काठमाडौं- संसदीय सुनुवाइ विशेष समितिबाट सर्वसम्मत अनुमोदित चोलेन्द्र शमशेर राणाले प्रधानन्यायाधीशको सपथ लिएका छन्।
राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई आज पद तथा गोपनीयताको सपथ गराइन्।
ओमप्रकाश मिश्रले हिजोबाट अवकाश लिएपछि ६७ वर्ष पुरानो इतिहास बोकेको सर्वोच्चको २८औं नेतृत्वमा राणाको काँधमा आइपुगेका छन्।
उनी अब करिब ४ वर्षसम्म सर्वोच्चको नेतृत्वमा रहनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।