काठमाडौं- नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले वरिष्ठ न्यायाधीश दीपकराज जोशीलाई नयाँ पेसी नतोक्ने घोषणा गरेका छन्।
प्रधानन्यायाधीशको सपथपछि कार्यभार सम्हाल्न सर्वोच्च अदालत पुगेका राणाले अदालतको सम्मान गरिदिन पनि जोशीलाई आग्रह गरेका छन्। 'संसदीय सुनुवाइबाट अस्विकृत भएको अवस्थामा संसद र अदालतको सम्मान गर्नुपर्छ,' राणाले भने, 'आज र उपरान्त मेरा मित्र दीपकराज जोशीलाई कुनै पनि मुद्दाको पेसी तोक्नेछैन।'
अदालतलाई बन्धक बनाइराख्नु नहुने भन्दै राणाले जोशीलाई राजीनामा दिन पनि आग्रह गरेका छन्।
न्याय परिषदबाट प्रधानन्यायाधीशमा सिफारिस जोशी संसदीय सुनुवाइबाट अस्विकृत भएका थिए।
ओमप्रकाश मिश्रले हिजोबाट अवकाश लिएपछि ६७ वर्ष पुरानो इतिहास बोकेको सर्वोच्चको २८औं नेतृत्व अब राणाले सम्हाल्दैछन्।
उनी अब करिब ४ वर्षसम्म सर्वोच्चको नेतृत्वमा रहनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।