काठमाडौं– संसद्को सार्वजनिक लेखा समितिद्वारा गठित उपसमितिले नेपाल वायुसेवा निगमले खरिद गरेको दुई वटा वाइडबडी जहाजमा अनियमितता भएको भन्दै त्यसमा संलग्न झन्डै तीन दर्जन पदाधिकारीलाई दोषी आरोपित गरेको छ।
अनियमितता गरेको आरोपमा उपसमितिले बहालवाला संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित २ पूर्व पर्यटनमन्त्री, निगम महाप्रबन्धकसहित सञ्चालक समितिका सदस्य र विभिन्न निकायका विभागीय प्रमुखसहित ३४ जनालाई दोषी करार गरेको छ।
विमान खरिदका विभिन्न चरण र प्रक्रियामा ती पदाधिकारीको संलग्नता रहेको आरोप उपसमितिद्वारा तयार गरिएको प्रतिवेदनमा उल्लेख छ। 'विमान खरिदका लागि गठित अध्ययन उपसमिति, लागत मूल्य र बोलपत्र सिफारिस तथा स्वीकृत गर्ने पदाधिकारीहरु दोषी रहेकाले उनीहरुलाई तत्काल निलम्बन गरी थप अनुसन्धान गर्न निर्देशन दिने,' उपसमितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई दिनुपर्ने निर्देशनमा उल्लेख गरेको छ।
सांसद राजन केसीको संयोजकत्वमा गठित उपसमितले जहाज खरिदमा करिब ४ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ अनियमितता भएको ठहरसहितको प्रतिवेदन लेखा समितिमा बुधबार पेस गरेको छ।
उपसमितिले ठहर गरेका दोषीहरु
रविन्द्र अधिकारी – मन्त्री, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
जितेन्द्र नारायण देव – पूर्वमन्त्री, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
जीवनबहादुर शाही – पूर्वमन्त्री, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
अन्य पदाधिकारीहरू
टेकराज आचार्य
बुद्धिसागर लामिछाने
निमानुरु शेर्पा
मुक्तिराम पाण्डे
सुगतरत्न कंसाकार
प्रेमकुमार राई
शंकरप्रसाद अधिकारी
शिशिरकुमार ढुंगाना
महेश्वर न्यौपाने
सूर्यप्रसाद आचार्य
जिवनप्रकाश सिटौला
अच्युतराज पहाडी
सुरेश आचार्य
कृष्णप्रसाद देवकोटा
रमेशबहादुर शाह
रामहरी शर्मा
अच्युतराज पहाडी
पारस पौडेल
प्रभाषकुमार कर्माचार्य
जनकराज कालाखेती
श्रवण रिजाल
पुष्पलाल पोते
बृहतमान तुलाधर
गणेशबहादुर चन्द
रविन्द्रबहादुर शेरचन
कर्णबहादुर थापा
रवीन्द्र श्रेष्ठ
उपेन्द्र पौडेल
उमेश पौडेल
युवराज अधिकारी








नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।