काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सरकारको बचाउमा तीन घन्टाभन्दा बढी समय खर्चेका छन्। बिहिबार बसेको नेकपा स्थायी समितिको बैठकमा उनले सरकारले गरेका कामको व्याख्या गरेका थिए।
वाइडबडी विमान खरीद प्रकरणदेखि निर्मला पन्तको हत्यासम्मका विषयमा सरकारको चर्को आलोचना भइरहेक बेला ओलीले सरकारको बचाउ गरेका हुन्।
अध्यक्ष ओलीले सम्बोधनका क्रममा विभिन्न विषयमा आफ्ना धारणा व्यक्त गरेका थिए।
वाइड बड़ी खरिद प्रक्रियामा भएको अनियमितता बारे जाँचबुझ गर्न छानबिन टोली बनाउने प्रधानमन्त्री ओलीले स्थायी समितिमा बताएका थिए।
पार्टीको एकीकरणका विषयमा कुरा गर्दै ओलीले पुस महिनाभित्र एकीकरण सक्न कार्यदल बनाउने प्रस्ताव गरेका छन्।
बिहीबारकाे बैठकमा अध्यक्ष ओलीले पार्टी एकीकरण ढिलो भएपनि पुसभित्र एकीकरण सक्न प्रस्ताव गरेका हुन्।
यसका साथै सरकार र पार्टीका सम्बन्धमा आएका गुनासा सम्बोधन गर्ने बताइएको छ।
अध्यक्ष ओलीले पार्टी र सरकारले सार्वभाैमिकता, राष्ट्रिय अखण्डता, राष्ट्रिय एकता र स्वाभिमानलाई कुनै पनि हालतमा नछाेड्ने र त्यसैलाई केन्द्रमा राखेर काम गर्ने बताएका थिए।
माघमा तल्लाे कमिटीकाे भेला गर्ने र फागुन चैतमा राष्ट्रिय अभियान सञ्चालन गर्ने ओलीकाे प्रस्ताव छ।
कार्यदल बारे छलफल गर्न भाेलि बिहान ८ बजे पुन: बैठक बस्ने प्रवक्ता नारायण काजी श्रेष्ठले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।