काठमाडौं- नेपाल संवत् ११३८ आजबाट सुरु भएको छ। यस संवतलाई नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन्।
राष्ट्रिय विभूति शंखधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवतको सुरुवात गराएका हुन्। नेपाल संवतले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संतको मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्व उपकुलपति डा त्रिरत्न मानन्धरले जानकारी दिए।
नयाँ वर्षको अवसरमा उपत्यकाका भक्तपुर, काठमाडौं र ललितपुरमा विशेष झाँकीसहित सांस्कृतिक कार्यक्रम भइरहेका छन्। नेपाल संवतलाई नयाँ वर्षका रुपमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वर लगायत नेवार समुदायको बाहुल्य रहेका स्थानमा विशेष रुपमा मनाउने गरिन्छ।
उपत्यकाका विभिन्न ठाउँमा यस्तो देखियो नयाँ वर्ष ११३८ को उल्लास-
तस्बिर: रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।