काठमाडौं– सर्वोच्च अदालतको प्रधानन्यायाधीश भए लगत्तै चोलेन्द्र शमशेर राणाले देशभरका अदालतमा सुक्ष्म निगरानी गर्ने संयन्त्र सुरु गरेका छन्।
राणाले संसदीय सुनुवाइ समितिमा गरेको प्रतिवद्धता अनुसार अदालतलाई भ्रष्टाचार र विचौलियारहित बनाउनका लागि पहिलो दिन नै बैठक बसेर केही कदम चालेका छन्।
न्याय परिषद्को उच्च स्तरीय न्यायिक अनुगमन समितिले जिल्ला अदालत ललितपुरको अनुगमन गरेको छ। अनुगमनका लागि न्याय परिषद्का सचिव नृपध्वज निरौला गएका थिए।
संवैधानिक इजलासमा तोकिए न्यायाधीश
सर्वोच्च अदालत अन्तर्गतको संवैधानिक विवादमा मुद्दा हेर्न इजलासमा नयाँ न्यायाधीश तोकिएका छन्।
पाँच जना रहने इजलासमा प्रधानन्यायाधीश राणासहित दीपकुमार कार्की,केदारप्रसाद चालिसे,मीरा खड्का र हरिकृष्ण कार्की रहने छन्। आज बसेको न्याय परिषद्को बैठकले यस्तो निर्णय गरेको हो।
जोशीको जिम्मेवारी खोसियो
हिजोदेखि पेसी नतोकिएका न्यायाधीश दिपकराज जोशीको जिम्मेवारीसमेत राणाले खोसेका छन्।
आज मेलमिलाप परिषद्को अध्यक्ष खोसेर अर्का न्यायाधीश ईश्वरप्रसाद खतिवडालाई दिएका छन्।
उच्च अदालत जनकपुरमा बेथिति भएको भन्दै न्याय परिषद्ले उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश हरिकुमार पोखरेललाई पठाएको छ।
परिषद्ले न्यायाधीशहरू माथि पर्ने उजुरीहरूको छानबिनका लागि प्रधानन्यायाधीशको संयन्त्र सक्रिय बनाउने निर्णयसमेत गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।