काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा संबाेधन नगर्ने भएका छन्। प्रतिनिधिसभाको चालू तेस्रो अधिवेशनलाई प्रधानमन्त्री ओलीले आज पहिलो पटक सम्बोधन गर्ने कार्यक्रम थियाे।
यही पुस ११ गतेबाट सुरु भएको सङ्घीय संसदको चालू अधिवेशनमा प्रधानमन्त्री ओलीले आज मध्याह्न समसामयिक विषयमा सम्बोधन गर्ने कार्यक्रम रहेको भएपनि आइतबार सममका लागि सम्बाेधन स्थगित भएकाे बताइएकाे छ। अब ओलीले आइतबार मात्रै संसदमा संवाेधन गर्नेछन्।
सरकारको काम प्रभावकारी बनाउन संसद्मा आवाज उठिरहेका बेला आज प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने बताइएकाे थियाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।