मेलवर्न– अस्ट्रेलियाको बिग बास लिग (बिबिएल) टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत मेलवर्न डर्बीको खेल हेर्न नेपाली राष्ट्रिय टिमका कप्तान पारस खड्का एमसिजी मैदानमा पुगेका छन्।
मेलवर्न स्टार्स र मेलवर्न रेनेगेड्सबीचको खेल हेर्नका लागि खड्का एमसिजी मैदान पुगेका हुन्। स्टार्समा नेपालका युवा लेग स्पिनर सन्दीप लामिछाने पनि आवद्ध छन्। खड्का लामिछानेलाई हौसला बढाउन मैदान पुगेका हुन्।
खड्कालाई स्टार्सको प्लेयर बक्समै बसेर सुविधा भएपनि उनी दर्शक बस्ने प्याराफिटमा गएर खेल हेरिरहेका छन्। खेलका हेरिरहदा संक्षिप्त प्रतिक्रिया दिँदै खड्काले भने,' यो म्याच म इन्जोय गरिरहेछु। सन्दीपले सदाझै उत्कृष्ट प्रदर्शन गर्छन् लागिरहेको छ।'
कप्तान खड्का क्रिकेट फेस्टिबलका लागि अस्ट्रेलिया भ्रमणमा छन्।
सन्दीपले यसअघिका सुरुवाती ३ खेलमा ७ विकेट लिएका थिए। त्यसपछि अस्ट्रेलियाभर चर्चा कमाएका सन्दीपले लगातार चौथो खेलमा पनि विकेट लिने क्रममा रेनेगेड्सका कप्तान टस कुपरलाई बोल्ड गरेका छन्। उनले यसअघिका ३ खेलमा पनि विपक्षी टिमका कप्तानकै विकेट लिएका थिए।
खेलमा अहिले रेनगेड्सले टस हारेर पहिले ब्याटिङ गरिरहेको छ।



नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।