काठमाडौं– सहिद स्मारक 'ए' डिभिजन लिगमा त्रिभुवन आर्मी क्लबले सरस्वती युथ क्लबलाई ४–० गोलले पराजित गरेको छ।
शुक्रबार भएको खेलमा आर्मीका लागि कप्तान भरत खवासले २ गोल गरे।
खेलको छैटौं मिनेटमा नवयुग श्रेष्ठले गोल गरेर आर्मीलाई अग्रता दिलाए। उनले हेडमार्फत बललाई जाली चुमाए।
२८ मिनेमा सरस्वती १० खेलाडीमा सीमित बन्यो। सुसन लामा दोस्रो पहेँलो कार्ड पाउँदै मैदान छाड्न बाध्य भए। उनले खराब ट्याकल गरेको कारण आर्मीले पेनाल्टी अवसर पायो। पेनाल्टीमा भरत खवासले गोल गरे।
६२ मिनेटमा आर्मीले तेस्रो गोल गरे। यसपटक पनि कप्तान भरतले फ्रिकिकमार्तफ बललाई गोलपोस्टको दिशा लियो।
८० मिनेटमा आर्मीको अग्रता ४–० मा पुग्यो। आर्मीका कप्तान भरतको क्रस रोक्ने क्रममा सरस्वतीका ओलुसोला इब्राहिमले आफ्नै पोस्टमा गोल गरेका थिए।
जितसँगै आर्मीले ११ खेलमा २१ अंक जोडेको छ। आर्मी लिग अंक तालिकाको चौथो स्थानमा छ। सरस्वती भने ११ खेलबाट १० अंक जोड्दै दशौं स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।