिक्री गर्न विश्वव्यापी बोलपत्र आह्वानसमेत गरेको थियो। सोही प्रक्रियामार्फत जग्गा र भवन किनेका सुमार्गीले त्यसलाई २०७० चैत २१ गते मालपोत कार्यालयबाट निर्णय गराई आफ्नो कम्पनी मुक्ति श्री प्रालिका नाममा सारेका थिए।

मालपोत कार्यालय, डिल्लीबजारबाट बिक्री भएको जग्गा एक वर्षपछि सरकारको हिस्सा अलग नगरेको भन्दै कट्टा हुने निर्णय गरिएको थियो। यसअघि २०६७ चैत २२ गतेको मन्त्रिपरिषद्ले विस्तारित सडकका लागि फ्रान्सेली दूतावासबाट २ सय ८८ वर्गमिटर जग्गा नेपाल सरकारको नाममा कायम गर्ने निर्णय गरेको थियो। सरकारी निर्णय अटेरी गर्दै दूतावासले ग्लोबल टेन्डर गर्दै बिक्री गरेको थियो।

सुमार्गीले संविधान र कानुनले दिएको अधिकार उल्लंघन गरी सरकारले आफ्नो २ सय ८८ वर्गमिटर जग्गा लिएको आरोप लगाई सर्वोच्चमा रिट हालेका थिए। उक्त निवेदनमा पहिलो सुनुवाइ गर्दै कायममुकायम प्रधानन्यायाधीश सुशीला कार्कीको इजलासले सरकारको निर्णय मगाउने आदेश दिएको थियो। उक्त इजलासले अन्तरिम आदेशबाट मन्त्रिपरिषद् र मालपोत कार्यालयको निर्णयमा रोक लगाउने वा नलगाउने भन्नेबारे छलफल गर्न १० दिनको अवधि तोकी मन्त्रिपरिषद् कार्यालय लगायतलाई बोलाएको थियो।

विवाद पुरानै
सरकारले उक्त जग्गा मुक्ति टावरलाई बिक्री गर्नुपूर्व नै ४ सय ८३ वर्गमिटर सडक विस्तारका लागि छाडिदिन दूतावासलाई निर्देशन दिइसकेको थियो। तर, दूतावासले निर्देशन अटेरी गर्दै सबै जग्गा हालसाबिक गरी बेचेको थियो। यसबारे छानबिन गर्न प्रहरीको अनुसन्धान ब्युरो र भूमिसुधार विभागले संयुक्त टोली खटाएका थिए। दुवै निकायको अनुसन्धानले उक्त जग्गामा सरकारकै हक लाग्ने देखाएपछि भूमिसुधारले सरकारको जग्गा कट्टा गरी स्रेस्ता कायम गर्न मालपोत कार्यालयलाई पत्र लेखेको थियो।

फ्रान्सले राजदूत निवास बेचेर ६३ करोड रुपैयाँभन्दा बढी रकम आफ्नो मुलुक लगिसकेको छ। दूतावासले हालसाबिक गर्दा केही जग्गा घटेको दाबी गर्दै सरकारलाई दिन नसक्ने तर्क गर्दै आएको थियो। हालसाबिक गर्दा ९६ दशमलव ११ वर्गमिटर जग्गा भएको दाबी दूतावासको थियो। फ्रान्सले २०३७ माघ १३ मा उक्त जग्गा आफ्नो नाममा ल्याएको थियो। २०७० बैसाख ५ मा दूतावासलाई जग्गा बिक्री गर्न सरकारले स्विकृति दिएको थियो।

दूतावास आफैंले सबै जग्गा बेच्यो वा कर्मचारीसितको मिलेमतोमा सुमार्गीले ९ हजार ५ सय ८० दशमलव ५१ बर्गमिटरको रकम बुझाएर पूरा कम्पाउन्ड लिए, त्यसबारे भूमिसुधारले अहिले पनि छानबिन गरिरहेको छ।

सार्वजनिक सरोकारको निवेदन भएको भए फिर्ता लिन मिल्दैन। व्यक्तिगत मुद्दा फिर्ता लिन मिल्ने अदालती बन्दोबस्तको व्यवस्था भए पनि तीन वर्षपछि सुमार्गी किन पुगे सर्वोच्च? रहस्यमय देखिन्छ।

प्रकाशित मिति: शुक्रबार, पुस २०, २०७५  १२:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
१७ अर्ब नाघ्यो प्रधानमन्त्री राहत कोषमा मौज्दात
बिर्तामोड नयाँ बसपार्कबाट १ हजार १ सय बोतल अमिलो बरामद गरी नष्ट
एग्रिमोका लागि आयो प्रस्तावित भारतीय राजदुतको नाम
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
१७ अर्ब नाघ्यो प्रधानमन्त्री राहत कोषमा मौज्दात बुधबार, असोज २१, २०८३
बिर्तामोड नयाँ बसपार्कबाट १ हजार १ सय बोतल अमिलो बरामद गरी नष्ट बुधबार, असोज २१, २०८३
एग्रिमोका लागि आयो प्रस्तावित भारतीय राजदुतको नाम बुधबार, असोज २१, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
कांग्रेसकाे नेता बन्न तम्सिए पत्रकार, काे कुन पदमा? बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्