काठमाडौ- राष्ट्रियसभा सदस्य कोमल वलीले ‘नो एक्सिडेन्ट, नो ड्यामेज’ अभियान चलाउन सरकारसँग माग गरेकी छन्।
दाङको राम्रीमा केही दिनअघि भएको घटनाबाट आफू निकै दुःखी रहेको भन्दै उनले यस्तो अभियान चलाउन माग गरिन्। ‘अब ‘नो एक्सिडेन्ट, नो ड्यामेज’ अभियान चालाउनुपर्छ,’ राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा बोल्दै उनले भनिन्, ‘अब यस्ता दुर्घटनाका समाचार सुन्न नपरोस्।’
त्यस्तै उनले हुलाकी राजर्माग अन्तर्गत बन्नुपर्ने पुलमा प्रगति सन्तोषजनक नभएको गुनासो गरिन्। भारतले सहयोग नगरेको भए आन्तरिक स्रोतबाटै बनाउनुपर्नेमा समेत उनले जोड दिइन्।
राष्ट्रिय गौरवका आयोजनाको प्रगति सन्तोषजनक नभएको भन्दै उनले छुट्टै संयन्त्र बनाएर काम गर्नुपर्ने आवश्यकता औंल्याइन्।
डोल्पा पनि सडक सञ्जालमा जोडिएको भन्दै त्यहाँका जनता र सरकारलाई उनले बधाइ दिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।