काठमाडौं- विशेष अदालतले सशस्त्र प्रहरीका पूर्व एआइजी ऋषभदेव भट्टराईलाई भ्रष्टाचारी ठहर गरेको छ। भट्टराईले पदमा रहँदा १ करोड २१ लाख ४९ हजार ६ सय ५६ रुपैयाँ बराबर सम्पत्तिको स्रोत उल्लेख गर्न नसकेको ठहर गर्दै भ्रष्टाचारी ठहर गरेको छ।
विशेषले उनलाई नौ महिना कैद र ७९ लाख ८७ हजार २ सय २५ बिगो र सोही बराबर जरिवाना हुने फैसला सुनाएको हो।
विशेष अदालतका न्यायाधीशहरु चण्डीराज ढकाल, प्रमोदकुमार श्रेष्ठ वैद्य र नारायणप्रसाद पोखरेलको इजलासले उनलाई दोषी ठहर गरेको हो। अख्तियारले १ करोड ९१ लाख ९६ हजार ३६ हजार ८ सय ८१ रुपैयाँ ४५ पैसा बराबरको सम्पत्तिको स्रोत नखुलेको दाबीसहित मुद्दा दायर गरेको थियो।
विशेषले उनको कुल सम्पत्ति ३ करोड १७ लाख ६७ हजार भएको र त्यसमध्ये १ करोड २६ लाख ३० हजार २ सय ४९ रुपैयाँको मात्र स्रोत खुलेको ठहर गरेको छ। भट्टराई सशस्त्रबाट अवकाशपछि नयाँ शक्तिको नेता भएका थिए।
अख्तियारले उनी विरुद्ध २०७३ मंसिर ८ गते अकुत सम्पत्तिको मुद्दा दायर गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।