भेटिकन सिटी– राजनीति जसले शासन गर्छ उसका लागि मात्र नभएको प्रमुख क्रिश्चियन धर्मगुरू पोप फ्रान्सिसले मंगलबार बताएका छन्।
राजनीति सबैको संलग्नताका लागि भएको उनको तर्क थियो।
'हामीले राजनीति शासकहरूका लागि रिजर्भ हो भन्ने सोच्नु हुँदैन,' उनले भने।
'जसरी सहरलाई ठीक अवस्थामा राख्न हामी सबै जिम्मेवार रहनुपर्छ र राजनीतिमा पनि केही हदसम्म त्यही ठीक हो र हामी सबैले शान्तिका लागि काम गर्नुपर्छ।'
पोपले ५२ औं विश्व शान्ति दिवसका अवसरमा सेन्ट पिटर्स स्क्वाएरमा गरेको सम्बोधनमा नागरिकले राजनीति शासकको हो उनीहरूले नै समाज विकास र शान्तिका लागि काम गर्नुपर्छ भने।
शासकले गर्ने राजनीतिको हिस्सा जनताले लिने र सही निर्णयका लागि अग्रसर हुनुपर्ने उनले आग्रह गरे।
पोप पाउल छैठौंले जनवरी १ लाई विश्व शान्ति दिवसका रूपमा घोषणा गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।