काठमाडाैं– प्रधानन्यायाधीश सिफारिसका लागि आज बिहान ९ बजे बस्ने भनिएको संवैधानिक परिषद्काे बैठक स्थगित भएको छ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा अनुपस्थित भएपछि बैठक नबसेको हो।
बैठक भोलि बिहान पुन: बस्ने भएको छ।
सर्वोच्चका लागि न्यायपरिषद्ले दीपकराज जोशी र चोलेन्द्र शमशेर राणाको नाम पठाएको छ। संवैधानिक परिषद्ले सोही नामबाट एक जनालाई भावी प्रधानन्यायाधीशको रुपमा सिफारिस गर्नुपर्नेछ।
यसअघि बसेको संवैधानिक परिषद्को बैठक पनि बिना निष्कर्ष टुंगिएको थियो।
बहालवाला प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले पुस १७ गते अनिवार्य अवकाश पाउँदैछन्। उक्त पदमा नियुक्तिका लागि न्याय परिषद्ले जोशी र राणाको नाम पठाएको हो।
जोशी यसअघि नै सुनुवाइ समितिबाट अस्विकृत भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।