• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २३, २०८३ Mon, Nov 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

राजासँग सहकार्य गरेर माओवादी नेतृत्वमा सरकार बनाउन प्रचण्ड–बाबुरामको प्रस्ताव आएको थियो : कमल थापा

64x64
नेपाल लाइभ शनिबार, असोज १७, २०८३  २०:१८
1140x725

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता एवं पूर्वउपप्रधानमन्त्री कमल थापाले वि.सं. २०६४ सालको पहिलो संविधानसभा निर्वाचन हुनुभन्दा दुई साताअघि तत्कालीन नेकपा (माओवादी) का शीर्ष नेताहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’ र डा. बाबुराम भट्टराईले पूर्व राजा ज्ञानेन्द्र शाहसँग गोप्य सहकार्यको प्रस्ताव पठाएको खुलासा गरेका छन् ।  

थापाले आफ्नो नयाँ पुस्तक ‘रिइम्याजिनिङ नेपाल’ मार्फत यो दाबी सार्वजनिक गरेका हुन् । 

पूर्वउपप्रधानमन्त्री थापाकाअनुसार २०६४ चैत २८ मा सम्पन्न पहिलो संविधानसभा निर्वाचनको प्रचारप्रसार चलिरहेकै बेला चैत ११–१२ गतेतिर डा. बाबुराम भट्टराईले उनलाई सम्पर्क गरेका थिए । अमृत साइन्स कलेजका सहपाठीसमेत रहेका डा. भट्टराईले काठमाडौँको बालाजुस्थित एक गोप्य स्थानमा थापासँग भेटवार्ता गरी ‘संविधानसभा चुनाव गरेर फाइदा नभएको’ भन्दै राजालाई मनाएर माओवादी नेतृत्वमा सरकार गठन गराउन मध्यस्थता गरिदिन आग्रह गरेका थिए ।

Ncell 2
Ncell 2
nimb
nimb

उक्त सन्देश लिएर आफू नारायणहिटी दरबार पुग्दा तत्कालीन राजा ज्ञानेन्द्रले यो प्रस्ताव बाबुराम भट्टराईको मात्र हो कि प्रचण्डको पनि भनी प्रश्न गरेको थापाले उल्लेख गरेका छन् । त्यस लगत्तै भोलिपल्ट बिहान बालाजुमै प्रचण्ड र बाबुराम दुवैसँग संयुक्त भेट भएको र सो भेटमा ‘प्रचण्ड’ले समेत उक्त प्रस्तावको पुष्टि गर्दै राजासँग सहकार्यको वातावरण बनाउन आग्रह गरेको थापाको दाबी छ । थापाकाअनुसार सोही छलफलका क्रममा माओवादी नेताहरूले कम्बोडियाको जस्तो मोडल वा ‘सांस्कृतिक राजा’ को अवधारणा अघि सारेका थिए  ।

यद्यपि, राजा ज्ञानेन्द्रसमक्ष उक्त कुरा पुर्‍याउँदा ‘संसद्वादी प्रजातान्त्रिक शक्तिहरूलाई बाहिर राखेर (माइनस गरेर) माओवादीसँग मात्र हात नमिलाउने’ स्पष्ट अडान लिएपछि त्यो प्रयास त्यहीँ टुंगिएको थापाले पुस्तकमा उल्लेख गरेका छन् । त्यस भेटको केही दिनपछि नै डा. भट्टराईले बुटवलको एक आमसभामा ‘सांस्कृतिक राजा’ को प्रसंग सार्वजनिक रूपमा उठाएको विवरणसमेत थापाले स्मरण गरेका छन् ।  

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

उनले भने, ‘२०६४ सालको संविधानसभा निर्वाचनअघि मेरा सहपाठी डा. बाबुराम भट्टराईले मलाई भेटेर राजालाई मनाएर माओवादीसँग सहकार्य गरी सरकार गठन गर्न प्रस्ताव राख्न आग्रह गर्नुभयो । मैले राजालाई यो कुरा सुनाएँ । राजाले यो बाबुरामको मात्र प्रस्ताव हो कि प्रचण्डको पनि हो भनेर सोध्नुभयो । भोलिपल्ट बाबुराम र प्रचण्ड दुवैसँग भेट भयो। प्रचण्डले पनि यही प्रस्ताव सही भएको बताउनु भयो । राजसंस्थाको स्वरूपबारे कुरा हुँदा बाबुरामजीले ‘सांस्कृतिक राजा’को अवधारणा उल्लेख गर्नुभयो। तर पछि राजाले प्रजातान्त्रिक दलहरूलाई बाहिर राखेर माओवादीसँग मात्र सहकार्य नगर्ने बताएपछि यो प्रसंग त्यहीँ टुंगियो । २०६२/६३ को आन्दोलनका बेला राजाले सत्ता हस्तान्तरण गर्ने निर्णय गरिसकेको बताउँदै कुनै जनधनको क्षति नहोस् भन्नुभएको थियो । उहाँले स्पष्ट रूपमा भन्नुभएको थियो, कुनै जनधनको क्षति हुनु हुँदैन । अन्तिम चरणमा उहाँले भारतीय दूत आउँदा नयाँ प्रधानमन्त्रीसँग भेट हुने गरी सत्ता हस्तान्तरण गर्ने बताउनुभएको थियो ।’

यसैगरी, पुस्तकमा २०६२/०६३ को जनआन्दोलन उत्कर्षमा पुगेको बेलाको अर्को संवेदनशील घटना पनि खुलासा गरिएको छ । तत्कालीन गृहमन्त्री थापाका अनुसार राजा ज्ञानेन्द्रले २०६३ वैशाख ६ गते नै आन्दोलनकारीलाई कुनै मानवीय क्षति हुन नदिई सत्ता हस्तान्तरण गर्ने निर्णय लिँदै पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई सरकारको नेतृत्व सुम्पने तयारी गरेका थिए । भारतीय प्रधानमन्त्रीका विशेष दूत डा. कर्ण सिंह नेपाल आउनुअघि नै नेपालले बाह्य दबाबबिना आफ्नै निर्णयबाट निकास निकालेको सन्देश दिन राजाले यस्तो रणनीति बनाएको थापाको दाबी छ । 

प्रकाशित मिति: शनिबार, असोज १७, २०८३  २०:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
घोप्टेभिरमा सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध
एनपीएलमा आज दुई खेल, कर्णाली र पोखरा तथा चितवन र काठमाडौं भिड्दै
सिड्नीमा आप्रवासन विरोधी प्रदर्शन
सम्बन्धित सामग्री
तिहार, नेपाल संवत् र छठको शुभकामनासँग गगनको प्रतिवद्धताः कांग्रेसलाई एकताबद्ध बनाएर अघि बढ्ने यस अभियानमा सबैको सक्रिय साथ, योगदान र प्रतिबद्धता रहने विश्वास व्यक्त गर्दै सभापति थापाले अबदेखि पार्टीका आधिकारिक सूचना तथा आफूसँग... आइतबार, कात्तिक २२, २०८३
कांग्रेस सहमहामन्त्री अजयबाबु प्रहरीकाे साइबर ब्युराेमा आफू ब्यराे जान लागेकाे सिवाकोटीले बताए । आइतबार, कात्तिक २२, २०८३
२१औँ शताब्दीका संकटको वास्तविक विकल्प समाजवाद हुन सक्छ :प्रदीप ज्ञवाली नेकपा (एमाले) का स्थायी कमिटी सदस्य एवं पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले २१औँ शताब्दीका आर्थिक, सामाजिक तथा राजनीतिक संकटको वा... आइतबार, कात्तिक २२, २०८३
ताजा समाचारसबै
घोप्टेभिरमा सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध सोमबार, कात्तिक २३, २०८३
एनपीएलमा आज दुई खेल, कर्णाली र पोखरा तथा चितवन र काठमाडौं भिड्दै सोमबार, कात्तिक २३, २०८३
सिड्नीमा आप्रवासन विरोधी प्रदर्शन सोमबार, कात्तिक २३, २०८३
पृथ्वी राजमार्ग आज पनि अवरुद्ध सोमबार, कात्तिक २३, २०८३
बसुन्धारामा कारको ठक्करबाट एक महिलाकाे मृत्यु आइतबार, कात्तिक २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
२०८५ को तिहारः लक्ष्मी पूजा गरेको एक महिनापछि भाइटीका ! आइतबार, कात्तिक २२, २०८३
देवकोटा : नेपाली साहित्यका मिथक आइतबार, कात्तिक २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं नेपाल लाइभ
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
आनी छोइङको नियुक्तिले खोजेको फराकिलो बहस शैलेन्द्र बस्नेत
समाचार कक्षमा प्रहरी प्रवेश र नेपालको प्रेस स्वतन्त्रता : अबको बाटो अन्तर्राष्ट्रिय मिसन राजेश कुमार कर्ण
सबै हेर्नुहोस
ब्लग
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं आइतबार, कात्तिक २२, २०८३
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
अदृश्य साँठगाँठको जालो र पदको निर्मम दुरुपयोग सोमबार, कात्तिक १६, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
त्रासबीच बसेकाे नेपाल सरकारका सचिवहरूकाे बैठकका सात निर्णय (निर्णयसहित) सोमबार, कात्तिक १६, २०८३
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
मन्त्रिपरिषद् बैठकले ग-यो छ निर्णय (निर्णयसहित) मंगलबार, कात्तिक १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्