जनकपुर– भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जनकपुरधाम आइपुगेका छन्।
मुख्यमन्त्री योगीले भर्खरै जनकपुरधाम विमानस्थलमा अवतरण गरेका हुन्।
विवाहपञ्चमी महोत्सवमा सहभागी हुन उनी जनकपुरधाम आउने कार्यक्रम अनुसार बिहान १० बजेर ३८ मिनेटमा जनकपुर विमानस्थलमा अवतरण गरेका हुन्।
११ आउने कार्यक्रम तय भए पनि उनी समयभन्दा पहिले नै विमानस्थलमा अवतरण गरेका छन्।
मुख्यमन्त्री आदित्यनाथले अाज जानकी मन्दिरमा पूजापाठ गर्ने कार्यक्रम तय गरिएको छ।
पूजा समापनपछि प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले ओयाजना गरेको दिवाभोजमा सरिक हुन उनी मुख्यमन्त्री निवास मधेस भवन जानेछन्। दिवाभोज समापनपछि रंगभूमि मैदानमा आयोजना हुने सीतारामको विवाहको स्वयंवरमा सहभागी हुने जानकी मन्दिर व्यवस्थापन समितिले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।