काठमाडौं- निलम्बित सांसद रेशम चौधरीले टीकापुर घटनाको न्यायपूर्ण छानबिन हुनुपर्ने बताएका छन्। आज सिंहदरबारमा सभामुख कृष्णबहादुर महाराबाट सपथ ग्रहण गरेपछि पत्रकारसँग कुरा गर्दै उनले 'घटना हुँदा सुरक्षाकर्मी सँगै थिएँ, म कसरी दोषी भएँ?' भनेर प्रश्न गरेका छन्।
'म न्यायको पर्खाइमा छु,' उनले भने, 'माला लागाएर जेल जाँदैछु।'
घटनाबारे गम्भीर छानबिन हुनुपर्ने र न्यायालयले न्याय दिनुपर्ने उनले बताए। 'मिडियाले सोधी दिनुहोला,' उनले थपे, 'मेरो संसद्को लोगोको महत्व कति रह्यो?'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।