काठमाडौं– नेपालका युवा लेग स्पिनर सन्दीप लामिछानले मंगलबार अस्ट्रेलियाको बिग बास लिग (बिबिएल) मा आज चौथो खेल खेल्दैछन्।
मेलवर्न स्टार्सका मुख्य बलर सन्दीपले मेलवर्न डर्बीमा मेलवर्न रेनेगेर्सविरुद्ध खेल्न लागेका हुन्। खेल नेपाली समयअनुसार २ बजे सुरु हुनेछ। सन्दीपले यसअघि ३ खेल खेल्दै ७ विकेट लिइसकेका छन्।
यो खेलपछि सन्दीप बंगलादेश प्रिमियर लिग (बिबिएल) खेल्न बंगलादेश जाने कार्यक्रम छ।
बिबिएलमा आवद्ध हुनुअघि बिबिएल टिम सिल्हेट सिक्सरमा आवद्ध भएका सन्दीप बंगलादेश जान लागेका हुन्। उनी जनवरी ५ मा बंगलादेश जानेछन्। बिपिएलको समाप्तीपछि उनी पुनः अष्ट्रेलिया फर्किने बताइएको छ।
यसबीचमा सन्दीपले नेपाली राष्ट्रिय टिमबाट युएईविरुद्धको एकदिवसीय सिरिज र टी–२० सिरिज पनि खेल्नेछन्। सोमबार घोषणा गरिएको प्रारम्भिक राष्ट्रिय टिममा सन्दीप पनि छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।