हेटौंडा– प्रदेश नम्बर ३ का सभामुख सानुकुमार श्रेष्ठले प्रदेश राजधानी र नामकरणको विषय सर्वसम्मत निर्णय गर्नका लागि पर्खिएको बताएका छन्।
संसद् सचिवालय हेटौंडाको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले प्रदेश राजधानीको विषय टुङग्याउनका लागि अदालतमा मुद्दा परेको र राजनीतिक सहमति पनि नजुटेकाले तत्काल टुङ्गो लगाउनका लागि समस्या भएको बताए।
सभामुख श्रेष्ठल प्रदेश नं ३ को हिउँदे अधिवेशन बिहीबारबाट सकिएको छ भने एक महीनापछि वर्षे अधिवेशन बस्ने गृहकार्य भइरहेको जानकारी दिए।
उपसभामुख राधिका तामाङले नगर, महानगर, गाउँपालिकाका उपाध्यक्षको अधिकार कानूनमा उल्लेख भएर आए पनि उपसभामुखको अधिकार कानूनमा नै उल्लेख नहुँदा समस्या भएको बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।