काठमाडौं- नेपाल वायुसेवा निगमले खरिद गरेको दुई वटा वाइडबडी जहाजमा ४ अर्ब ३५ करोड ५६ लाख घोटाला भएको सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले ठहर गरेको छ। राजन केसीको उपसमितिले तयार गरेको प्रतिवदेनमा जहाज खरिद गर्दा ४ शीर्षकमा आर्थिक हिनामिना भएको देखाइएको छ।
जहाज खरिद प्रक्रियामा २४३ मेट्रिक टनको जहाज भनेर उल्लेख गरे पनि २ सय ३० मेट्रिक टनको जहाज ल्याउँदै ८४ लाख अमेरिकी डलर अर्थात् ९४ करोड रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको प्रतिवेदनमा उल्लेख छ।
यसैगरी एयरबस कम्पनीको तत्कालीन मूल्य र छुट रकमलाई नलिई गलत मनासयले ८ वर्ष पुरानो मूल्यमा वार्षिक मूल्यवृद्धि समायोजन गरेको प्रतिवदेनमा उल्लेख छ।
यसरी नयाँ जहाजको मूल्यलाई लागत अनुमान बनाई प्रतिजहाज ११ करोड ८१ लाख ६३ हजार ७ सय ७३ निर्धारण गरिएको उल्लेख छ। तर, बोलपत्रमा १ हजार घन्टासम्म उडेको र सन् २०१४ पछि निर्मित भएको विमान हुनुपर्ने सूचना जारी गरी एयरबसबाट पाउने छुट रकमका हिनामिना गरेको उपसमितिले समितिमा बुझाइको प्रतिवेदनमा उल्लेख छ। यसरी जहाज खरिदको छुट रकम अन्तर्गत २ अर्ब ६४ करोडभन्दा बढी आर्थिक हिनामिना गरेको प्रतिवेदनमा उल्लेख छ।
यस्तैगरी, जहाज खरिदमा एयरबसलाई मात्रै लागू हुने गरी मूल्य समायोजन हुने व्यवस्थमाबाट ६८ करोड भन्दा बढी आर्थिक हिनामिना गरेको प्रतिवदेनमा उल्लेख छ।
साथै जहाज निर्माणको क्रममा पूर्व निरीक्षणका नाममा विभिन्न संस्थाका ३८ जना कर्मचारीलाई भ्रमणमा लैजाँदासमेत एक करोडभन्दा बढी हिनामिना भएको प्रतिवदेनमा उल्लेख छ।
के छ प्रतिवेदनमा?
थप समाचारहरु
वाइडबडी खरिद प्रकरण : मन्त्री अधिकारीसहित दुई पूर्वमन्त्रीमाथि कारबाही सिफारिस, यस्तो छ आरोप
वाइडबडी खरिद प्रकरण : दुई सचिवसहित निगमका महाप्रबन्धक कंसाकारलाई निलम्बनको सिफारिस
वाइडबडी जहाज प्रकरण : बिक्रीको वास्तविक मूल्यसहित विवरण पठाउन 'हाइफ्लाई एक्स'लाई पत्र
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।