काठमाडौं- राष्ट्रियसभाका सांसदहरूले विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार नभई निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण काम अघि नबढाउन सरकारलाई सचेत गराएका छन्।
संघीय संसद अन्तर्गत राष्ट्रिय सरोकार तथा समन्वय समितिको मंगलबार सिंहदरबारमा बसेको बैठकमा बोल्दै राष्ट्रिय सभाका सांसद सुरेन्द्रराज पाण्डेले भने, 'विमानस्थल निर्माणको काम सूरु गर्नु अघि नै स्थानीय जनताको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउँछु। स्थानीय जनताको उचित बसोबासको व्यवस्था गरेर मात्रै आयोजना अघि बढाउन उपयुक्त हुने देखिन्छ।'
राष्ट्रियसभाकै अर्का सांसद खिमलाल भट्टराईले सो आयोजना निर्माण कार्यमा ढिलाई नगर्न सरकारको ध्यानाकर्षण गराए। स्थानीय जनताले पनि सो आयोजना निर्माण कार्य अघि बढाउन आग्रह गरिरहेको स्मरण गराउँदै उनले तोकिएकै समयमा सम्पन्न हुने गरी विमानस्थल निर्माण कार्य अघि बढाउनुपर्ने आवश्यकता औंल्याएका थिए।
आगामी ४ वर्ष भित्र सम्पन्न गर्ने लक्ष्य लिइएको राष्ट्रिय गौरवको सो आयोजनाको लागत १ खर्ब २० अर्ब हुने प्रारम्भिक अनुमान छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।