काठमाडौं- सरकारले आफ्नै लगानीमा ३ सय विद्युतीय बस खरिद गर्ने निर्णय गरेको छ।
गत शुक्रबार तथा सोमबार बसेको मन्त्रि परिषद् बैठकले उक्त निर्णय गरेको मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्न बोलाइएको पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रिविधि मन्त्री तथा सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले उक्त कामका लागि प्रक्रिया अघि बढाउने नीतिगत निर्णय लिइएको जानकारी दिएका हुन्।
यसैगरी सरकारले विभिन्न देशमा रिक्त रहेका राजदूत नियुक्ति सम्बन्धमा समेत निर्णय गरेको छ। बंगलादेश, दक्षिण कोरिया र स्पेनका लागि नेपाली राजदूतलाई फिर्ता बोलाएको छ।
तात्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले नियुक्ति गरेको बंगलादेशका लागि राजदूत रहेका डा. चोपलाल भुसाल, स्पेनका लागि नेपाली राजदूत भरतबहादुर रायमाझी र दक्षिण कोरियाका लागि नेपाली राजदूत अर्जुन जंगबहादुर सिंहलाई फिर्ता बोलाइएको हो।
साथै सरकारले थप ५ देशका लागि राजदूतहरुको नियुक्ति सिफारिस पनि गरेको छ। गत पुस ६ गते र ९ गते बसेको मन्त्रिपरिषद बैठकले परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल दीपक अधिकारीलाई फ्रान्स, सहसचिवहरु दुर्गाप्रसाद भण्डारीलाई कुवेत, भृगु ढुंगानालाई क्यानडा, सहसचिव मणिप्रसाद भट्टराईलाई संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधि र गणेशप्रसाद ढकाललाई थाइल्याण्डका लागि राजदूत नियुक्तिको सिफारिस गरेको छ।
मन्त्रिपरिषको बैठकले अमेरिकासँग पर्यटकीय भिषा पारस्परिक गर्ने प्रस्ताव मन्त्रिपरिषद बैठकले अनुमोदन गरेको छ। सूचना, प्रविधि तथा सञ्चारमन्त्री गोकुल बाँसकोटाले बैठकका निर्णय सार्व्जिनक गर्दै नयाँ व्यवस्था अनुसार पर्यटक भिषामा नेपाल आउनेहरुलाई ५ वर्षे बहुप्रवेशी भिषा प्रदान गरिने जानकारी दिए।
नया व्यवस्था अनुसार पाँच वर्षे भिसाले १ सय ८० दिन सम्म नेपालमा बस्न पाइनेछ भने बहुप्रवेशी भिषा लिँदा अमेरिकी र नेपाली पर्यटक दुवैले १ सय ६० अमेरिकी डलर बुझाउनु पर्नेछ।
यो निर्णयअनुसार अब दुई देशबीच भिषा शुल्क बराबरी भएको छ। नयाँ व्यवस्था सन् २०१९ जनवरी १ देखि लागू हुने संचारमन्त्रि बास्कोटाले जानकारी दिए।
यस्ता छन् अन्य निर्णय


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।